व्यंग्य : लहरो तान्दा पहरो गर्जेला
यी माननीय भनिने र कानुुनदेखि लिएर सबै कुुराको निर्मातामा गनिने सांसदहरुको पनि खासै केही काम रहेनछ कि क्या हो?
बेकारमा अति देशभक्त, क्रान्तिकारी, जनपक्षीय, अत्यन्त लोकप्रिय र राष्ट्रिय करको दर निर्धारणको लागि बहालवाला सचिवलाई पाखा लगाउँदै निश्चित ब्यापारीलाई प्रत्यक्ष र सम्बन्धित अरुलाई अप्रत्यक्ष लाभ पुुर्याउने कार्यमा अति बिज्ञ सुुब्बासापको हस्तक्षेपकारी परामर्शको आधारमा करमा अलिअलि घच्याक घुचुक गर्दैमा अर्थमन्त्रीको बिरोधमा इतिहासमै जनिने गरि संसदमै उनि बिरुद्ध खनिने कार्य जनतालाई त्यति राम्रो लागेन।
देश र जनताको लागि नल्याइ नहुुने बार्षिक बजेट समयमै ल्याउन भनेर रातभरि नसुुतिकन कार्यालयमै बसेर र जसरी हुुन्छ सुुब्बासापले अह्राए अनुसारको करको दर निर्धारण गर्न कम्मर कसेर काम गर्दा बेकारमा के के न ठूलो अपराधै गरेजस्तो गरेर अपराधी नै साबित गर्न खोज्नुु सरासर अन्याय हो।
अहिलेसम्म बजेट बनाउँदा ब्यापारीदेखि लिएर त्यस्तै त्यस्तै मानिस वा समूहहरुको हित नचिताए कसरी अर्थोपार्जन जस्तो पुनित कार्यमा आफ्नो जित हुन्छ र? भन्ने नजिर स्थापित भइ आएको र यो बारेमा सबैले थाहा पाएको बिषय यसपालि मात्रै अलि नौलो ढंगले सतहमा आएको हो।
नत्र कर बढ्ने सामानहरु बजेट भाषण ताका बजारबाट अचानक हराउने, करको दर बढेर मूूल्यबृद्धि हुुनासाथ बजारमा सबै सामानहरु सजिलैसित उपलब्ध छ भनेर ब्यापारीहरु कराउने र यस्ता अप्रत्यासित मूल्यबृद्धिको बिरोध गर्न सबैजना डराउने अबस्था देख्दै सुन्दै बुझ्दै अनुभव गर्दै अनि यसैको आधारमा माथिदेखि तलसम्मका सबैले मजाले चर्दै आएको बिषय खासै नौलो होइन।
बजेट भाषणको माध्यमबाट सरकार प्रधान, मुख्यमुख्य दलका शिर्ष भनिने नेताहरु, अर्थमन्त्री, त्यहीँका सचिवलगायत बजेट निर्माणमा संलग्न हुुने सबै तहका कर्मचारीहरुले त्यहि आधारमा मिठो मसिनो खानपानसहितको आर्थिक दान प्राप्त गर्ने सहि माध्यम नै यहि हो भनेर सबै सचेत नागरिकलाई थाहा नभएको होइन।
सरकार प्रधानका सुपुत्रसमेत यो काण्डमा मजाले गाँसिनुुु, स्वघोषित महान नेतासमेत रहेका खुुमलटारे कामरेड लामो समयसम्म मौन रहेर अर्थमन्त्रीसँग लपक्कै टाँसिनु, तेह्र दिनमै सीसीटीभी फुटेज आफै नासिनु, अर्थ मन्त्रालयका सचिवलगायत सबै जिम्मेवार कर्मचारिहरुको बिश्वनीयता नराम्रोसित मासिनु र धेरै बाठो हुन खोजेर सबैजना आफैं फोहरमा भासिनु आदि जस्ता कारणहरुले लहरो तान्दा राम्रैसित पहरो गर्जेला र सरकार प्रधान र स्वघोषित महान नेतातिर छानबिनको तिर् सोझिएला भन्ने अनुमान गर्नेहरु पनि अलिअलि भएजस्तो बुझियो।
यसमा ब्यापारीहरुले पहुँच बमोजिमको आर्शीवाद पाउनुु र त्यसको लागि सर्बस्व बुुझाउन तयार भएजसरि सरकार प्रधानदेखि लिएर सबैकहाँ धाउनुु पनि कुुनै नौलो बिषय होइन। अर्थको कुुरा गर्दा धेरै किसिमको अर्थ लाग्न सक्ने हुुनाले ढंग पुुगेन भने जनताले पत्याउन र पचाउन गाह्रो पर्ने खालको अर्थ न बर्थ को हल्लाले समस्या पार्न अनि स्वघोषित अति सक्षम मन्त्रीलाईपनि एकैचोटि तल झार्न सक्ने सम्भावना रहन्छ ।
साप सिँढी खेल्दा फटाफट चाहिएको नम्बर ल्याएर दायाँबायाँ कतै नहेरी भएजति सबै भर्याङ पनि चढ्दै र अरु खेलाडीहरुलाई मान्छे नगनिकन अगाडि बढ्दै गएर अन्तिमको सबैभन्दा लामो सर्पले खाएर तल्लो लाइनमा उत्रिए जस्तो हुुनेरहेछ भन्नेपनि देखियो।
देश र जनताको भलाई बाहेक केही नसोचिकन पुराना अनुभवी सबै करको दरमा खारिएका, देशकै ठूलो औद्योगिक घरानासित नङमासु जस्तै भएर नारिएका, जागिरसमेत छोडिसकेका सामान्य सुब्बा भएपनि अरबौँ रकमसहित सम्पत्ति शुुद्धिकरणको भड्खालोबाट सकुुशल तारिएका, अर्थ मन्त्रीले बजेट बनाउँदा सचिवभन्दा अगाडि सारिएका र उनै सुुब्बाको आदेशमा सांसदसमेत रहेका बिश्व प्रसिद्ध धनीहरुको सूचीमा परेका ब्यापारी भए पनि सरकारलाई ज्यादै न्यून राजस्व बुुझाउने भनेर चर्चित निश्चित स्वदेशी ब्यापारीको हितमा करको दर गोलमाल पारिएका भनेर बिरोधीहरुले चलाएको बजारे हल्लामा जनताको कुुनै चासो छैन भन्ने उनै मन्त्रीले फुर्तिसाथ संसदमा बताएपछि सबैलाई थाहा भयो।
यति राम्रो र उच्च स्तरको सल्लाह सुुझाव पेश गर्न सक्ने ज्यादै बेश सुुब्बासाप खोजेर ल्याउन सक्ने अर्थ मन्त्रीलाई सबैले धन्यबाद दिन पर्नेमा त्यति सानो कुरालाई ठूलो बनाएर मन्त्री मार्पmत सरकार प्रधान र स्वघोषित महान नेताको ढुकुटीतिर समेत गइ सकेको नगदको कुलोमा दुलो पार्न खोज्नुुलाई जनताले जायज मान्न सक्दैनन् ।
मन्त्रीले पाउने लाभमा त मन्त्रीलाई कुुनै लोभ नभएको कुुरा उनको सफाइ भाषण र राजीनामाको घोषणा सहित प्रदर्शित दम्भबाटै प्रष्ट भइ सकेकोले उनि अरुले सोचेजति भ्रष्ट चाहिँ होइनन् कि क्या हो ? भनेर शंकाको लाभ लिन सकिने प्रशस्त छिद्रहरु देखिए ।
यसपालिको अन्तिम बजेट तयारिको रातबाट मन्त्री,सचिव,सहसचिव र अन्य अधिकृत स्तरका ब्यबसायिक कर्मचारिहरु भन्दा स्वघोषित महान नेताको दललाई सुुब्बासापको महिमा अपरम्पार लाग्नुु र उसैको निर्देशन अनुुसार उहाँहरु जाग्नु अनि हल्ला बढ्ने भयो भन्ने लागेपछि सिसिटिभि फुटेज लुकाएर अनि जसले जति जोडले थुके पनि लाज शरम नमानिकन नक्कली र देखावटि फुर्तिकासाथ शिर झुकाएर हिँड्नु ज्यादै राम्रो तरिका हो भन्ने सबैको ठम्याइ छ ।
संसदमा प्रतिपक्षले छानबिन र कारबाहि गर्न पर्ने अनि त्यसको लागि सिसिटिभि फुुटेज हेर्न पर्ने कुरा उठाउनासाथ सिसिटिभि फुुटेज तेह्र दिनपछि आफसेआफ मेटिने र त्यसपछि त्यसमा नखोजेको चिज मात्रै भेटिने जानकारि सहित सही फुटेज उपलब्ध गराउन सक्ने कर्मचारिलाई माथिको आदेशमा ठाडै रेटिने फर्मान जारि गरेपछि सोही अनुसारको पत्र तयार गरेर सम्बन्धितमा पठाइएको भन्नेपनि सहि होइन भन्ने जनताले बुझेका छन् ।
कसैको मृत्युु भएर दाहसँस्कार सकिएपछि गरिने कृयाकर्म तेह्र दिन पछि सकिने भन्ने मात्रै थाहा पाएका जनताले सिसिटिभि फुुटेज रेकर्डमा रहने अबधिपनि त्यहि आधारमा बनेको हुनाले सिसिटिभिको आबिस्कार कर्तापनि हाम्रो धर्म संस्कृतिबाट ज्यादै प्रभाबित भएका रहेछन् भनेर थाहा पाउँदा सारै गर्ब महसुस गरेका र भित्रभित्र त्यसैत्यसै दंग परेका छन् ।
यताकाले बरु काजक्रियाको तेह्र दिनको परम्परा छोड्दै र त्यसका प्राबधानहरु तोड्दै गएकोमा उताका बैज्ञानिकहरुले चाहिँ यसलाई प्रबिधिसितै जोडेर जगेर्ना गर्नमा ठूलो योगदान गरेको पाइएकोले तेह्र दिन बार्न पर्ने कुराका हिमायतीहरु समेत खुसी छन् रे भन्ने सुनियो।
यसमा कुुनै बैज्ञानिक आधार नभएको भए त पन्ध्र दिन, महिना दिन वा सरकारी म्याद सरह पैँतिस दिन आदि लाई आधार मानिन्थ्यो र त्यही अनुसार मेटिने ब्यबस्था गर्नुपर्छ भनेर जानिन्थ्यो भन्ने तर्कमा केही दम चाहिँ रहेकै जस्तो देखिन्छ।
अर्थमन्त्री, सचिवहरु, सह सचिवहरु, उपसचिवहरु, शाखा अधिकृतहरु, सुुब्बासापहरुका साथै तल्लो तहसम्मका सबै कर्मचारीलाई तेह्र दिनपछि सीसीटीभी फुटेज आफैं उड्छ भन्ने बिषयमा ज्यादै राम्रो ज्ञान भएको हुुनाले यसमा अरु कसैको पनि ध्यान पुग्दैन भन्दै ज्यान फालेर एउटै सिद्धान्तमा अडिग रहेको र सम्बन्धित ब्यापारीबाट प्राप्त हुने गच्छे अनुसारको नगदको कारणले सबै आरोप र लान्छनाहरु सहेको हो भन्नेमा जनताको बिश्वास छैन।
दुध दिने गाईको लात्ती पनि सहनु पर्छ र यही सिद्धान्तबाट मात्रै कर्मचारीहरुको सबै गर्जो टर्छ भन्ने सबैलाई थाहा भएको हुनाले अन्नदाता ब्यापारीको फाइदाको लागि यति कर्म गरि दिएपछि सधैंभरि उनीहरुको कृपा भइराख्ने र यसरी नै हरेक सालको बजेट भाषण गइराख्ने निश्चित हुन्छ। यह नै बजेट भाषणको सबैभन्दा सुन्दर पक्ष हो।
भित्री मनमा अर्कै कुरा लुुकेको भएपनि आफू चुुकेको छैन भन्नेमा बिश्वस्त भएर ओठ मुुख सुुकेको नदेखाउँदै र बिपक्षीसँग झुकेको नभइ छानबिन गर्न गठन भएको संसदीय समितिलाई छानबिन गर्न सजिलो होस भनेर मात्रै अर्थमन्त्रीले राजीनामा दिएर हिँडे।
मैले कुुनै गल्ती गरेको छैन र कुुनैपनि हालतमा राजीनामा दिन्न भनेर सरकार प्रधान र आफ्नै दलका अध्यक्षसमेत रहेका स्वघोषित महान नेताको आड भरोसामा झण्डै डेढ महिनासम्म अड्डी कसेर र मन्त्रीको कुर्सीमै बसेर असली औकात देखाउँदा पनि केही नलागेपछि बाध्य भएर राजीनामा दिएको भन्नेहरुको कुुरा सुुनेर साध्य हुुने सवालै भएन।
संसदमा बिपक्षी दल पुुरै बिरोधमा जागेर र तत्काल मन्त्रीको राजीनामा मागेर हैरान पारेपछि सरकार प्रधान र स्वघोषित महान नेता पनि यसमा तानिने अनि दुुबै जनाले आफ्नो लागि नभइ चुुनावको लागि करबाट फाइदा लिने राजनैतिक सहकर्मीसमेत रहेका ब्यापारीबाट यथेष्ट लाभ लिएको भनेर जानिने सम्भावना बढ्दै गएपछि तल्लो स्तरको झैझगडामै उत्रेर उल्टो गन्तब्यको सिँढी चढ्दै गएका अर्थ मन्त्रीले राजीनामा दिएका हुुन् भनेर कराउँदै हिँड्ने अबुुझहरुको पछि लाग्न हुुँदैन।
सरकार प्रधान र स्वघोषित महान नेताको संरक्षण नभइकन र यसबाट प्राप्त रकमको मोटो हिस्सा गोप्य तवरले त्यता नगइकन अर्थमन्त्री एक्लैले यति काम गर्न सक्दै सक्दैनन् भन्ने उप बुुज्रुुकहरुको गफ सधैं यस्तै हुन्छन् भन्ने जनतालाई राम्ररी थाहा भइसकेको र यो कार्य देशको गौरबमय परम्पराको रुपमा सबैतिर गइसकेको हुनाले जनताले खासै माइन्ड पनि गरेका छैनन्।
अर्थमन्त्रीले राजीनामा दिए रे, सचिव अनिश्चितकालको बिदा लिएर हिँडे रे, सह सचिवहरु बिदेश भ्रमणतिर गएका छन् रे, मन्त्रालयमा बाँकी भएका सहसचिवहरु निमित्त सचिवको जिम्मेवारि बुुझ्न पर्ला, अहिलेसम्म भेटेजति खानपिन गरे पनि बचेर जोगाएको इज्जत तल झर्ला र छानबिन समितिले कारबाही गर्ला भनेर डराउँदै मन्त्रालयतिर आउनै बन्द गरेका छन् रे भनेको सुुन्दा यहाँको प्रशासन कसरी चलेको र यही तरिकाबाट सबैजसो मन्त्रालयमा कार्यरत उच्च तहका कर्मचारिहरुलाई नगद फलेको हुुनुपर्छ भनेर अनुुमान गर्नेहरुलाई बल पुगेको भए पनि जनताले चाहिँ पटक्कै पत्याएका छैनन्।
यसरी बर्षौँबर्षसम्म दुुधले नुुहाएर र जनताको सेवामा जानेसम्मको पसिना चुुहाएर मन्त्रालयमा बसेका माथिल्लो तहका कर्मचारीहरुले दुुध कुुहिएर गन्हाएपछि के जस्तो गन्ध आउँछ भन्ने उदाहरण राम्ररी दिन सकेकोमा खासगरि सरकारले गर्व गर्नैपर्छ। उसैपनि खोजीखोजी र रोइ कराइ गरेर रोजीरोजी ठाउँठाउँमा आवश्यक दस्तुुरीसमेत चढाएर अर्थ मन्त्रालयमा भजन किर्तन गरेर धर्म कमाउन अनि पूजापाठ गरेर रमाउन त कर्मचारीहरु पक्का पनि गएका होइनन् होला।
देशको ढुुकुटी नै आफ्नो हातमा आउने गरि सरुवा मिलाउन र सरुवा गरिदिनेलाई आर्थिक रुपमा सन्तुुष्टि दिलाउन सक्नेले नै सबैतिरको छेउटुुप्पो सिलाउन जानेको हुुनाले यस्तै कमाउ मन्त्रालय पुुग्ने भाग्य लिएर आएका हुुन्छन् रे भन्ने हल्ला सुुनेपनि जनतालाई राम्ररी थाहा छैन।
एउटा सानो भन्सार कार्यालयदेखि लिएर ठूला भन्सार कार्यालय, राजस्व कार्यालय, कर कार्यालयदेखि अर्थ अन्तरगतका सबै ठाउँहरुमा आमदानीको आधारमा अग्रिम बुुझाएर मात्रै सरुवा नियुक्ती पाइन्छ, लिलाम बढाबढमै त्यहाँ जाइन्छ र हाजिर भएको मितिदेखि नै ढुक्कले उठाएर खाइन्छ भन्ने गफ र समाचारहरु सधैं सुुनेपनि प्रत्यक्ष चाहिँ उही सम्बन्धित ब्यक्तिले मात्रै अनुुभव गर्ने कुुरा हो अरुलाई थाहा छैन।
अर्थमा जुुनसुुकै दर्जा र नियुक्तीमा छिर्न पाए पनि ठूलै कमाइको बोझ भिर्न पाइन्छ भन्ने त खुला गोप्यतामा पर्ने बिषय भइ सकेको अनि उनीहरुले नै हामी जत्तिको चोखो र इमानदार कोही छैन भनेर बकेको सारै सुहाउँदो देखिएको छ।
बजेट भाषणको अघिल्लो रातको सीसीटीभी फुटेज देखाउन पर्ने बिपक्षीको माग बढ्दै गएपछि अर्थमन्त्रीले त्यस्ता माग गर्नेहरु को हुुन्, उनीहरुलाई देखाउन पर्नाको कारण के हो, जसजसले माग गरेपनि देखाउन पर्छ भन्ने के जरुरी छ, म त्यो सीसीटीभी फुटेज ज्यानजाला कसैलाई हेर्न दिन्न यसो गर्दा कसैले केही लछार्न खोज्छ भने त्यस्तालाई उठ्नै नसक्ने गरि पछार्न आफू सक्षम र तयार रहेको बारे बिभिन्न माध्यमबाट जानकारी दिएकै हुन्।
उनले यस्तो जानकारी दिएपछि केही समय सबैजना चुुपचाप लागेको देखेर अर्थमन्त्री अझ जोडले जागेको पाइयो। यसबाट प्रमुुख बिपक्षी नेतासमेत रहेका बालकोटे कामरेडको पनि मिलेमतो हुुनसक्छ भन्ने गाइँगुुइँ चल्न थाले पछि इज्जत जोगाउन उनले संसदमा यसबारे लामै भाषणसहित दोहोर्याएर कुुर्लने कार्य गरेबाट आरोप फेरि उर्लने देखेर सरकार प्रधानले आफू सहित स्वघोषित महान नेता र सभामुुखले सीसीटीभी फुटेज हेर्न अनुुरोध गरेकोमा अर्थमन्त्रीले नमानेपछि सरकार प्रधानले मात्रै हेर्ने तय भयो रे भन्ने बजारे हल्ला सुुने पनि कसैले पत्याउने अबस्था नभएपनि अर्थमन्त्रीबाट त्यो मागलाई पनि लत्याउने काम भयो रे भन्ने हल्लामा त झन् कसैले बिश्वास गर्न सक्ने कुरै भएन।
अब छानबिनको लागि गठन भएको समितिपनि यही संसदबाट छानिएको हुुनाले निष्पक्ष छानबिन हुुन्छ भन्ने मानिएको हुुँदाहुुँदै पनि ठूलो रकम हात लाग्ने मौका पाउँदा आफैं बिक्री हुुने जानिएको सांसदहरुको छानबिनमा शंका गर्नेहरुलाई के नै भन्न सकिन्छ र? जतिसुकै आदर्श र नैतिकताका भाषण छाँटेपनि बिगतका कृयाकलापलाई आधार मान्ने हो भने उनीहरुबाट आउने छानबिनको नतिजा अहिले नै जान्ने काममा खासै दिमाग लगाइ राख्न पर्दैन होला।
सरकार प्रधान, स्वघोषित महान नेताका साथै पूरै अर्थ मन्त्रालयलाई मुठ्ठीमा ल्याएर र करको दरबाट ठूलो रकम भ्याएर मजाले ब्यापार संचालन गर्न सक्ने घरानाले यस्ता नाथेहरुबाट डराना गर्ला भन्ने कसैलाई पनि लागेको छैन होला। बिगतमा प्राडो पजेरो र सुुरा सुुन्दरीका साथै बैंकक भ्रमणसहितको नगदमा यिनै सरकारप्रधानसित बिकेका अनि यही परम्परा र संस्कार मजाले सिकेका माननीयहरुले ठूलोे कुरा गरेको खासै सुुहाउँदैन कि? भन्नेहरुलाई जवाफ दिइराख्न जरुरी छैन।
हल्लाकै आधारमा कुरा गरेको भए पनि सरकार प्रधानका सुपुत्रसमेत यो काण्डमा मजाले गाँसिनुुु, स्वघोषित महान नेतासमेत रहेका खुुमलटारे कामरेड लामो समयसम्म मौन रहेर अर्थमन्त्रीसँग लपक्कै टाँसिनु, तेह्र दिनमै सीसीटीभी फुटेज आफै नासिनु, अर्थ मन्त्रालयका सचिवलगायत सबै जिम्मेवार कर्मचारिहरुको बिश्वनीयता नराम्रोसित मासिनु र धेरै बाठो हुन खोजेर सबैजना आफैं फोहरमा भासिनु आदि जस्ता कारणहरुले लहरो तान्दा रामै्रसित पहरो गर्जेला र सरकार प्रधान र स्वघोषित महान नेतातिर छानबिनको तिर् सोझिएला भन्ने अनुुमान गर्नेहरु पनि अलिअलि भएजस्तो बुुझियो।
यसो भइ नै हालेछ भने पनि लाजशरम नैतिकता र आदर्श जस्ता शब्दहरुलाई शब्दकोषबाट समेत हटाइसकेका, आफ्नो मान प्रतिष्ठा र इज्जतलाई अब घट्ने ठाउँ नै बाँकी नराखेर आफैंले घटाइसकेका, आफ्नो फाइदाको लागि यस्ता हजारौँ माननीयहरुलाई मिठो मसिनो चटाइसकेका र सरकारी बजेट ब्यक्तिगत ढुकुटीमा ओसार्ने कामको लागि यस्ता धेरै पात्रहरुलाई बर्षौँसम्म हाकाहाकी खटाइसकेका यस्ता स्वघोषित शिर्ष भनिने अति निम्न कोटीका नेतृत्वलाई लहरो तान्दा पहरो गर्जेला भन्ने डर र लाज भएजस्तो पटक्कै नदेखेर जनता प्रफुल्ल छन्।
Facebook Comment