कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु
![कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु](https://www.dcnepal.com/wp-content/uploads/2022/07/293214863_563026221893216_2839179330254998818_n.jpg.jpg)
भक्तपुर। कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो ।
च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम छ ।
सहभागीहरूमध्ये नगरकोटसम्म सबै गएका थिए । त्यहाँंबाट तीन छुट्टाछुट्टै रुट पक्रने छन् । नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूट तयार गरिएको छ । सोहीअनुसार उनीहरु छुट्टिएका हुन् ।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग संकलन गरी कोष स्थापना गर्न कार्यक्रम गरेको आयोजकको भनाइ छ । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य छ।
Facebook Comment