पदाधिकारी टुंग्याउन अन्तिम गृहकार्यमा प्रचण्ड

शरद रिजाल
२२ असार २०७९ ७:१२

काठमाडौं। नेकपा(माओवादी केन्द्र) को आइतबारदेखि जारी केन्द्रीय समितिको तेश्रो बैठक बुधबार एक बजेसम्मको लागि स्थगित गरिएको छ। तीन दिनसम्म चल्ने भनिएको बैठक पार्टीका पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिँदै बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो।

आन्तरिक तयारीको लागि बैठक एक दिन स्थगन भएको माओवादी केन्द्रले जनाएको छ। माओवादीले गत पुषमा सम्पन्न गरेको आठौं महाधिवेशनको सात महिनासम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै बैठकमा नेतृत्वको चर्को आलोचना भएपछि पदाधिकारी चयन गर्ने सर्वाधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ।

जारी केन्द्रीय समितिको बैठकमा पार्टीले महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पदाधिकारी पोलिट्ब्यूरो स्थायी कमिटी, सल्लाहकार समितिलगायतका कुनै पनि संरचना बनाउन नसकेको भन्दै नेतृत्वको ब्यापक आलोचना समेत भएको थियो।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पदाधिकारी चयन अध्यक्षले गर्नुपर्ने नभए आफूहरुलाई चयन गर्ने अधिकार दिनुपर्ने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको बैठकमा सहभागी केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए।

केन्द्रीय सदस्यको ब्यापक दवाबका वाबजुद अध्यक्ष प्रचण्डले पदाधिकारी स्थायी कमिटी र पोलिट्ब्यूरो चयन गर्न उचित गृहकार्य गर्ने भन्दै बैठक स्थगित गरि आन्तरिक तयारी थालेका छन्। उनले मंगलबार खुमलटारमा पूर्व स्थायी कमिटीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्ड पदाधिकारी टुंग्याउने अन्तिम तयारीमा लागेका छन्। उनले आफू निकटका नेताहरुलाई ग्रिन सिग्नल दिइसकेका छन्।
हालसम्मको विकसित घटनाक्रम अुनसार परिस्थितिमा कुनै फेरबदल नआएमा बुधबार दिउँसोसम्म पदाधिकारी स्थायी कमिटी र पोलिट्ब्यूरोको टुंगो लाग्ने छ।

बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन्। अन्य ६ जना उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, गिरिराजमणि पोखरेल लगायतको सम्भावना बढ्दो छ। सचिवमा चक्रपाणि खनाल, गणेश शाहलगायतको चर्चा छ भने हरिबोल गजुरेलले समेत उपाध्यक्ष नभइ सचिवमा इच्छा देखाएका छन्।

माओवादीले विधान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ। जसमा अध्यक्ष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई चयन गरेको हो। अब बाँकी १४ जना चयन गर्नुपर्ने छ। जसमा बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ चयन हुनेछन्।

जसअनुसार बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन्। अन्य ६ जना उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, गिरिराजमणि पोखरेल लगायतको सम्भावना बढ्दो छ। सचिवमा चक्रपाणि खनाल, गणेश शाहलगायतको चर्चा छ भने हरिबोल गजुरेलले समेत उपाध्यक्ष नभइ सचिवमा इच्छा देखाएका छन्।

पदाधिकारी चयन गर्ने सम्पुर्ण अधिकार आफूले पाएसँगै उनले आन्तरिक तयारी तीब्र बनाएका छन्। अध्यक्षलाई पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्यूरो सम्पुर्णकोे प्रस्ताबको जिम्मा दिइएको सह्मति हुन सक्ने अबस्थामा मात्रै प्रस्ताव पेश गर्ने र प्रस्ताव पेश गर्नुपूर्व सम्बन्धित नेताको सहमति लिएर मात्रै प्रस्ताव गर्ने बताइएको छ ।

यद्यपि सहमति नभएमा आन्तरिक निर्वाचनमा भने कुनै हालतमा नजाने माओवादी केन्द्रका केन्द्रीय सदस्य बिमल अधिकारीकोे दाबी छ। अहिलेसम्म अन्य पद सर्बसम्मत हुने तर महासचिवमा दुबै नेता (हालका अर्थमन्त्री जनार्दन शर्मा र अर्का नेता वर्षमान पुन) को दाबी यथावत भएकाले टुंगिन नसकेको उनले स्वीकार गरे।

महासचिव चयन सकसपूर्ण

माओवादीमा महासचिवका आकांक्षी दुई नेताहरुबीच तीब्र रस्साकस्सी नै चलेको छ। नेता वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्माले दाबी नछोड्दा पदाधिकारी चयन हाल सम्म सकसपूर्ण रहेको माओवादीकै एक नेताले बताए। तर अध्यक्षको निर्णय नै सर्वोपरी हुने भएकाले प्रचण्डले जसलाई चाहन्छन् उही महासचिव हुने ती नेताको दाबी छ।

‘माओवादीका ३७३ (आइतबारको बैठकले थप गरेका समेत) केन्द्रीय सदस्य भन्दा अध्यक्ष बलशाली हुनुहुन्छ ,त्यसैले उहाँले जसलाई चाहनुहुन्छ उही नै महासचिव हुन्छ,’ ती नेताले भने।

बुधबारसम्म सबै पदाधिकारीको टुंगो लाग्ने उनको दाबी छ। उनका अनुसार पाटी भित्र महासचिवको आकांक्षी दुई मध्ये एकलाई अध्यक्षले बुधबारको केन्द्रीय समिति बैठक अगावै चयन गर्ने उनले दाबी गरे।

‘हरेक केन्द्रीय सदस्य सबै महासचिव बन्न योग्य नै हुन्छन् सबैको आकांक्षा हुनु अस्वभाविक होइन तर अन्तिम निर्णयको अधिकार अध्यक्षसँग छ। उहाँले नै निर्णय गर्नुहुन्छ। बुधाबारको बैठकले सबै पदाधिकारी टुंगो लगाएर पारित गर्ने छ ’, ती नेताले डिसी नेपालसँग भने।

माओवादीमा पछिल्लो समय महासचिवमा दुई नेता शर्मा र पुनको आकांक्षाले सकस उत्पन्न गराएको आठौं महाधिवेशनदेखि नै हो। पुन उपचारार्थ चीनमा रहँदासमेत उनको आगमनको प्रतिक्षा गर्दै अध्यक्ष प्रचण्डले स्वयम पदाधिकारी चयन गर्न अनिच्छा देखाएको माओवादी नेताहरु नै बताउँछन्।

स्रोतका अनुसार महासचिवको लागि पुन नै उपयुक्त हुने प्रचण्डको चाहना छ। तर अर्का शक्तिशाली नेता शर्मालाई पनि उनी चिढाउन चाहँदैन थिए। तर पछिल्लो अर्थमन्त्री शर्माको बिबादास्पद कार्यले उनीप्रति प्रचण्डको सदासयता कम रहेको छ। अर्थमन्त्रीको पछिल्लो बिवादित छविकै कारण प्रचण्ड उनीसँग चिढिएका छन्।

अर्थ मन्त्री शर्माको बिषयमा मंगलबारको बैठकमा चर्चा भएको बैठकमा सहभागी एक नेताले बताए। पछिल्लो समय पार्टी भित्र उनको आलोचना बढ्दै गएको छ। हाल सम्मको परिस्थिति र अध्यक्षको चाहनालाई दृष्टिगत गर्दा महासचिवमा वर्षमान पुनको पल्ला भारी रहको एक नेताले बताए।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेदेखि नै निरन्तर बिवादित बन्दै आएका अर्थमन्त्री जर्नादन शर्माको पार्टी भित्रैबाट राजीनामा दिन चर्को दबाव दिइरहेका छन्।

गत जेठ १४ गते सदनमा बजेट पारित गर्ने दिनको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयमा अनाधिकृत ब्यक्तिको प्रवेश गराई बजेटमा करको दर निश्चित ब्यक्तिहरुलाई लाभ पुग्ने गरि प्रभावित गरेको भन्दै उनको पार्टी भित्रैबाट राजीनामाको लागि दबाव दिन थालिएको हो।

महासचिवको लागि पुन नै उपयुक्त हुने प्रचण्डको चाहना छ। तर अर्का शक्तिशाली नेता शर्मालाई पनि उनी चिढाउन चाहँदैन थिए। तर पछिल्लो अर्थमन्त्री शर्माको बिबादास्पद कार्यले उनीप्रति प्रचण्डको सदासयता कम रहेको छ। अर्थमन्त्रीको पछिल्लो बिवादित छविकै कारण प्रचण्ड उनीसँग चिढिएका छन्।

खुमलटारमा पूर्व स्थायी कमिटी सदस्यको बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सल्लाह गरि निर्णय लिने बताएको एक नेताले जनाए। प्रधानमन्त्री देउवालाई पार्टी भित्रैबाट अर्थमन्त्री शर्मालाई हटाउन दबाव बढेको छ। प्रचण्डको कारणले नै उनले कुनै कठोर निर्णय नलिएको बताइन्छ। बुधबारको छलफलपछि यस बिषयमा ठोस निर्णय देउवाले लिन सक्ने आकलन समेत गरिएको छ।

माओवादीको आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकको दोश्रो दिनमा समेत उनको चर्को आलोचना समेत भएको थियो। बैठकमा आफ्नो धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यले अर्थमन्त्रीको कार्यशैलीप्रति प्रश्न गरेका थिए।

अर्थ मन्त्रीको कार्यशैलीप्रति आइतबारको बैठकमा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले खुलेरै आलोचना गरेका थिए। उनले एकलौटी ढंगले चल्न खोजेको पार्टीको संस्थागत निर्णय भन्दा स्वेच्छाले अगाडि बढेकोलगायतका आरोप अर्थमन्त्री शर्मा माथि लगाएका थिए।

यस्तै सोमबारको बैठकमा केन्द्रीय सदस्य सुदन किराँतीले माओवादी पार्टीका नेतृत्वमा भ्रष्टीकरण बढ्दै गउको भन्दै अर्थमन्त्री लगायतको कटाक्ष गरेका थिए। माओवादी अरु पार्टी भन्दा फरक देखिन नसकेको उनको आरोप थियो।

केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुको आलोचना र एमालेको निरनतर संसदमा बजेट निर्माणको पूर्वसन्ध्यामा अनाधिकृत ब्यक्तिको प्रवेशको बिषयलाई लिएर ब्यापक आलोचना भइरहेको बेला मन्त्रालयको जेठ १४ गतेको सीसीटिभी पुटेज हराएको मन्त्रालयको अभिब्यक्तिले थप बिबादास्पद बनेका छन्।

सर्बत्र आलोचना र राजीनामाको माग बढेसँगै उनको महासचिवमा दाबी कमजोर बन्न पुगेको माओवादी वृत्तमा चर्चा ब्याप्त छ। पछिल्लो चौतर्फी बिबादित र आलोचित महासचिवमा उनको संभावना कमजोर बन्दै गएको स्रोतले बतायो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *