साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन्। नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो।
गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी साबित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्नेछिन्।
सन् २०२० सिजन साबित्राले गोकुलमबाट लिग उपाधी जितेकी थिइन् । त्यस अघि साबित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधी जितेको थियो।
प्रतिक्रिया
Facebook Comment