धेरै प्याज खानुहुन्छ? यस्ता छन् बेफाइदाहरु
काठमाडौं । प्याज तरकारी, अचारमा आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ।
प्याज काट्दा आँखाबाट आँसु निकाल्ने भएता पनि यसको फाइदा पनि अतुलनीय छ। तर हामी तपाईलाई प्याजका बेफाइदाका बारेमा जनाकारी दिदैंछौं । प्याज आवश्यकताभन्दा बढी सेवन गर्नुभयो भने तपाईलाई धेरै प्रकारका क्षति हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्याजको अधिक सेवनले तपाईको स्वास्थ्यमा विभिन्न प्रकारको प्रभाव पार्न सक्छ। विशेष गरी काँचो प्याजले तपाईको स्वास्थ्यलाई बिगार्छ।
प्याजमा ग्लुकोज र फ्रक्टोजको मात्रा धेरै हुन्छ। यसका साथै यसमा फाइबरको मात्रा पनि धेरै हुन्छ, जसलाई कतिपयले राम्ररी पचाउन सक्दैनन् । यस्तो अवस्थामा एसिडिटीको समस्या हुन सक्छ ।
काँचो प्याज मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुँदैन । सबैलाई थाहा छ कि मधुमेह रोगीहरूले कुनै पनि चीज धेरै सावधानीपूर्वक सेवन गर्नुपर्छ। यस्तो अवस्थामा काँचो प्याज खानुअघि डाक्टरसँग सल्लाह लिनुहोस्, अन्यथा समस्या हुन सक्छ ।
यदि तपाई मुटु रोगी हुनुहुन्छ भने काँचो प्याज धेरै मात्रामा नखानुहोस् । किनकि यसले तपाईको समस्या बढाउन सक्छ । यसले मुटुको समस्या पनि निम्त्याउन सक्छ ।
मुखबाट गन्ध आउँछ । काँचो प्याज बढी सेवन गर्दा मुखबाट सास गन्हाउने समस्या हुने गर्दछ । सबैलाई थाहा छ काँचो प्याज खाएपछि मुखबाट दुर्गन्ध आउँछ । यस्तो अवस्थामा धेरै प्याज नखाने प्रयास गर्नुहोस्। यदि खाए पनि पानीले कुल्ला गर्नुहोस्।
Facebook Comment