व्यंग्य : हुने बिरुवाको चिल्लो प्याड
समय बलवान छ र यसले हरेक समयमा आम मानिसले चाल नपाउने र कसैलार्ई गाल नपर्ने गरि हरेक कुुराहरुमा परिबर्तन ल्याइरहेको हुुन्छ भन्ने धेरै कम मानिसले महसुुस गरेका हुुन्छन् अनि यहि परिवर्तन अनुुसार मानिसहरुले नगदसहित आफ्ना अन्य आबश्यकताहरुलाई छुन्छन्, आफ्नो इच्छा अनुसारका उम्मेदवारलाई आफ्नो प्रतिनिधि चुुन्छन् र धेरै अघिदेखि थाहा पाएर आफैं बोकेको वा केहि थाहै नपाइकन अरुले बोकाएको भारिको बोझले थिचेर रुन्छन्।
यही सिलसिलामा परापूूर्बकालदेखि हाम्रो चलन चल्तिमा रहेको उखानमापनि समय अनुुसार परिबर्तन आउने र सबैले आफ्नो आबश्यकता अनुसार थाहा पाउने रहेछन्। हुुने बिरुवाको चिल्लो पात भन्ने उखान हाम्रो समाजमा ज्यादै प्रचलित र पछि असल हुुने ब्यक्तिकोे लक्षण उ सानो हुँदैमा देखिन्छ भन्ने अर्थमा लिइन्छ।
कसैका छोराछोरीहरु उमेर सँगै बढ्दै गएर पछि सोचे अनुुसार प्रगति गर्ने हुुन्छन् भन्ने अर्थमा यसलाई लिइन्छ वा भबिष्यमा राम्रो नतिजा आउने लक्षणको मान्यता दिइन्छ । तर बर्तमान सरकार प्रधानका सुपुत्रको सेनेटरि प्याडको आयात कार्यमा सँलग्नता लगायत कमिसन खाने कार्यमा लिप्त रहेका अरु शिर्ष नेताहरुका सुपुत्रहरुको देशको आर्थिक कृयाकलापमा शानदार तरिकाको प्रबेशले गर्दा हुुने बिरुवाको चिल्लो पात भन्ने उखान समय अनुुसार बदलिएर हुने बिरुवाको चिल्लो प्याड भनेर बुझ्न थालिएको र त्यहि अनुसारको कदम चालिएको सुन्दा जनतापनि दँग परेर बसेका अनि यसैमा रंगमंगिएर फसेका छन्।
खास ब्यापारिक घरानाबाट बसिबसि आउने कमिशनको लोभमा परेर र करको दरमा हेरफेर गरेर सरकार प्रधानको सुपुत्रसहित त्यस्तै पहुँचवालाहरुलाई पोस्ने अनि स्वदेशी उद्यमीहरुको रोजिरोटि खोस्ने कार्य गर्बकासाथ पुुरा गर्ने अर्थ मन्त्रीले सरकार प्रधान र स्वघोषित महान नेताको उपाधि समेत पाएका खुमलटारे कामरेडलाई अति ठूलो गुन लगाउँदा लगाउँदैपनि राजीनामा दिन पर्याे । हामीकहाँ कसलार्ई गुन गर्नु र त्यस बापत मुुखमा अलिअलि नुन पर्नुलाई स्वाभाबिक कार्यको रुपमा ग्रहण गरिन्छ अनि यही तरिकाले मजासित नगदमा चरिन्छ भन्ने सबलार्ई थाहा छ।
देशमा यति ठूलो संख्यामा सेनेटरि प्याड आयात हुुने रहेछ भन्नेपनि यहिँबाट सबैले जान्न बुझ्न पाए अनि कुुरो सुुन्दा चकितपनि खाए। देशमा उत्पादन हुुने प्याडमा करको दर बढाउने र बिदेशबाट हुुने आयातलाई नब्बे प्रतिशत छुुट दिएर आयात गराइ सरकार प्रधानको सुपुत्रलाई छिटै नै आर्थिक रुपमा माथि चढाउने अनि स्वदेशी उद्यमीहरुलाई तन्नम हुुने गरि सढाउने ज्यादै पबित्र उद्देश्य राखेर गरिएको अनि देशको आर्थिक उन्नतिको लागि यो भन्दा सुुन्दर तरिका अर्को हुनै सक्दैन भनेर छरिएको गफलाई सबैले पत्याइदिएको पाइयो।
उसो त तागाधारी हिन्दुुहरुले लगाउने जनै,पहिले घरघरमा बन्ने गुन्द्रुक,टुथपिक भनिने दाँत कोट्याउने सिन्का आदिपनि बिदेशबाटै आयात भइरहेकोमा यस्ता प्याडको पनि उत्पादन छोट्याउने तरिका ज्यादै राम्रो हो। यतिले नपुुगेर अब त नागरिकता बिधेयक मार्फत देशको लागि चाहिने नागरिकपनि बिदेशबाटै झिकाउने,हाकाहाकी यस्ता उदाहरणिय कार्य गरेर सबलार्ई ठूलो ठूलो स्वरमा राष्ट्रियता सिकाउने,यसै मार्फत आफ्ना थोत्रा बिचार जबरजस्ती बिकाउने र जनताको नाममा सबैतिर भागशान्ति सिद्धान्त प्रयोग गरेर जुुगौँ जुुगसम्म गठबन्धन टिकाउने खेलमा सबै दल र नेताहरु लागेको अनि सबै कुुरा छोड यही फर्मुलामा जागेको देख्दा गणतन्त्र,धर्म निरपेक्षता र सँघियताले यहि उपलब्धि मात्रै मागेको रहेछ भनेर जनताले आनन्द मानेका छन् ।
जाबो सानो कोतपर्ब मच्चाएर पाएको शक्तिमा त आफन्तहरुले त्यत्रो सुुबिधाको उपभोग गरेका र त्यो सुुबिधा पाउन जानेसम्मको चाकरीमा झरेका थिए भने सत्र हजार निर्दोष जनताको बलि चढाएर ल्याएको ब्यबस्थामा आफन्तहरुले यतिको सुुबिधाको उपभोग गर्न पाउनुुलाई जनताले उहाँहरुको सामान्य अधिकारको रुपमा लिइदिन पर्छ। जनताको ठूलो त्याग बलिदान र संघर्षबाट उपलब्ध संघीय लोतान्त्रिक गणतन्त्रको सबैभन्दा सुुन्दर पक्ष भनेकै यही रहेछ भन्ने राम्ररी बुुझेर जनताको खुुसीको कुुनै सीमा छैन।
तीन दशक उमेरपनि नपुगेका बुढानिलकण्ठे सभापति सरकार प्रधानको सुपुत्रको कम्पनिले आयात गरेर स्थानीय बजारमा बिक्री बितरण गर्ने सेनिटरी प्याडलाई नब्बे प्रतिशत कर छुट दिएपछि यसबाट गर्न सकिने लुटको हिसाब गर्दा सरकार प्रधानकी अर्धाँगिनी र आयातकर्ताकी माताश्रीले आफ्ना कमिशन पार्टनरहरुबाट बिना लगानी प्रशस्त मुुनाफा प्राप्त गर्ने ग्यारेन्टि भएको हल्लामा जनताको त्यति बिश्वास छैन।
राज्यले गर्ने प्रत्येक ठुुला ठेक्का,सुुरक्षा निकायमा हुुने खरिदका टेण्डरहरु,द्वितीय श्रेणिका अधिकृतदेखि सचिव तहसम्मका कर्मचारिहरुको सरुवा बढुुवा,मन्त्री राजदूत आयुक्त जिएमदेखि लिएर अन्य कमाउ स्थानका नियुक्तीहरु,आफ्ना कमिशन एजेन्टको रुपमा सबै किसिमका टण्टा बेहोरेर चौबिसै घण्टा खटिने नेता कार्यकर्ताहरु,चुनावमा स्थानिय देखि संघीय तहसम्मका उम्मेदवारहरुलाई खुलेआम गरिने टिकट बिक्री,अरुले दुुरुपयोग भनेपनि फाइदाको लागि ज्यादै राम्रोसित गरिने र आमदानी हेरेर मख्ख परिने शक्तिको सदुुपयोग बारे पढेर देखेर र सुुनेर थाहा पाउने जनता अति खुुसी छन्।
यति पुनित कार्यहरु गर्दागर्दैपनि अघिल्लो चुुनावमा आफ्नो त होइन सरकार प्रधान समेत रहेका श्रीमानको भेगमा जबरजस्ति चुुनाव लडेकोमा जित्ने पक्का हुुँदाहुुँदै पनि नतिजा सडेको हुुनाले यसपाली मजाले नगद पेल्ने र एकदुइ छाक मासुु भात र जाँड खाएको भरमा जात फालेर भोट हाल्ने मतदाताहरुको भोको पेटमा खेल्ने अनि यस्ता कामको बिरोध गर्ने आफ्नै दलका नेता कार्यकर्तालाई भबिष्यमा उठ्नै नसक्ने गरि भित्तैमा ठेल्ने र यस्ता कामबाट जतिसुकै लाज हुुने भएपनि त्यसलाई हँसिहाँसी पचाएर झेल्ने ज्यादै राम्रो लोकतान्त्रिक अभ्यासलाई जनताले राम्रो मानेका छन्।
आफू लगातार शक्तिमा रहँदै बाबुआमा दुबैजना लागेर सुपुत्रलाई भाबि उम्मेदवारको रुपमा दलको महत्वपूर्ण स्थानमा हुुल्ने र करको दरमा हेरफेर गराएर सुपुत्रको नाममा ठूलो कमिशन बजाएर केहि थाहा नपाएजस्तो गरी हाँसिहाँसी डुुल्ने गरेको देख्दा हुने बिरुवाको चिल्लो प्याड भन्ने नयाँ उखान आफैं चरितार्थ भएको देखिन्छ।
यही करको दर हेरफेर गराउने र राजीनामा दिएका अर्थ मन्त्रीलाई केही भन्न डराउने अनि यस्ता बिषयमा बोल्नै पर्याे भने टाकटुके बोली बोलेर हराउने गर्दै आएका स्वघोषित महान नेता पनि यसमा पूूर्ण रुपमा संलग्न भएर मजाले खाएका एउटा मुख्य पात्र हुुन् भनेर जनताले चाहिँ पत्याउने कुरै आएन। उनका त झण्डै दुुइ दर्जन एकाघरका पारिवारिक ब्यक्तिहरुले यो करको दर हेरफेरबाट प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा पाएका र यही मिलाउन कमिशन एजेन्टहरु उनीहरुकहाँ धाएका हुुन् रे भन्ने हल्लामा सत्यता हुने त कुरै आएन।
स्वघोषित महान नेताका भाषण र भनाइहरु सुन्ने हो भने उनी जत्तिको त्यागी, ज्ञानी र भ्रष्टाचार बिरोधी अरु कोही हुनै सक्दैन जस्तो देखिएता पनि ब्यबहारमा ठ्याक्कै उल्टो भएकोले सबैतिर ट्याक्कै मिलाउन र झुटो बचन बोलेरपनि सबैलार्ई बिश्वास दिलाउन सक्ने खुबी भएका नेता पाएकोमा जनताले कृतज्ञता ब्यक्त गर्न पर्छ भन्ने सबैको भनाइ छ। राज्यका प्रथम श्रेणीभन्दा माथिल्लो दर्जाको सुबिधा पाउने र कुनै काम नगरि तलब भत्ता महिनै पिच्छे घरैमा आउने गरि दुई दर्जन नातेदारलाई सरकारी पदहरुमा भिजाउन सक्नुलाई सानो उपलब्धि मान्न हुुँदैन।
भाइ छोरा बुुहारी छोरीहरु ज्वाइँहरु भतिजा नाति नातिनीहरु र आफ्ना आसेपासेहरुलाई सरकारी ढुुकुुटीबाट मनग्गे खानपिनको ब्यबस्था गर्नु ज्यादै असल अबिभावकको जिम्मेवारी भित्रै पर्ने कर्तब्य हो। यस्तो कर्तब्य उहिले एकजना जंगबहादुुर नामक ब्यक्तिले गरेर देखाएका थिए अहिले स्वघोषित महान नेताले गरेर देखाए र इतिहासमा स्वर्ण अक्षरले लेखाए।
जंग बहादुुरको एकतन्त्रीय जहानियाँ शासनमा यस्तो कर्म गर्नु एउटा ठूलो राजनैतिक गल्ती भएपनि उनका सबै आफन्तले मजाले खल्ती भरेका थिए। अहिले स्वघोषित महान नेताले उचित सम्झेर गरेपछि आफन्तहरुलाई खाइपाइको ब्यबस्था मिलाउने र घरैकालाई सबैथोक दिलाउने यो भन्दा उचित कार्य अरु हुुनै नसक्ने हुुनाले यसको बिरोध गर्नेहरुको गर्धन चिलाउने अबस्था आउनु स्वाभाबिकै हो।
जाबो सानो कोतपर्ब मच्चाएर पाएको शक्तिमा त आफन्तहरुले त्यत्रो सुुबिधाको उपभोग गरेका र त्यो सुुबिधा पाउन जानेसम्मको चाकरीमा झरेका थिए भने सत्र हजार निर्दोष जनताको बलि चढाएर ल्याएको ब्यबस्थामा आफन्तहरुले यतिको सुुबिधाको उपभोग गर्न पाउनुुलाई जनताले उहाँहरुको सामान्य अधिकारको रुपमा लिइदिन पर्छ।
जनताको ठूलो त्याग बलिदान र संघर्षबाट उपलब्ध संघीय लोतान्त्रिक गणतन्त्रको सबैभन्दा सुुन्दर पक्ष भनेकै यही रहेछ भन्ने राम्ररी बुुझेर जनताको खुुसीको कुुनै सीमा छैन। स्वघोषित महान नेता र उनका आफन्तहरुले यस्तो सुुबिधाको उपभोग सन्तान दरसन्तानसम्म यसरी नै गरिरहुुन् र अरु सोझा सिधा जनता चाहिँ अझ तन्नम भएर मरिरहुुन् भन्ने सबैको आशीर्वाद रहेको छ।
सरकार प्रधानले आफ्नो सुुपुुत्रलाई सानै उमेरमा कमिशन खाने महान उत्तराधिकारको अभ्यास गराउन सुुरु गरेकोमा जनता ज्यादै हर्षित छन्। पाँच चोटी सरकार प्रधान भएर जिन्दगीभर कमिशन बजाउने र त्यसैको बलमा सरकार प्रधानको कुुर्सीमा आफूलाई सजाउने अनि अप्ठ्यारो पर्याे भने गठबन्धनलाई भजाउने सत्कर्म गर्दै आएका र यसैबाट सबैतिर चर्दै आएका सरकार प्रधानले सुपुत्रलाई यही बाटोमा हिँडाएर जनताको आशा र भरोसालाई पुरै माटोमा मिलाएकोमा उनलाई नेता मान्ने कार्यकर्ताहरु धेरै नै खुुसी छन्।
आफ्नो सुपुत्रको लागि योभन्दा ठूला सपना देख्ने स्वघोषित महान नेताको सपना भने दुर्भाग्यबश पूरा हुन पाएन। उनको सुपुत्रको अल्पायूमै ज्यादै दुुखद निधन भएकोले उनिमाथि ठूलो बज्रपात पर्न गयो र उनको सपना यत्तिमै टर्न गयो। छोटो जीवन बिताएका भएपनि उनले गर्न सकिने र गर्न मिल्ने सबै मोजमस्ति पूरा गरेका हुुनाले अलिअलि चित्त बुुझाउने ठाउँ चाहिँ स्वघोषित महान नेताले पाएका छन्।
घोषित रुपमा तिन श्रीमती र अन्य केही अघोषितहरुको समेत मालिक हुुन सकेको हुुनाले प्रसिद्ध पर्बतारोहिहरुको सालिक राख्ने ठाउँमा उनको सालिक स्थापना गर्न लगाएर स्वघोषित महान नेताले जनताको चाहना अनुुसारकै महान कार्य गरेकै हुुन् भन्न सकिन्छ।
उनले चोरे पनि, ढाँटे पनि, लुटे पनि, डकैती गरे पनि, मान्छे मारे पनि,ब्यभिचार गरे पनि, भ्रष्टाचार गरे पनि वा जुुनसुुकै अनैतिक काम गरेपनि सबै कामहरु महान काम अन्तरगत नै पर्छन् र जनताले यसलाई भित्री मनदेखिनै सम्मान गर्छन् भन्ने स्वघोषित महान नेताको सोचाइलाई सबैले सकारात्मक ढंगबाट लिइ दिएका छन्।
उनका सुुपुत्रले श्रीमतीको रुपमा भित्र्याएर केही महिलाहरुको उद्दार गर्नुको साथै मादक पदार्थको अत्यधिक खपत गरेर त्यस्ता उद्योगहरुको बिक्री बढाउने पुनित कार्यमा ठूलो योगदान पुर्याएको पाइयो र यही कारणले उनको सालिक बनाउनै पर्छ भनेर चाटुकारहरुद्वारा स्वघोषित महान नेताकहाँ धाइयो अनि यही सुकर्म गरेकोले निकै सुबिधा खाइयो भनेको सुन्दा जनता दंग परेका छन्।
यो सालिक स्थापनाबाट बहुबिबाह गरेका र रक्सी सेवनमा अति आनन्द लिनेहरुलाई स्वघोषित महान नेताले सारै राम्रो तरिका अपनाएर प्रोत्साहित गरेको हुनाले सबै थरिका ब्यभिचारिहरु उत्साहित भएका छन् भन्ने सुन्दा जनताले आनन्द मानेका छन्। यस्तै हुने बिरुवाको चिल्लो प्याड हुुने सिलसिलामा उपराष्ट्र प्रधानका सुपुत्रको पनि प्रशस्त नाम सुनिन्छ।
उनले पनि बाबुको नाम बिकाउने र आफ्नो कमिशनको जालो टिकाउने कार्य लामो समयदेखि गर्दै आएको सुसमाचार जनताले सुन्दै आएको निकै लामो समय भइसकेको हुनाले सुन्नेहरु खुसी छन्।
यसैगरि सभामुख हुँदा आफ्नै अन्तरंग प्रिय कर्मचारिको डेरामा गएर रमाइलो गर्दा कुरा बिग्रिएर कानुनको घेरामा परेर पद प्रतिष्ठा सबै गुमाएर अलपत्र परेपनि कुनै लाजै नमानी फेरि त्यहि संसदमा सक्रिय भएका खाओवादी कामरेडका सुपुत्र पनि यही कमिसनको पेसामा सक्रिय रुपमा संलग्न भएर सबै किसिमका कमाइमा रमाइ रहेका छन् भन्ने सुन्दा जनता खुसी नहुने कुरै हुँदैन। सरकारमा पटक पटक मन्त्री भएर जताततै कमिसनको मादल बजाउने बादल नामक कामरेडका सुपुत्रको पनि राष्ट्रिय कमिसन दलालको रुपमा नाम सुन्न पाउँदा सबैजना आनन्दित छन्।
बालकोटे कामरेड बाका प्रिय लकिरका फकिर उपनामधारी पूर्व रक्षामन्त्रीका सुपुत्र त यति ओम्नी आदिसँग गाँसिएर र कमिसनको लागि मजाले टाँसिएर कोभिडका औषधि, भ्याक्सिन,अन्य उपकरणहरुका साथै सबै खाले कमिसनको जालोमा अड्किने र छोटै समयमा आर्थिक रुपमा सड्किने मध्येमा पर्छन् रे भनेको सुन्दा उनलाई भोट दिने मतदाताहरु धेरै नै खुसी छन्। एकजना पूर्ब प्रधान न्यायमूर्तिकी होनहार छोरी योग्यता नै नपुगी उच्च अदालतको न्यायमूर्ति भएर जागिर खाइरहेकोमा अज्ञानी न्याय परिषदले बर्खास्त गर्यो रे भनेको सुन्दा यस्ता हुने बिरुवाहरु जताततै रहेछन् भनेर बुझ्न पर्छ।
कृषि प्रधान देशमा अन्नपात खेती गरेर कुनै काम छैन भनेर सर्प खेतीको लागि सरकारबाट सत्तरी करोड लिएर पचाउने र कोटेश्वरे कामरेडको दलको सम्मानित नेताको हैसियतलाई सदुपयोग गरेर आफ्ना सुपुत्रको कमिशन खेतीलाई बचाउने पूर्वसरकार प्रधान समेत भइसकेका इलामे कामरेडले आफ्नो हुने बिरुवालार्ई राम्रो मलजल गरेको कार्य अति राम्रो मध्ये एउटा हो भन्न सकिन्छ। यी त थोरै उदाहरण मात्रै हुन सक्छन्।
यस्ता आफ्ना सुपुत्र सुपुत्रीहरुलाई कमिशन खाएर जिबिका चलाउने र भविष्यमा आफू जस्तै सक्षम शिर्ष नेताको तहमा पुग्ने गरि फुल्ने फलाउने कार्यमा यहाँ उल्लेख गरिएका केही उदाहरणहरु भन्दा ज्यादै धेरै नेताहरुका सन्तानहरु लागेका छन् भन्ने सबलार्ई थाहा छ।
अब ठूलादेखि सानासम्मका नेताका सन्तानहरुले कुनै काम नगरिकन बसिबसी अकुत कमाउने र भबिष्यमा यसैबाट रमाउने अनि यसलार्ई प्रयोग गरेर दलमा आफ्नो अधिकार जमाउने कामलाई निरन्तरता दिएकोमा नेताहरु त खुसी हुने भइ नै हाले जनतापनि ज्यादै खुसी छन्।
अबको केही समय पछि देशमा सबै कमिसन खोरहरु, बिचौलियाहरु, भ्रष्टाचार गर्न गराउन सक्नेहरु, जनताको नाम लिएर करको दर मात्रै होइन सबै निमय कानुनहरु नै परिबर्तन गरेर आफूखुसी सबै नाजायज कामहरु गरेर मनग्गे फाइदा उठाउन सक्ने नेताका सन्तानहरु हरेक दलहरुमा अनगिन्ती संख्यामा उत्पादन हुँदै जानेमा कुनै शंका छैन।
निकट भबिष्यमै यस्ता होनहार बिरुवाहरु उत्पादन भएर सेनिटरि प्याड लगायत सबै चिजको कमिशनको जालो यिनीहरुकै हातमा आउने र जनताले प्राणमात्रै धान्न अलिअलि खानेकुरा पातमा पाउने निश्चित भएकोले हुने बिरुवाको चिल्लो पात भन्ने पुरानो उखानलाई समयको माग अनुसार दुखको साथ परिमार्जन गरेर हुने बिरुवाको चिल्लो प्याड बनाउन ढिला गर्न हुँदै हुँदैन।
Facebook Comment