क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
![क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध](https://www.dcnepal.com/wp-content/uploads/2020/02/sandip_NnJGCJAn4E-e1675340779615.jpg)
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ। सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो।
लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए। यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए।
सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन्।
प्रतिक्रिया
Facebook Comment