महोत्तरीका एक वडा अध्यक्षले सेवाग्राहीलाई हातपात गरेको आरोप

महोत्तरी । सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ ।
वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास(९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् ।
घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा(९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन बिहीबार वडा कार्यालय पुगेका थिए ।
पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो ।
ुकाकीको सिफारिसको लागी मैले वडा अध्यक्षलाई अनुरोध गर्दा एक्कासि रिसाउनुभयो,ु पीडित भनिएका महतोले भने ।
सामान्य विवाद हुन थालेपछि वडा अध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए ।
यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए ।
पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।
Facebook Comment