एचडीएनपीको सहयोगले बिद्यार्थीले शिक्षामा कोल्टो फेर्दै

सप्तरी। एचडीएनपी अन्तर्राष्ट्रिय संस्थाले सप्तरीको विष्णुपुर गाउँ पालिकाको वडा नं ६ का ५ जना मुसहर बालबालिकालाई शिक्षाको लागि सहयोग गर्न थालेपछि उनीहरूले शिक्षामा कोल्टो फेर्न थालेका छन्।
सप्तरीका पत्रकार सुधा देवले स्थलगत रिपोर्टिङ गरेर मुसर समुदायको चौतर्फी बाधक रक्सी बिषयमा गरेको स्टोरी डिसी नेपालमा छापिएको थियो। उक्त स्टोरी पढेर एचडीएनपी इन्टरनेशनल संस्थाका अध्यक्ष देवी डेविट आचार्यले उक्त बस्तीका मुसहर बालबालिकाकाको समस्यालाई गम्भीर रूपमा लिएर नेपाल आई करिब १ सय जना बालबालिका मध्ये ५ जनालाई संस्था मार्लत पढाउने जिम्मा लिएकी छन्।
उक्त गाउँपालिकाका ५ जना बालबालिकालाई कक्षा १० सम्म पढाई दिने भएपछि उनीहरू भविष्य सुनौलो हुनेमा आशा पलाएको सोही वडाका निवर्तमान अध्यक्ष बहादुर सदाले बताए।
उनले भने, ´पढाइका लागि सहयोग पाएकाहरूलाई पढौं भन्ने भित्रैबाट चाहना आएको छ। उनीहरू नियमित बिद्यालय गएर पढ्दछन्।’
शिक्षामा एकदमै पछि परेका यो वडाका बालबालिका अहिलेपनि चेतना र आर्थिक अभावका कारण शिक्षाबाट बन्चित रहेकोले बालबालिकाहरू बालविवाहको जोखिममा रहेको स्थानीय ६० वर्षीया रूको सदाले बताइन्।
उनले भनिन, ´ यस्ता सहयोगी हातहरूको यहाँको बालबालिका को शिक्षाको लागि एकदमै आवश्यक छ। गाउँपालिकाका मुसहर समुदायका बालबालिकाहरु चेतनाको अभाव र गरिबीका कारण उनीहरू शिक्षाको पहुँचबाट बन्चित रहेका थिए। जस मध्ये ४ जना बालिका र १ जना बालक रहेका छन्।’
उनले स्थानीय बद्री सदाका कक्षा ५ मा अध्ययनरत छोरी कमली सदा, बुद्धिलाल सदाको कक्षा ७ मा अध्ययनरत छोरा राजु सदा, मंगलु सदाकी कक्षा ३ मा अध्ययनरत छोरी बिभा सदा, मिश्रिलाल सदाकी कक्षा पाँचमा अध्ययनरत छोरी प्रमिला सदा, हरेराम सदाकी कक्षा ३ मा अध्ययनरत छोरी सुसिता कुमारी सदालाई पढाउने जिम्मा लिएको अध्यक्ष आचार्यले बताए। तत्काल उनीहरूलाई अभ्यासपुस्तिका कलम लगायत शैक्षिक सामाग्रीका लागि ३/३ हजारको दरले १५ हजार वितरण गरिएको आचार्यले बताए।
सहयोग पाएका कमली सदाले सानो रकम पाएपनि हामी लाई शिक्षा आर्जन गर्न एकदमै सहयोग भएपनि आर्थिक अभावका कारण क्यौ बालवालिका शिक्षाबाट बन्चित छन्।
आचार्य र उनका परम भित्र कमल शर्माको १००/१०० डलरको सहयोगमा ३ सय मुसहरले सामुहिक रूपमा एक छाक खानासमेत खुवाइएको थियो।
Facebook Comment