ऐयासी शासनसत्ताको पतन र परिवर्तित शासनसत्ताको आगमन
संसारको इतिहासका पानाहरु पल्टाउने हो भने ऐयासी शासनसत्तामा रहेका र बसेकाहरु सयौंको तख्ता पलट र पतन भई देशमा नयाँ परिवर्तनको बिहानीको घामको झुल्को उदाएको देखिन्छ।
भनिन्छ, अन्याय थोरै सहन योग्य छ तर अन्यायमाथि अन्यायको मार र भार सहेर सधैं सत्ता र शासकलाइ उचालिराख्न भने सकिन्न। किनकि शासकको त्यो ऐयासी जीवन र सत्तालाई एकदिन जनताले हुत्याइ पाखा लगाइदिनेछन्। यो निर्विकल्प छ। केवल समयले यसलाई पर्खिबसेको छ, जसरी मृत्युले मानिसहरुलाई पर्खेर बसिरहेको हुन्छ।
ब्रिटेनको विश्व साम्राज्य पनि उसको अहम र ऐयासी जीवनको खातिर पतन भएरै छोड्यो। कहिल्यै पनि घाम नअस्ताउने देश आज झिमिक्क गर्दा सारा लन्डनबासी मस्त निद्रामा सुत्न बाध्य छन्केवल एक देश ब्रिटेनको आकाशमा।
रोमन साम्राज्य पनि पतन भै सिर्फ रोममै सीमित रहनु पर्याे। किनकि रोममा त्यसताका रोम जलेका बेला राजा निरोले बाँसुरी बजाई ऐयासी राजसत्ता सम्हालेका थिए । त्यस्तै स्पेनको साढे सातसय बर्षको मुगल साम्राज्यको पतन पनि कम ऐयासी राजसत्ताको दुरुपयोगको बिषय थिएन।
आफ्नो हैसियत नाघी कसैलाई नटेरी आफ्नो एक बुद्धिले मात्र सत्ता चलाई मोजमस्ती गर्नेहरुको बाटो अन्तत पतन नै हो। भारतमा २०० बर्ष राजगरी आखिर ब्रिटिश सरकार देश छोडी भाग्नु परेको पनि यही हुकुमीतन्त्र र ऐयासी जीवन शासनको परिणाम नै हो।
त्यस्तै प्रख्यात सोभियत संघका राजा पिटर द ग्रेटको पतन भई शासन सत्ता स्टालिन, लेनिन र ब्रेज्नेभको हातमा पर्नु भनेको पनि ऐयासी शासन सत्ताको अर्को उपज हो। इरानका राजा रेजा पहल्बीको पतन पनि यस्तै ऐयासी जीवन प्रणालीको परिणाम हो जसको पतनबाट देशमा इस्लामिक गणतन्त्रको पुनार्गठन भयो।
महारानी ऐश्वर्यको दम्भ र ऐयासी जीबन, पारिवारिक कलह र विवेकको दुरुपयोग भएको कारण र प्रवृत्तिले गर्दा अन्तत देशको राजशाही वंशकों नै समूल अन्त हुन पुग्यो र नेपालको राजनीति अस्थिर रहन गई अन्तत शाह बंशको सत्ता शासन नै अन्त भै देशमा फेरि गणतन्त्रको नयाँ आयाम सुरु हुन पुग्यो।
यसै क्रममा इराकका राष्ट्रपति सद्दाम हुसेनको पतन पनि यस्तै ऐयासी जीवनको परिणाम स्वरूप अत्यन्त दुखद अबस्थामा झुन्ड्याई मारिएको थियो। जसले आफ्नो देशको जनताहरुलाई भ्रममा पारी आफूचाहिँ सुनको धाराबाट पानि पिउने गर्दथे ।
अर्का ऐयासी रास्ट्रपति कर्णाल कद्दाफीको अहम र ऐयासी जीवनले सीमा नाघेकोले त्यसको परिणाम स्वरूप समयको लामो अन्तराल पछि जनतामा बिद्रोहको भावना उर्लिएर आए पश्चात उनलाई बहुतै निर्ममताका साथ हत्या गरी सडमा फाली नयाँ शासनको सुरुवात भयो।
त्यस्तै देशको अकुत सम्पत्ति आफ्नो कब्जामा राखेकाले फिलिपिन्सका रास्ट्रपति उनी र उनका श्रीमती मार्कोसले देशबाट कसरी निस्काशित हुनु पर्याे ? यो इतिहास आज जीवन्त नै छ। त्यस्तै अफगानिस्तानका जाहीर शाह र घानीको अति चरमपन्थी र ऐयासी राजशासनको पतन भई देश छोडी भागी जानुपर्ने बाध्यता आइपर्याे।
हिजोको इतिहास आज दुनियाको सामुन्ने जीवन्त भइरहेको छ। पाकिस्तानका प्रथम प्रधानमन्त्री मोहम्मद अली जिन्ना पछि आएका अयुब खान, राष्ट्रपति जनरल जिया उल हक र परवेज मुशर्रफको राजनैतिक अहमता र षड्यन्त्रले कसरी हत्याको पासोमा बाँधिन पुगी मुसर्रफ आज कस्तो अवस्थामा गुज्रिरहेका छन्, यो कुरा सबैले मनन गरेकै हुनु पर्दछ।
यसरी नै हत्याको श्रृंखलामा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको र राजीव गान्धीको कसरी हत्या हुन पुग्यो ? त्यो पनि एक अविष्मरणीय पतनकै श्रृंखला हो। यस्ता ऐयासी शासनशैली र अहमताले संसारमा अरु धेरैको पतन, हत्या र हिंसा नभएको होइन।
हिमालबाट धेरै पानी बगिसकेको छ। हिजोको संसार आज छैन। झनझन् जटिल बन्दै गइरहेको छ। ध्रुवीकरण र बहुधु्रवीकरणको संघारमा तड्पिरहेको छ। तसर्थ आजको जस्तो संसार पनि भोलि रहदैन। यो परिबर्तित संसारमा सबै कुराको एक न एक समय नाश र पतन हुने नै हो। आज हेर्दा हेर्दै भारतले सिक्किम खाएको छ भने चीनले तिब्बत आफ्नो कब्जामा लिएको छ।
त्यस्तै रुसले आफ्नो गुमेको भूभाग मध्ये क्रिमिया शहर आफ्नो कब्जामा लिइ हाल युक्रेनलाई पुनः आफ्नो कब्जामा लिन खोजिरहेको छ। त्यतिलेमात्र नपुगी आफूले क्रिमियाको लडाइँमा आर्थिक अभावको कारणले साढे सातसय मिललियन डलरमा अमेरिकालाई बेचेको हाल अमेरिकाको उनान्पचासौं राज्य आलास्कालाई पुनः आफ्नो अधिनमा लिन भित्रभित्रै ठुलो षडयन्त्र रची अमेरिकालाई सधैं युद्धको तैयारीमा रहन आदेश दिइरहेको छ।
यसैगरी एक जमानामा श्रीलंका अत्यन्त उन्नत दर्जामा रहेर बसेको देश आज ऐयासीकै कारण राष्ट्रपति राजापाक्षे जनताको चंगुलमा परी करोडौं सम्पत्ति बोकी माल्दिभ्स हुँदै सिंगपुरमा शरण लिन बाध्य भएका छन्। यो सबै ऐयासी राजशासन सत्ताको चरम उत्सर्गको परिणाम नै हो। यसमा कसैको पनि दुइमत रहँदैन। नेपाल पनि यसमा अछुतो रहन सकेन।
१०४ बर्षको राणाशासन पनि ऐयासीकै कारण पतन हुन पुग्यो। २००७ सालमा आएको प्रजातन्त्र पनि भारतीय सरकारको पिछलग्गु भएको कारण २०१७ सालमा यसको पतन भयो। यसबाट पंचायती व्यबस्थाको आगमन भयो। सत्ता निरंकुश बन्दै गए उप्रान्त परिवर्तन हुँदै गयो ्र २०५८ सालमा शाह बंशको समूल नष्ट भयो।
भनिन्छ, महारानी ऐश्वर्यको दम्भ र ऐयासी जीबन, पारिवारिक कलह र विवेकको दुरुपयोग भएको कारण र प्रवृत्तिले गर्दा अन्तत देशको राजशाही वंशकों नै समूल अन्त हुन पुग्यो र नेपालको राजनीति अस्थिर रहन गई अन्तत शाह बंशको सत्ता शासन नै अन्त भै देशमा फेरि गणतन्त्रको नयाँ आयाम सुरु हुन पुग्यो।
देशमा गणतन्त्र आएको पनि तीस बर्ष बितिसक्यो। परिवर्तित नेपालका नेताहरु सबैजसोले देश हाँक्ने अवसर पाइसकेका छन्। तर यत्रो बर्षको लामो जनताको शासनमा पनि देशले आफ्नो बास्तबिक मुहार फेर्न नसकी नेपालको राजनैतिक, आर्थिक, धार्मिक र सामाजिक रुपरेखा अत्यन्त नाजुक अबस्थामा गुज्रिरहेको देशका सम्पूर्ण सचेत नागरिकहरुलाई पूर्णतया ज्ञात छ।
नेताहरु आफ्नो साधारण हैसियतलाई उछिनी अनेकौं काण्ड, घोटाला गरी रातारात अरबौंपति बनेका छन्। सोझासाझा नेपाली युबा युवतीहरु र तिनीहरुको ऊर्जालाई धमाधम विदेशमा पलायन गराई, बिदेशमा काम गराउन बाध्य बनाउँदै देशका नेताहरु र सत्ताधारीहरु भने दुई, तीन र चार करोडको गाडी चढी आफूलाई, छोरालाई, श्रीमतीलाई र आसेपासेलाई छुट्टा छुट्टै गाडी सुबिधा लिई सयौं ढोके अघिपछी लगाई करोडौको महलमा बसी सत्ता शासनमा सदियौंदेखि चुर्लुम्म डुबेका छन्।
तर देशमा राजनीति र अर्थनीति डुबिसकेको भने अत्तोपत्तो छैन। देशको सम्पूर्ण अर्थतन्त्रको श्रोतबाट चुसी आफ्नो मौलाएको ऐयासी जीबन र परिवारमा भएको उदेक लाग्दो र आश्चर्यको उन्नति र ऐयासी जिबनमा नै उनीहरु मस्त छन्।
आज देशको विकास र उन्नतिको चासो भुइँमान्छेलाई बाहेक कसैलाई पनि छैन। विदेशको बुइ चढी आफूलाई सधैं अबोध जनाउने र संसारको अगाडि स्वाभिमानी भै आत्मनिर्भर बनी गर्वका साथ आफूलाई, नेपाललाई र नेपाली जनताहरुलाई उभ्याउन सक्ने तागत यी नेताहरुमा पटक्कै देखिँदैन। यो सबै ऐयासी जीवनशैलीको उपज हो।
आफ्नो बुद्धि र विवेकको अदूरदर्शिता हो। दलहरुको ऐयासी पारा र लम्पसारबादी र अलोकतान्त्रिक प्रवृत्तिले आज सानो देशमा अनेकौं ठूला रास्ट्रहरु भारत, चीन, अमेरिका, रुस र युरोपियन देशहरुको बाक्लो उपस्थिति भैसकेको छ।
यस्तो अबस्थामा पनि देश हाक्ने नेताहरु र सत्तासीनहरुले ऐयासी जीबनमा नै आफूलाई समर्पित गरी जीबनमा फेर बदल नल्याउने हो भने एकदिन त्यो समय उनीहरुमा पनि अबश्य आइ पतन हुने र देशमा नयाँ शिराको राजनैतिक, आर्थिक र धार्मिक परिबर्तन हुने पक्का छ। जसरी संसारमा ऐयासी जीबन बिताई सत्ता चलाउनेहरुको समयान्तर पतन भै देश पुनः रुपान्तरमा आएको सैयौं उदाहरणहरु आँखा अगाडि विद्यमान छन्।
Facebook Comment