बेसीसहरको शेरामा ३२ लाख लागतमा एक सय ५७ मिटर सडक ढलान

लमजुङ।बेसीसहर नगरपालिका ८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को बेसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा थापा रानाले बताइन् ।
नगरपालिकाको १७ लाख ८० हजार चार सय ६० रुपैयाँ, स्थानीयवासीको ११ लाख ८६ हजार नौ सय ७३ रुपैयाँ र वडाको दुई लाख गरी कुल ३१ लाख ६७ हजार चार सय ३३ रुपैयाँको लागतमा बाटो मर्मत तथा ढलान गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment