पहिलो इनिङमा ४०० माथि स्कोर बनाएर पनि भारत हार्‍यो, ३५० माथिको लक्ष्य दिएर पहिलोपटक हार

डिसी नेपाल
२१ असार २०७९ १७:०३

काठमाडौं । भारतको १५ वर्षपछि इंग्ल्याण्डमा टेष्ट सिरिज जित्ने सपना चकनाचुर भएको छ । बर्मिङ्घम टेस्टमा इंग्ल्यान्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । जो रुट (१४२) र जोनी बेयरस्टो (११४) बीच चौथो विकेटका लागि २६९ रनको साझेदारीमा इंग्ल्यान्डले तीन विकेटको क्षतिमा ३७८ रनको लक्ष्य पछ्याएको थियो। योसँगै पाँच टेष्टको सिरिज २–२ को बराबरीमा पुगेको छ ।

जो रुटले पाँचौं दिनमा आफ्नो टेष्ट करियरको २८ औं शतक प्रहार गरेका छन् । सन् २०२१ पछि इंग्ल्याण्डका यी ब्याट्सम्यानले ४७ इनिङ्समा ११ शतक बनाएका छन् । भारत विरुद्ध रुटको ९ औं शतक हो ।

भारतीय टोली दोस्रो इनिङ्समा २४५ रनमा अलआउट हुँदा इंग्ल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको थियो । लक्ष्य ठुलो जस्तो लाग्यो तर भारतीय बलरलाई पहिले इंग्ल्यान्डका ओपनरहरुले धोए । एलेक्स लिस र ज्याक क्राउलीले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे पनि यसपछि ३ ब्याट्सम्यान २ रनमै प्याभेलियन फर्किए र भारत खेलमा फर्किएको जस्तो देखिन्थ्यो तर त्यसो भएन । जोनी बेयरस्टो र जो रुटले पूरै खेल नै परिवर्तन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *