सपनामा देखिएका यी ६ कुरा, जसले जनाउँछ यस्तो संकेत
काठमाडौँ। मानिस सुतिसकेपछि निन्द्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, शब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई निन्द्राको रेड आई मोवेमेंट चरण भनिन्छ।
प्रायः हामी सपनामा देखिने कुरालाई वास्तविक जीवनसँग जोड्छौं। तर के सपनामा देखिएका कुराले हाम्रो वास्तविक जीवनमा कुनै असर गर्छ? एक ज्योतिषीका अनुसार सपना शास्त्रमा सपनामा धेरै रहस्य लुकेका हुन्छन् । सपनामा देखिएका हरेक कुराको कुनै न कुनै अर्थ हुन्छ, त्यसलाई बुझ्नुपर्छ । यो बुझेपछि मात्रै त्यो सपना शुभ वा अशुभ थियो भन्ने थाहा पाउनुहुनेछ।
सर्प- यदि सपनामा सर्प आफुतर्फ अघि बढेको देख्नुभयो भने सम्झनुहोस् कि तपाईको कुनै शत्रु नजिकै आउँदैछ। यी व्यक्तिहरु तपाईको लागि धेरै खतरनाक साबित हुन सक्छन्। त्यसैले उनीहरुको षड्यन्त्रबाट हामी सजग रहनुपर्छ।
दुलही- सपनामा दुलही देख्नुभयो भने यसको अर्थ विपक्षीसँग मेलमिलाप हुन लागेको हो। अर्थात् विवाद भएपछि आपसी सहमतिमा समाधान गर्न सकिन्छ।
क्याक्टस प्लान्ट- यदि तपाईंले सपनामा क्याक्टसको बोट देख्नुभयो भने यो धेरै अशुभ संकेत हो। यसको मतलब तपाईको जीवनमा बाधाहरू आउनेछन्। यो तपाईंको खुशीको घरमा नकारात्मक ऊर्जा आउने संकेत पनि हुन सक्छ। घरपरिवारमा तनाव उत्पन्न हुन सक्छ वा दाम्पत्य जीवन बिग्रन सक्छ।
निभाएको दियो- सपनामा निभिएको दियो देख्नु भयो भने यो पनि अशुभ संकेत हो। यसको मतलब तपाईको जीवनमा उथलपुथल आउनेछ। तपाईको जीवनमा धेरै समस्या आउन सक्छ। यो कठिन समयमा तपाईं एक्लै हुन सक्नुहुन्छ।
पहाडबाट खस्नु- पहाडबाट खसेको देख्नुभयो भने यो जीवनमा पतनको संकेत हुन सक्छ। तपाईको पद प्रतिष्ठामा चोट लाग्न सक्छ। मान सम्मानमा कमी आउन सक्छ। यस्ता सपना जीवनमा कुनै नराम्रो चरणको संकेत हो।
मरेको देख्दा- कहिलेकाहीँ केही सम्झनाका कारण मरेकाहरू पनि सपनामा आउँछन्। यस्ता सपनाले दुःख वा पश्चातापको भावना व्यक्त गर्दछ। कतिपयको अकालमै मृत्यु हुन्छ र कतिपयको मनोकामना अधुरै रहन्छ । त्यसैले उनीहरू सपनामा हामीबाट सहयोगको अपेक्षा गर्छन्।
Facebook Comment