रावाबेँसीमा घट्याे विद्युत महसुल
खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिकामा सामुदायिक विद्युत वितरण केन्द्रमार्फत सञ्चालित विद्युतको मासिक महसुल घटाएको छ। केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो।
सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ साउनदेखि लागु हुनेगरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो।
केन्द्रबाट रावाबेँसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुबेकोल तथा ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत उपभोग गर्दैआएका छन्। सामुदायिक विद्युत वितरण केन्द्रलाई छाडेर नेपाल विद्युत प्राधिकरण अन्तरगतको विद्युत उपयोग गर्न चाहने ग्राहकलाई सबै उपभोक्ताको हस्ताक्षर र सम्वन्धित वडाको सिफारिसका आधारमा नियमानुसार सिफारिस दिइने अध्यक्ष निरौलाले बताए।
Facebook Comment