लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

डिसी नेपाल
२६ असार २०७९ १९:२१

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् ।

सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए ।

महिला तर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित प्रथम स्थान हासिल गरिन् । १३५० अंक पाएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गरिन् ।

दुवै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगल पुरस्कार प्राप्त गरे ।

गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको थियो ।

२५० भन्दा बढी स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समूहमा आयोजना भएको थियो ।

प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायीक साइक्लिङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेस तथा ढुकु स्पोर्ट्स हब रहेका थिए ।

यस्तै, जुनियर पुरुष तर्फ राहुल वाइबा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको यूथ ९१२० तर्फ पूर्णराज तामाङ विजयी भए । मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान ९५० माथि० ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिला तर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए ।

सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्व अध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे ।

सिरिजका आयोजक एवं राष्ट्रिय साइक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा अझै भव्य र परिष्कृत ढंगले अगाडी बढ्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *