प्रथम महिला फुटसलको उपाधि एक्स-गोर्खा कास्कीको पोल्टामा

डिसी नेपाल
२१ असार २०७९ ८:३०

लमजुङ। लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ। फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३-० गोलले हराउदै एक्स-गोर्खा कास्कीले उपाधि जितेको हो। उपाधिसहित एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ।

प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स-गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन् । उनीहरूले जनही एक हजार पुरस्कार पाएकाे आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए।

प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो।  जिल्लामा पहिलो पटक हाम्रो गोल-महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *