सामाजिक विकास मन्त्रालयद्वारा धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान
कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आज धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ चिकित्सक सहित वडा क्लिनिक सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले सो उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले नगरप्रमुख गोपाल हमाललाई एउटा अल्ट्रासाउन्ड मेसिन, रगत चेकजाँच गर्ने प्रोटटेबल ल्याब मेसिन र मुटुको जाँच गर्ने इसिजी मेशिन गरी रु साढे २५ लाख बराबरका उपकरण हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा मन्त्री बोहराले सामाजिक विकास मन्त्रालय हातेमालो गरी काम गर्न सदैव तत्पर रहेको बताए । नगर प्रमुख÷उपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्ने उनको भनाइ छ ।
नगरप्रमुख हमालले यो कार्यक्रमलाई प्रभावकारी ढङ्गले प्राथमिकताका आधारमा अगाडि बढायाँै भने जनतालाई प्रदेश र स्थानीय दुवै सरकारको अनुभूति हुने बताउनुभयो । उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्ने नीति लिएको छ ।
Facebook Comment