चोरहरूकी महिला सरदार ! संसारकै ‘सबैभन्दा सुन्दर चोर’का ३० तस्वीरहरू
काठमाडौं । ‘द हटेस्ट थिफ अफ द वर्ल्ड’ भनेर चिनिने चर्चित मोडलका तस्बिरहरु भाइरल भइरहेका छन् । वास्तवमा मोडल चोरीको मुद्दामा एकपटक जेल परेकी छिन् । सजाय भोगेपछि उनी मोडलिङको दुनियाँमा प्रवेश गरिन् र अहिले उनका लाखौं फ्यान छन् ।
यी मोडलको नाम स्टेफनी ब्यूडोइन हो। सन् २०१४ मा उनलाई ९० दिनको जेल सजाय सुनाइएको थियो । उनीमाथि क्यानडाको क्युबेकमा ४० घर लुट्ने किशोर चोरहरूको गिरोहको नेता भएको आरोप लगाइएको थियो।
डेलीस्टारका अनुसार स्टेफनीको गिरोहले करिब ४१ हजार ६६७ पाउण्ड (६३ लाख रुपैयाँभन्दा बढी) नगद र अन्य विलासिताका सामानहरू चोरेको थियो, अन्ततः उनी पक्राउ परिन् र जेलमा परिन्। सन् २०१५ मा उनलाई बी मोडल म्यानेजमेन्टले हायर गरेको थियो । अहिले ७ वर्षपछि पनि उनी आफ्नो मोडलिङ करियरलाई लिएर निकै चर्चामा छिन् ।
अदालतको तर्फबाट पाएको सजायका कारण उनलाई निकै नोक्सानी पनि भयो । तर, फेसबुकमा पोस्ट गरिएको बिकिनी तस्बिरलाई मानिसहरूले मन पराएकाले पछि उनले मोडलिङ कन्ट्र्याक्ट गरिन् ।
उनले इन्स्टाग्राममा आफ्ना ग्ल्यामरस तस्विरहरु शेयर गरिरहेकी छिन् । जहाँ उनलाई १ लाख ३० हजारभन्दा बढी मानिसले फलो गरेका छन् । अहिले पनि उनका फ्यानहरूले उनलाई ‘टप क्यानन’ र ‘एब्सोल्युट गोर्जियस’ भन्ने गर्छन्।
गिरफ्तारीपछि स्टेफनीलाई उनको फेसबुक पेज डिलिट गर्न भनियो। त्यसपछि उनी ‘सेक्सी चोर’ भनेर चिनिन थालिन् । मोडलिङको कन्ट्रयाक्ट पाएपछि न्यायाधीशले आफ्नो एउटा फैसलामा उनले मोडलिङको प्रवर्द्धनका लागि आफ्नो आपराधिक करियर प्रयोग गर्न नसक्ने भनेका थिए ।
हालै उनले आफ्नो एउटा तस्बिर पोस्ट गरेकी छिन् । यसमा उनी गाउँको इलाकाको खोजी गरिरहेको देखिन्छ । उनको तस्बिरमा फ्यानहरुले उनको सुन्दरताको तारिफ गर्दै कमेन्टमा हार्ट इमोजी पठाएका थिए ।
स्टेफनीले भनिन्– म स्टेफनी ब्युडोइनको नाममा मोडलिङ कन्ट्र्याक्ट साइन गर्न सक्छु । ब्रान्डहरूले मलाई ‘स्टेफनी द क्रिमिनल’ वा त्यस्तो कुनै नामको रूपमा परिचय दिन सक्दैनन्।
Facebook Comment