टि-२० अन्तर्राष्ट्रिय करियरकै पहिलो ओभरमै ह्याट्रिक

डिसी नेपाल
५ साउन २०७९ १६:३१

काठमाडौं । न्यूजिल्याण्डका बलर माइकल ब्रेसवेलले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । ब्रेसवेलले टी-२० करियरको पहिलो ओभरमै ह्याट्रिक लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा यस्तो गर्ने पहिलो बलर बनेका छन् ।

ब्रेसवेलले २ टी–२० खेलेका छन् तर उनले आयरल्याण्डविरुद्धको दोस्रो टी–२० खेलमा बलिङ गरेका थिए । उनले ५ बलमा ५ रन दिएर ३ विकेट लिए । आयरल्याण्डको टोली सोही ओभरमा अलआउट भयो।

आयरल्याण्ड भ्रमणमा गएको न्युजिल्याण्डले ३ टी–२० खेलको सिरिजमा २ खेल जितेको छ । दोस्रो टी–२० मा न्युजिल्याण्डले आयरल्याण्डलाई १७९ रनको लक्ष्य दिएको थियो । आयरल्याण्ड ९१ रनमा अलआउट भयो।

माइकल ब्रेसवेलले ओडिआई सिरिजमा आफ्नो ब्याटबाट राम्रो खेल देखाएका छन् । उनले पहिलो खेलमा अविजित १२७* रनको इनिङ खेलेका थिए। उनले अन्तिम तथा ५० औं ओभरमा ५ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । जबकि टोलीलाई जितका लागि २० रन आवश्यक थियो। यो एकदिवसीय क्रिकेटको अन्तिम ओभरमा सबैभन्दा ठूलो रन चेज हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *