लमजुङमा किटजन्य रोगको जोखिम उच्च

डिसी नेपाल
१९ असार २०७९ १९:०२

लमजुङ । लमजुङमा किटजन्य रोगहरुको उच्च जोखिम रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जिल्लाको तिन पालिकामा एकिकृत रुपमा गरेको सर्वेक्षणबाट कीटजन्य रोगहरु औलो, हात्तिपाइले, इन्सेफ्लाइटिस र डेंगुको उच्च जोखिम रहेको पाइएको छ ।

जिल्लाको राइनास, मध्यनेपाल र सुन्दरवजार नगरपालिकामा गरिएको सर्वेक्षणबाट किटजन्य रोगहरु सार्ने जिवाणुहरु प्रसस्त मात्रा भेटीएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक यम वरालले वताए ।

एकिकृत भेक्टर सर्भिलेन्सको नतिजा वारे जानकारी दिदै भेक्टर कन्ट्रोल निरिक्षक वरालले कार्यालयले सर्वोक्षण गरेका स्थान तथा क्षेत्रहरु मध्ये राइनासमा औलो र हात्तिपाइले रोग सार्ने लामखुट्टे संख्यात्मक रुपमा सवैभन्दा वढी पाइएको बताए । सर्वेक्षणको नजिताले राइनासका सो क्षेत्रमा अन्य रोगको तुलनामा औलो र हात्तिपाइलेको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मध्यनेपाल नगरपालिकामा भने औलो र कालाजार संंक्रमणको जोखिम उच्च रहेको छ । सर्वेक्षण अनुसार ति रोग सार्ने भुसुनाको बास स्थान र संख्या बढी देखिएकाले नै संक्रमणको जोखिम देखिएको हो ।

यसैगरी सुन्दरवजार नगरपालिकामा भने कालाजार तथा डेंगु सार्ने जिवाणुहरु अधिक मात्रामा पाइएकोले उक्त रोगको जोखिम रहेको सर्वेक्षण नतिजाले देखाएको छ ।

सर्वेक्षणका क्रममा सक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने अन्य रोगहरुको पनि जोखिम देखिएको छ यद्यपि बढी मात्रामा डेंगु, औलो र हात्तिपाइलेको रोग सार्ने लामखुतेका जिवाणू भेटिएकाले व्यक्तिगत तथा वातावरणिय सरसफाई विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले वताए।

किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सँगै सम्वन्धित स्थानीय तहहरुले कार्यक्रम तथा बजेट व्यवस्था गरि नियन्त्रणका क्रियाकलाप गर्नुपर्ने कार्यालय प्रमुख दवाडीले वताउनुभयो । रोग सार्ने लामखुट्टेका जिवाणु तथा र्लाभा, भेक्तरहरुको वृद्धिविकास हुने स्थानहरु समेत नष्ट गर्नुपर्ने दवाडीको भनाई छ ।

स्वास्थ्य कार्यालयले गत असोजमा राइनास नगरपालिका ४, गत बैशाखमा मध्यनेपाल ७ र यहिअसारको पहिलो साता सुन्दरवजार नगरपालिका ६ मा किटजन्य रोगहरु सार्ने लामखुट्टेको सर्वेक्षण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *