बिहान उठेर यी फल खानुहोस्, बढ्छ रोग प्रतिरोधात्मक क्षमता
काठमाडौं । राम्रो खान पान स्वस्थ शरीरको राज हो । जो आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्छन्, गम्भीरताका साथ लिन्छन्। उनीहरू कहिल्यै गम्भीर रोगको चपेटामा पर्दैनन्। शरीरमा आवश्यक पोषक तत्वको कमीलाई पूरा गरिरहनुभयो भने तपाई ऊर्जावान रहनुहुनेछ। हाम्रो आहारमा फलफूलको ठूलो भूमिका हुन्छ । यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ बनाउन मद्दत गर्छ । बिहान खाली पेटमा फलफूल खाने कि नखाने भन्ने प्रश्न कतिपयलाई हुन्छ । यदि यसो हो भने, आज हामी तपाईलाई खाली पेटमा खान हुने फलफुलका बारेमा बताउँछौं ।
खाली पेटमा खाने फलफुलहरु:
अनार– तपाईं यसलाई खाली पेटमा पनि खान सक्नुहुन्छ। अनारमा फाइबर, भिटामिन के, सी, र बी, आइरन, पोटासियम, जिंक र ओमेगा–६ फ्याटी एसिड जस्ता पोषक तत्वहरू पाइन्छ। जब कुनै व्यक्ति बिरामी हुन्छ, तबडाक्टरहरूले उनलाई सबैभन्दा पहिले अनार खाने सल्लाह दिन्छन्। यो फल रोगहरुमा रामबाण साबित हुन्छ। यसको सेवनले मस्तिष्क पनि तेजिलो हुन्छ र मुटुको स्वास्थ्य पनि कायम रहन्छ ।
मेवा – यदि तपाईले बिहान खाली पेटमा मेवा खानुहुन्छ भने त्यो पनि तपाईको लागि फाइदाजनक साबित हुनेछ । यसले पाचन प्रक्रियामा सुधार गर्छ। यसले उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न राम्रो काम गर्छ। यसमा फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा तौल पनि नियन्त्रणमा रहन्छ । यसले पेट फुल्ने समस्याबाट पनि छुटकारा पाउँछ ।
खरबुजा– यो रसीला फललाई खाली पेटमा पनि खान सकिन्छ । गर्मीमा खरबुजा खाँदा यसले शरीरलाई हाइड्रेटेड राख्छ। यदि तपाइँ यसलाई नियमित रूपमा खानुहुन्छ भने तपाइँलाई अपच र ग्यासको समस्या कहिल्यै हुँदैन। यो फलमा ९० प्रतिशत पानी हुन्छ ।
Facebook Comment