काँचो केरा खानुहोस्, पाइन्छ यस्ता फाइदा

डिसी नेपाल
२६ असार २०७९ १०:२३

काठमाडौं । काँचो केराको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । काँचो केरामा धेरै पौष्टिक गुणहरू पाइन्छ जसले धेरै समस्याहरू हटाउन मद्दत गर्छ। काँचो केराको सेवनले रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ ।

अर्कोतर्फ, काँचो केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पेटका लागि पनि फाइदाजनक हुन्छ । आज हामी तपाईलाई काँचो केरा खाँदा स्वास्थ्य हुने लाभका बारेमा जानकारी दिनेछौँ ।

काँचो केरा खानुको फाइदा:

मुटुलाई स्वस्थ राख्छ – मुटुलाई स्वस्थ राख्न काँचो केराको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । काँचो केरामा पोटासियमको मात्रा निकै राम्रो हुन्छ । जसले रक्तचापको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । साथै, यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले तपाईं आफ्नो आहारमा काँचो केरा समावेश गर्न सक्नुहुन्छ।

पाचन प्रक्रियामा सुधार – पाचन प्रक्रियामा सुधार गर्नका लागि काँचो केरा खानु धेरै लाभदायक मानिन्छ। काँचो केरामा प्रशस्त मात्रामा फाइबर हुन्छ। जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । यसले कब्जियत र पेटसँग सम्बन्धित धेरै समस्याहरू हटाउन पनि मद्दत गर्छ।

तौल घटाउन फाइदाजनक– काँचो केराको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । काँचो केरामा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले गर्दा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम लाग्छ । जसले तौल घटाउन मद्दत गर्छ ।

हड्डी बलियो हुन्छ–काँचो केरा हड्डी बलियो बनाउन निकै फाइदाजनक हुन्छ । काँचो केरामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

साथै क्यान्सर हुनबाट जोगाउँछ काँचो केरामा कयौँ यस्तो तत्व पाउँछ जसले शरिरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *