वर्षायाममा खानुहोस् तीते करेलाको तरकारी, धेरै समस्याबाट पाइन्छ छुटकारा

डिसी नेपाल
२३ असार २०७९ १२:३१

काठमाडौं । हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। क‍रेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन कार्बोहाड्रेट , रेशा र अन्य खनिज पदार्थ पाइन्छ। करेला धेरै महत्त्वपूर्ण पोषक तत्वहरूले भरिएको हुन्छ। करेलामा भिटामिन ए, भिटामिन सी जस्ता विभिन्न भिटामिनहरू पनि पाइन्छ। यदि तपाई तौल घटाउन चाहानुहुन्छ भने तपाईको शरीरलाई स्वस्थ राख्ने चिजहरुको सेवन गर्नु जरुरी छ । ती मध्ये करेला एक हो।

यस्ता छन् तिते करेलाका फाइदाहरु:

करेलाको तरकारी तपाईको शरीरमा रगतमा चिनीको मात्रा कम गर्नको लागि धेरै राम्रो हुन्छ।

यदि तपाइँ क्यान्सरको समस्याको सामना गर्दै हुनुहुन्छ र क्यान्सरको जोखिम कम गर्नको लागि यो तरकारी खानुपर्छ किनभने यसमा क्यान्सरसँग लड्ने गुणहरू पाइन्छ ।

कब्जियत र अपचको समस्याबाट छुटकारा पाउन करेला उत्तम हुन्छ। यो पाचन र पोषक तत्वहरुको अवशोषणको लागी धेरै उपयोगी हुन्छ। करेलामा क्यालोरी, बोसो र कार्बोहाइड्रेट कम हुन्छ।

करेलाको तरकारीले शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सहयोग गर्दछ ।

यसका साथै करेलालाइई दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ। तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

बियाँ
पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

फल
५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

पात
तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

वर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

जरा
तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *