बाबर आजमको ट्वीटको विराट कोहलीले यसरी दिए जवाफ
काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले विराट कोहलीसँगको फोटो सेयर गर्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘यो समय पनि बित्नेछ । बलियो रहनुहोस्।” बाबर आजमको यो ट्विटको निकै चर्चा भएको थियो ।
अब भारतीय टिमका पूर्व कप्तान विराट कोहलीले ट्वीटरमा यसको जवाफ दिएका छन् । विराट कोहलीले टिप्पणी गरेका छन्, “धन्यवाद। यसरी चम्किरहनुहोस् र बढ्दै जानुहोस्। म तपाईंलाई शुभकामना दिन्छु।”
यसअघि पाकिस्तान क्रिकेट टोलीका पूर्व खेलाडी शाहिद अफ्रिदीले बाबरको ट्विटमा प्रतिक्रिया दिँदै बाबरको व्यवहार अतुलनीय रहेको तर विराट कोहलीले उनको ट्वीटको जवाफ दिनुपर्ने बताएका थिए ।
एक अन्तर्वार्ताका क्रममा शाहिद अफ्रिदीले भनेका थिए, “क्रिकेट होस् वा अन्य खेल, उनीहरूले सम्बन्धलाई मजबुत बनाउँछन्। यस सन्दर्भमा, खेलाडीहरूले राजनीतिज्ञहरू भन्दा राम्रो काम गर्न सक्छन्।”
विराट कोहलीको जवाफको पनि अहिले चर्चा भइरहेको छ । खेलकुद पत्रकार नौमान नियाजले लेखेका छन्, ‘एउटा च्याम्पियनले अर्को च्याम्पियनलाई दिएको जवाफ… यो क्रिकेटभन्दा पनि ठूलो कुरा हो ।
आजको युगमा बाबर आजमको तुलना विराट कोहलीसँग गरिन्छ, जसको कीर्तिमान अहिले आजमले तोडिरहेका छन् । सन् २०१९ मा, जब एक पत्रकारले बाबरको तुलना विराट कोहलीसँग गरेका थिए, बाबर आजमले भनेका थिए, “यो तुलना ठीक होइन, म सानो खेलाडी हुँ जबकि कोहली लिजेन्ड हुन्।”
३३ वर्षीय कोहलीले यो अवधिमा १७ टेस्ट, २१ एकदिवसीय, २५ टी-२० र ३७ आईपीएल खेल सहित १०० भन्दा बढी इनिङ्स खेलेका छन् जसमा उनले शतक बनाउन सकेनन्।
Facebook Comment