गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बीरहरु)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।
‘गभर्नर भएर राजनीति गर्न पाइँदैन,’ ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।
त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment