घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

डिसी नेपाल
२४ असार २०७९ ६:२९

काठमाडौं। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ। जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए। यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे। इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *