महिला युरो: नर्वेको विजयी सुरुवात
![महिला युरो: नर्वेको विजयी सुरुवात](https://www.dcnepal.com/wp-content/uploads/2022/07/euro-women1657095998.jpg)
काठमाडौं। नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो।
नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक-एक गोल गरे। आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे।
जितसँगै घरेलु टोली इंग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। समाम तीन अंकको इग्ल्यान्ड दोस्रो स्थानमा छ । बिना अंकको अष्ट्रीया र आयरल्यान्ड क्रमश तेस्रो र चौथो स्थानमा छन्।
प्रतिक्रिया
Facebook Comment