अनुहारमा बरफ लगाउनाले पाइन्छ यस्तो फाइदा
काठमाडौं । अनुहारमा बरफको सही प्रयोग गरियो भने यसले छालालाई नयाँ जीवन दिन्छ । मेकअप प्राइमरदेखि गालाको हड्डीलाई आकार दिनका लागि मेकअपआर्टिस्हरुले बरफ प्रयोग गर्ने गर्दछन् । यदि तपाइँ पनि अनुहारको निरासपन, थकान हटाउन चाहनुहुन्छ भने बरफ यस तरिका प्रयोग गर्नुहोस् ।
अनुहारमा रातोपन र पिम्पलले सताउँछ भने। वा भनौं गर्मीको कारण विभिन्न एलर्जी आउछ भने आइस क्यूबको मद्दत लिन सक्नुहुनेछ। अनुहारमा आइस क्यूब रग्दा धेरै राहत मिल्छ। आइस क्यूब बनाउँदा कफी, ग्रीन टी वा दूध राखेर पनि बनाउनु भयो भने अझ प्रभावकारी हुने गर्दछ । यसलाई अनुहारमा लगाउनाले ठूला छिद्रहरू सानो हुनुका साथै रक्तसञ्चार बढ्छ र छाला चम्किलो हुन्छ।
छालालाई जवान र चम्किलो बनाउनको लागि सीरम लगाइसकेपछि अनुहारमा आइस क्यूबले मसाज गर्दा सीरम छालाको भित्री सतह पुग्छ । जसका कारण यसको फाइदा अझ बढी देखिन्छ । बरफलाई पातलो कपडामा बेरेर अनुहारमा मालिस गर्नुहोस्।
अनुहारमा डण्डीफोरले धेरै नै सताएको छ भने एलोभेरा जेल आइस ट्रेमा राखेर आइस बनाउनुहोस् । यसरी बनाइएको आइस क्यूबले अनुहारमा मालिस गर्नाले छालालाई ताजा बनाइदिन्छ । यसले डण्डीफोरमा पनि राहत दिन्छ। एलोभेरा जेलबाट बनेको आइस क्यूबले अनुहारको थकान हटाउन काम गर्छ।
गालाको हड्डीमा आइस क्यूबले मसाज गर्दा कन्टोरिङको काम हुन्छ। अर्कोतर्फ, एउटा भाँडोमा बरफ र चिसो पानीले भर्नुहोस् र त्यसमा अनुहारलाई १५ सेकेन्डसम्म डुबाउनुहोस्। यो प्रक्रिया तीन देखि चार पटक दोहोर्याउनुहोस्। यसले अनुहारको सुन्निने र पफिनेस हटाउँछ।
Facebook Comment