आईसीसी विश्वकप लिग टूः स्कटल्याण्डसँग नामिबिया पराजित

डिसी नेपाल
३१ असार २०७९ १२:२६

काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय १६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।यो जितसँगै स्कटल्याण्डले २३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।नामिबिया भने १७ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *