भूराजनैतिक चपेटाको दलदलमा नेपाल
विक्रम सम्बत २०४७ सालभन्दा अगाडि नेपालमा भारतीय, चाइनिज, अमेरिकन, रसियन र अन्य पश्चिमाली देशका मानिसहरु आगमन भएपनि त्यसले खासै महत्व राख्दैन थियो। किनकि सबैको आगमनलाई तात्कालीन सरकारबाट निकै नै कडा रुपमा निगरानी हुने गर्दथ्यो।
त्यसैकारण नेपालमा वैदेशिक प्रभाव र दवाव प्रत्यक्ष रुपमा देखिदैन थियो। कुटनीति सफल रुपमा चलेको थियो । परराष्ट्र नीति सफल र सक्षम थियो । नेपालमा आँखा लगाउन कसैको पनि हिम्म्मत थिएन। भारतको चलखेल भएपनि एक दम न्यून थियो।
राजशासनकै समयमा नेपालमा अमेरिकाको निर्देशनमा भारतको धार्चुला हुँदै नेपालको दार्चुला पसेका वान्ग्दे र उनका फौजहरुले खम्पा काण्ड मच्चाएका थिए चीनको प्रभावलाई दवाब दिन । त्यो बेलामा छिमेकी राष्ट्र चीनको कडा बोली र भाषालाई ख्यालमा राखी राजा बिरेन्द्रले खम्पा काण्ड र बिद्रोहलाई दरो रुपमा सामना गरी खम्पा नाइके वान्ग्देलाई हत्या गरी सम्पूर्ण उनका हतित्यार बरामद गरी टुँडीखेलमा प्रदर्शन गरिएको थियो।
यो अमेरिकाको नेपाललाई केन्द्रबिन्दु बनाई चीनको तिब्बत हमला गर्ने पहिलो प्रयास थियो। स्वतन्त्र तिब्बतको अभियानमा दलाइ लामाको इशारामा अमेरिकाले भित्र भित्रै तिब्बत टुक्र्याई दलाइ लामालाई पुनस्र्थापित गराउने अभियान थियो। तर असफल साबित भयो।
अतः छिमेकी देश चीन हामी नेपालीलाई कहिले पनि कर्के नजरले हेर्न चाहँदैन । अर्को छिमेकी देश भारत हाम्रो सारा धर्म संस्कृतिसंग मेल खाने र रोटी बेटीको सम्बन्ध पनि रहेकोले बेला बेलामा अलि अलि सम्बन्ध चिसिए पनि राजाको कुटनीतिक बोली र बचनले भारत त्यत्ति चिढीएको थिएन।
यो नेपाल भूराजनैतिक हिसाबले अत्यन्त सवेदनशील धरातलमा रहेकोले नेपाल बच्ने एउटा उपाय भनेको नेपालको परराष्ट्र नीति र पञ्चशीलको अवधारणा दरो रुपमा अबलम्बन गर्नु नै हो। अन्यथा यो तुरुन्त भूराजनैतिक चपेटामा परी अनेक संकटमा फस्ने निर्विकल्प छ।
होस हराएका नेताहरुको मन्द बुद्धिको परिणाम यस्तै हुन्छ। यस्तैलाई हो विदेशीले आफ्नो मुठीभित्र राख्ने। भुँइ मान्छेलाई छुन कसैको तागत छैन। तर देश चलाउने यिनै दलका नेताहरु भएकाले नेपाल भूराजनैतिक चपेटाको दलदलमा फस्नु कुनै नौलो होइन। देश जत्ति नै भाडमा जाओस यी नेताहरुलाई कुनै मतलब छैन।
यी सब कुराको तालमेल राजशासनमा बलियो रुपमा रहेको थियो भन्ने कुरा कसैले पनि नकार्न सक्तैनन्। यसरी राजसंस्थाको अगुवाईमा भएको कठोर निर्णय र परराष्ट्र नीतिको दरो अनुसरणले देशमा राजनैतिक तरंगको बिकृती फैलिएको थिएन । तर खम्पा काण्डबाट पछि हटेको अमेरिकन प्रयास विफल भएतापनि त्यसको तुष वा अंश बाँकी नै थियो ।
नेपाललाई गिजोल्ने काम छद्म भेषमा नभएको भने होइन। तर राजशासनको डरले सबै नतमस्तक थिए। तर २०४७ सालको राजा सहितको प्रजातान्त्रिक शासनले देशमा स्थायित्व कायम गर्ला भन्ने डरले बिदेशीको लागि सह्य भएन र तदुपरांत नेपालको शाह बंशको शासनलाई सर्बनाश गर्न राजतन्त्र बिरोधि देशहरु कटिबद्ध भई अनेक षडयन्त्रहरुको रचना गर्न थाले।
देशका लोभी, पापी, दास मनोबृत्ति भएका देशद्रोही र मुखमा राम राम बगलीमा छुरा राखेका नेताहरु, कर्मचारिहरु, राजप्रासादका उच्च पदस्थ पदाधिकारीहरुलाई खरिद गरी पैसाको खोलो बगाई देशमा राष्ट्रपति शासन र गणतन्त्र ल्याउने कुरामा बेचिएकाहरु सबै लागे।
राजदरबारको सुरक्षा नीति एकदम कमजोर र जे पनि गर्न मिल्ने बनाएपछि आखिर एक पारिवारिक कलहको परिणाम स्वरूप भएको दरबार हत्या काण्डको उच्च साजिस रची कुन्नि कसले हो बि.सं.२०५८ साल माघ १९ गते ५००/७०० तालिम प्राप्त सैनिकहरु, पाइलै पिच्छे सैनिकको गारत, चौबीसै घण्टा खटिने कर्मचारिहरु र चौबिसै घण्टा सुरक्षा गार्डको घेरामा बसेका राजा विरेन्द्रका परिवारको बंश नै नाश हुने गरी समूल हत्या भयो ।
यो नेपालको इतिहासमा कहिल्यै नघटेको अपत्यारिलो ठूलो ‘ग्राण्ड डिजाइन’को हत्याकाण्ड थियो । ठूलो योजनाको हत्या काण्ड पश्चात नेपालमा भाइ ज्ञानेन्द्रलाई राजा बनाइयो । तर त्यो सब योजना भित्रको नै साजिस थियो।
नभए किन पुनः छोटो समयमा नै राजा ज्ञानेन्द्रले पनि राजशासनबाट हात धुनु पर्याे ? सारा नेताहरु र सैनिक मुख्यालय किन चुप रह्यो ? किनकि सबै अमेरिका र पश्चिमाली मुलुकहरुको बजारमा बेचिइ सकेका थिए।
सम्पूर्ण बरिष्ठ नेताहरु राष्ट्रपति बन्नेमा लिप्त थिए बने दोश्रो तहका बकम्फुसे नेताहरु मुख्य मन्त्री, मन्त्रि र अन्य उच्च तहमा जाने तरखरमा थिए । देश भूराजनैतिक चपेटाको दलदलमा फसिसकेको थियो ।
देशलाई माया गर्ने भुइँमान्छेहरु नेपालमा नभएका हैनन् तर ती सबैलाई ओझेलमा पारी देश भित्र नयाँ नयाँ विदेशका गुलिभरहरु झाँगिदै गए । विदेशी चलखेल अत्याधिक मात्रामा बढेर गयो। नेपालको राजनीतिक शैलीलाई किचिमिची पारी भीरबाट खसाली अर्थ नीतिलाई पनि टाट पल्टाउने गरि सारा उद्योग कलकारखानाहरु कौडीको मोलमा बेचिए र बेच्न लगाइयो, उदारीकरणको नाममा।
हजारौं लाखौँ युवाहरुलाई रेमिटान्स प्राप्त गर्नका लागि विदेश धकेलियो र तड्पाई तड्पाई काम गर्न बाध्य पारियो र नेपालको सबै उर्जा र श्रोत साधनहरु बिदेशीलबई सुम्पिइ नेपाललाई भित्र भित्रै धमिराले खाएसरी खोक्रो बनाउने काममा सबै चाटुकार नेताहरु लागेकै हो । केवल भुइँमान्छे बाहेक जसले भूमिलाई सधैं माया गरि रहेको हुन्छ ।
देशको कर्णधार किसानलाई सधैं मलको अभाबमा तड्पाइ रहने र उखु किसानहरुलाई तत्काल उखुको मोल नतिरी तडपाइरहने र आन्दोलन गर्न बाध्य पार्ने जस्ता हर्कत सरकारले जानाजानी गरेकै हो ।
यो सब बिकेका मन्त्रीहरुको लाचारीपन नभए अरु के हुन सक्तछ र ? २०४७ साल देखि २०६२/०६३ र २०७२ सालको निर्माणको काम सम्पन्न भई २०७९ सालसम्म पनि नेपालको राजनीति र अर्थनीति र धर्म र संस्कृतिलाई टुकुचाको नालीमा बिसर्जन गरि सबै विदेशको हातमा पारी सम्पूर्ण रुपमा परजीबी हुनु भनेको जानाजानीको खेल नभए अरु के हुन सक्तछ र ?
यो बिदेशीको प्रभाब र दवाब नभए अरु के हुन सक्तछ र ? राजाको बंशनाश हुनु, लोकतन्त्र गणतन्त्रको आगमन हुनु, हिन्दु राष्ट्रको परिचयलाई नष्ट गरि धर्म निरपेक्ष राज्यको घोषणा हुनु, स्थानीय सरकार भन्दा माथि प्रदेश सरकारको जोकर सरकार बिचमा जोडी त्यो भन्दा माथि संघीय सरकारको दुई सदनात्मक संसदीय ब्यबस्था ल्याई तल्लो प्रतिनिधि सभामा ६०१ सभासद्को नाटकीय भेला गराई संसदलाई सेतो हात्ती पाले सरह पाली भिडको संसद निर्माण गरि अनपढ प्रतिनिधिहरुको बथानको झुण्ड बनाई सधैं झगडाको बाताबरण सृजना गरि संसद अबरोध गर्ने र कुनै पनि कुराको गहन विश्लेषण नगरी २/४ तालीको भरमा सबैकुरा पास र अनुमोदन गर्ने र सांसदहरु भेडा बाख्रा सरह पार्टीको ह्वीपमा रहन बाध्य हुनु पर्ने जस्ता प्राबधान बनाउने को हुन् त् ?
ती तिनै हुन् जो लोभ, मोह र पश्चिमालीको मोहजालमा फसी कठपुतली झैं नाची देशलाई भूराजनैतिक चपेताको दलदलमा फसाउने बिकेका नेताहरु र प्रशासनिक संयन्त्र नै हुन् ।
जानाजानी राजनीतिलाई खाडलमा खसाल्ने, एमसीसी पास गर्न अमेरिकी धारणा बोकेका कांग्रेस्स्का शेरबहादुर देउवा जो प्रतिपक्षमा बसेका थिए तिनलाई अनेक प्रपन्च गरी गरी सर्बोच्च अदालतको ठाडो आदेशमा प्रधामन्त्रीको नियुक्ति हुनु र हजारौं बुद्धिजिबिहरुको र जनताहरुको विरोधलाई बुटले कुल्ची आखिर सबै नेताहरुले एमसीसी पास गरेरै छोडे र देश नेपाललाई अमेरिकाको हिन्द प्रशान्त रणनीतिको चपेटाको दलदलमा फसाई छोडे।
अध्ययन बिनाको समर्थन र सहिछापले आज एसपीपीको डरलाग्दो रुप र योजनाको आगोलाई थेग्न नसकी आफ्नै थाप्लोमा हातले ठोकी एसपीपीलाई खुसुक्क बदर गर्ने झिनो हिम्मत आएको देखिन्छ । तर जे भएतापनि नेपाल इण्डो प्यासिफिक रणनीतिको जालमा फसिसकेको छ ।
होस हराएका नेताहरुको मन्द बुद्धिको परिणाम यस्तै हुन्छ। यस्तैलाई हो विदेशीले आफ्नो मुठीभित्र राख्ने। भुँइ मान्छेलाई छुन कसैको तागत छैन। तर देश चलाउने यिनै दलका नेताहरु भएकाले नेपाल भूराजनैतिक चपेटाको दलदलमा फस्नु कुनै नौलो होइन। देश जत्ति नै भाडमा जाओस यी नेताहरुलाई कुनै मतलब छैन। किनकि यिनीहरुको सिद्धान्त बेचिइसकेको छ।
कम्युनिस्ट–कम्युनिस्टको बिचमा झगडा गरी फुटी कांग्रेसको कोक्रोमा गई च्याँच्याँ कराउने र प्रजातान्त्रिक कांग्रेस सत्तामा टिकी रहन सिद्धान्तलाई लात हानी बेशर्मी तवरले साम्यबादी भनाउँदाहरुसंग गठबन्धन गरी सत्ता चलाई संसारलाई हसाउनेहरुबाट देशमा उन्नति हुनु, देशको परराष्ट्र नीतिको पूर्णतया पालन गरि असंग्लग्न परराष्ट्र नीतिलाइ राष्ट्रको मूल नीति मान्नु भनेको हाँसोको बिषय मात्र हो ।
आज देश आर्थिक रुपले झण्डै टाट पल्टिएको छ। बैंकहरु निक्षेपको अभावमा छटपटाइ रहेका छन्। अर्थबजारमा कालोबजारी, भ्रस्टाचार, घुसखोरी र दलाल कमिसन तन्त्रको महाजालमा नेपालको सम्पूर्ण अर्थतन्त्र गाँजिएको छ। यस्तो अबस्थामा पनि नेपालका अर्थविद र विज्ञहरु किन चुप लागेर बसेका छन् ?
किन अनपढ नेताहरुलाई सचेत गराउँदैनन् । किन चुप लागेर बसेका छन् । किन देश हाँक्ने नेताहरुलाई आर्थिक प्रणालीको फित्ताले टनक्क बाँध्न सक्तैनन् । यो बहुत सोचनीय कुरा छ।
समुच्चमा राजनीति बेचिएको छ, नेताहरु बेचिएका छन्, बिकास नारामा मात्र सीमित छ, अर्थनीति हेर्याे लथालिंग छ। धर्म हेर्याे मासिएको छ। शिक्षा, स्वास्थ हेर्याे कहालीलाग्दो छ । रक्षा हेर्याे हतियार खरिद र ठेक्का पट्टामै ब्यस्त छ। महंगी हेर्याे उच्च बिन्दुमा पुगेको छ। देशको हरेक क्षेत्रमा लुटको खेती र ब्यापार मौलाएको छ। सिद्धान्त बेचिएका दलहरु एक अर्कासँग मिली देश लुटिरहेका छन्। देशमा भएको एउटा हिन्दु राष्ट्रको पहिचान पनि कौडीको भाउमा बेची त्यसको सट्टामा धर्म निरपेक्षता जबरजस्ती लादिएको छ ।
नेपाल जस्तो सानो तर भूराजनैतिक हिसाबले अत्यन्त संबेदनशील रहेको देशमा आज गुलिवरहरुको प्रवेश भईसकेको छ। भित्रभित्रै यसले नेपालको उर्बरा शक्ति र सरकारका हरेक अंगहरुलाई फाँडीरहेको छ र नेपाललाई झन्डै अस्तित्व बिहीन बनाइ विश्वको अगाडि कौडीको मूल्यमा पनि नबिक्ने गरि यो अत्यन्त सुन्दर रुमाल जस्तो देशलाई छिया छिया र धुजा धुजा पारी कंगाल बनाउने काममा हाम्रा देशका पराधिन, लोभी, पापी, स्वार्थी र नैतिकता हराएका नेताहरु अझैपनि खित्का छोडी हाँसेर बसेका छन् र देशलाई बिगत ४० बर्षदेखि अनेकौं राजनैतिक, आर्थिक र धार्मिक चपेटाको दल दलमा फसाइरहेका छन्।
तसर्थ यो चपेटाबाट मुक्त हुन र आजाद नेपाललाई सदा आजाद, उन्नत र गौरवशाली बनाउन नयाँ पिँढीको आबश्यकता देखिन्छ । अन्यथा नेपाल अमेरिकाको उदेश्य र पश्चिमाली देशहरुको इशारामा श्रीलंकाको अबस्थामा पुग्न गई विश्व द्वन्दको रणभूमिको चपेटामा जाने कुरा अवश्यमभावी छ।
Facebook Comment