घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार वितरण

लमजुङ ।बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना–टपरी बनाउने औजार वितरण गरेको छ । व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो ।
परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । गरिबी निवारणका लागी लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले महिलाहरूलाई दुना टपरी बनाउने तालिम सहित हाईड्रोलिक मेसिन हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमबीच नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सो मेसिन हस्तान्तरण गरेका हुन् । नगरपालिकाले तीन लाख नौ हजार आठ सय रुपैयाँमा खरिद गरी सोही व्यवसाय गर्न चाहने महिलाहरूलाई हस्तान्तरण गरेको हो ।
Facebook Comment