स्कटल्याण्डसँग भिड्दै नेपाल

डिसी नेपाल
१ साउन २०७९ ११:०२

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्प्रर्धा गर्दैछ।सिरिजको अन्तिम खेलमा नेपालले र स्कटल्याण्डबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

आज घरेलु टोलीविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । स्कटल्याण्ड भने अघिल्लो खेलको बदला लिन चाहन्छ। यस अघिको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *