युनाइटेडको तेस्रो जित
![युनाइटेडको तेस्रो जित](https://www.dcnepal.com/wp-content/uploads/2022/07/LIverpool_216ZneiHlm.jpg)
काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ। मेलबर्नमा मंगलबार युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे ।
क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए।
प्रि सिजन टुरमा अष्ट्रेलिया रहेको युनाईटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाईटेडले लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो।
प्रतिक्रिया
Facebook Comment