अवैध उत्खनन गर्ने टिपर, जेसिवी र चालक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३० असार २०७९ २२:१३

महोत्तरी । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।

पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।

आजमात्र बर्दिबास(७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमान चोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्तखनन गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

चालक, टिपर र जेसिवी मालिकलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *