दुबईमा नेपालीलाई झुमाउँदै प्रकाश, भोलि ‘गोर्खा साँझ’ हुँदै

डिसी नेपाल
३२ असार २०७९ २०:०७

काठमाडौं । पछिल्लो समय ‘ब्याक टु ब्याक’ हिट गीत दिईरहेका सर्जक एवं गायक प्रकाश दूतराजले भोलि दुबईमा सांगीतिक प्रस्तुती दिँदैछन् । त्यसका लागि उनी शनिबार दुबई पुगिसकेका छन् ।

दुबईमा रहेर अप्ठयारो, अलपत्र परेका नेपालीहरुलाई सहयोग एवं उद्धार गर्नुका साथै त्यहाँ अलपत्र परेका शवको उद्धार गर्ने उद्धेश्यले आयोजना गरिएको ‘गोर्खा साँझ’का लागि प्रकाश दुबई पुगेका हुन् ।

दुबईको बरदुबईस्थित एस्टोरिया होटल, याक एण्ड यति एभरेष्ट क्लवमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि नेपालबाट गायक एवं सर्जक प्रकाशका साथमा चर्चित गायिका प्रिति आले, चर्चित गायक बादल थापा र चर्चित मोडल करिष्मा ढकाल दुबई पुगेका छन् । कार्यक्रम संयोजक भीम मल्लले दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुने जानकारी दिए ।

कार्यक्रममा आफूले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने प्रकाशले बताए । प्रीति र बादलले पनि आफ्ना चर्चित गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछन् । मोडल करिश्माले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गर्नेछिन् ।

‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माईली’हुँदै अहिले ‘मन भुल्छ’बोलको गीतबाट स्रोता दर्शकको मन जितेका प्रकाशले कार्यक्रमलाई लिएर उत्साहित रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *