छिमेक नीति र जनताका मनका कुरा
मर्यादा र मान खोजेर पाइँदैन। स्वार्थमा दिइने मर्यादा र मान स्वार्थ पूरा भएपछि त्यसको शेष शून्य हुन्छ। अमेरीकाले आर्थिक प्रतिबन्ध लगाउने भयो भन्दै हिजोका एमसीसी विरोधीहरु संसदबाट पास गर्दा जनताको आँखामा छारो हाल्न व्याख्यात्मक टिप्पणी गर्दै पास गरे। संसदमा पहिले पेश गर्नेहरु अनुपस्थितिको नाटक गरे।
राष्ट्रवादी अर्थविद्ध र गर्भनर महाप्रसादलाई मात्र चिन्ता छ, नेपाल श्रीलंका बन्छ कि भन्ने डर छ, आर्थिक गतिविधि हेर्दा। दलको नेताहरु र दलहरलाई सिंगापुर भैसकेको छ भन्ने भ्रम छ। कुन स्तरको नेता कहाँ जाँदा हुन मर्यादाले जानुपर्छ त्यो नेता र पार्टीले जान्ने कुरा हो।
इन्डो अमेरीकन नीति भित्र रमाउदै तथानामी भ्रमण गर्दा अपमान नभए के हुन्छ भन्नेहरुको पनि टिप्पणी छ। नेपाली वामपन्थीको एकता नेपाली वामपन्थीहरुलाई मात्र भन्दा चीनलाई ज्यादै चासो छ।
छिमेकी देशको विदेशमन्त्री वा सो सरहको व्यक्ति आउँदा होटल होटलमा पूर्व प्रधानमन्त्रीहरुको लस्कर गै भेटेर जयजयकार गरेको इतिहास हिजो थियो, आज छ, भोलि पनि यिनै अनुहार रहे कायम रहन्छ।
नेपालको सन्दर्भमा अमेरीकाको चासो चीन र भारत छ भने भारतको चासो जल, जमिन, जंगल र स्थानीय तराइवासी नभै ज्वाइ तराईवासीको चिन्ता छ। चीनको अमेरीका नपरोस्, एक चीन नीति लिओस्, तिब्बतमा कुनै वितण्डा नहोस्, समाजवादी साहु हुन सधैं पाउनको लागि नेपालमा सिल्क रोड खोज्दैछ।
चीनसँग चीन ठिक, भारतसँग भारत ठीक, अमेरीकीसँग गए अमेरिकी ठिक बाँकी दाम जसले दिन्छ त्यसको जयजयकार गर्ने नेतृत्व मण्डलीको उनीहरुको आचरण अनुभवको व्यवहारवादी परराष्ट्र नीति फलेको फुलेको छ र मारमा देश परेको छ। प्रचण्डको हालसालै भारत भ्रमणमा नरेन्द्र मोदीले भेट नदिएको घटना बाहिर आएका छन्।
अघिल्लो दिन चिनियाँसँग भेट्ने भोलि पल्ट भारत जाने पार्टीगत सम्बन्धको नाममा देख्दा लाग्छ भारतको लागि अहिले प्रचण्डको औकात जे पी नड्डासँग भेट्न र राति सुत्ने वेलाको लुगा पहिरनमा जयशंकरले सुटेड वुटेड प्रचण्डलाई भेटने हो।
हिजोको तालिम प्राप्त आफ्नो कमानको कप्तानको रुपमा बुझेको हुनुपर्छ भारतले भन्नेहरु पनि छन्। आफ्नो देश भित्र छिमेकीको चलखेल रोक्न नभै निर्वाचनमा सद्भावको खोजीमा जाँदाको गाइको सट्टा ११ रुपैयाँको गौदान जस्तै हो। सिक्किम विलय नभएसम्म सान सौकत दिँदै मानमर्यादा दिएका तत्कालीन सिक्किमका प्रधानमन्त्री लेण्डुप दोर्जे लेजुन सम्मान पाएका थिए विलय पछि २ वर्ष नपुग्दै इन्दिरा गान्धीले भेटै दिइनन्।
सिक्किम विलय नभएसम्म सान सौकत दिँदै मानमर्यादा दिएका तत्कालीन सिक्किमका प्रधानमन्त्री लेण्डुप दोर्जे लेजुन सम्मान पाएका थिए विलय पछि २ वर्ष नपुग्दै इन्दिरा गान्धीले भेटै दिइनन्।
नेहरुले पञ्चायत ल्याएका राजा महेन्द्र लाई मन्त्रणा गरे भन्ने जुन हल्ला थियो त्यसको पुष्टि भारतकै सहयोगमा राणा विरोधी क्रान्तिको अगुवा विपी कोइरालाले वि.सं. २०१७ पछाडी वाराणासीमा निर्वासन हुन मात्र पाए। सायद नेहरु बाँचिन्जेल २ पटक भन्दा व्यक्तिगत भेट हुनै पाएन। इन्दिरा गान्धीको असहयोग कै करण राष्ट्रिय मेलमिलापको सिद्धान्त आयो र विपी नेपाल आई जेलमा बसे।
एमालेको पाँचौ महाधिवेशनमा राष्ट्रवादी नेता मदन भण्डारीको महाकाली सन्धीको प्रखर विरोधीको रुपमा स्थापित नाम थियो। उनको नीति र विचारलाई समर्थन गरे वापत भारतका कम्यूनिष्ट हरिकृष्ण सुरजित सिंहबाट प्रज्ञा भवनमै सरल नेता मनमोहनलाई हप्काएको त्यतिखेर को पत्रपत्रिकामा हटन्यूज बनेको थियो।
उदयमान नेपालको नेता मदन भण्डारी माथि भारत बंगालको कम्युनिष्ट सरकारको मुख्य मन्त्री ज्योतिवसुको चिसो व्यवहार र दश मिनेट मात्र समय दिन्छु भनेर ज्योतिवसुले भनेको कुरा साक्षिहरुले लेखिरहेका छन्। २०६२–०६३ को जनआन्दोलनका सुप्रिम कमाण्डर गिरिजावावुलाई भारतमा जादा दक्षिण एसियाको महान नेता भनेर मनमोहन सिंहले भने तर उत्तरार्धमा भारतको व्यवहार उनी प्रति जगजाहेर नै छ ।
पार्टीले भारतीय राजदूत के.वि. राजनलाई विदाइ गर्ने कोही पनि नजाने भनेर निर्णय गर्यो एमाले पार्टीेले। तर द्वारिका होटलमा भएको विदाइ भोजमा पुर्वगृहमन्त्री र महान् नेताकी पत्नी गएको तथ्य जगजाहेर नै छ । स्वाभिमानले स्वाभीमानमा वाँच्न जान्नु पर्छ।
केपी ओलीको संसद विघटन विरुद्ध भारतको समर्थन खोज्ने शिर्ष नेतृत्व पनि नेपाल मै छ। केपी ओलीको सो कदम लोकतन्त्र विरुद्ध नै थियो भनेर अदालतले बोलि सक्यो। तर भारतसँग कुनै याचनाको भिख माग्नु कित निन्दनीय छ त्यो इतिहासले मूल्यांकन गर्ला।
वालुवाटारमा सधै भेट हुने आरजु देउवासँग प्रचण्ड किन भेट्न पुगे? दिल्लीमा स्वास्थ्य उपचारमा गएकी आरजुसँग सिघ्र स्वास्थ्य लाभ सम्बन्धी शुभकामना दिन गएका हुन् भने त्यो कतै बाट पनि पुष्टि भएन। होली वाइनको नाममा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गराउन सजिलो हुन्छ भन्ने कोटरीको गुरुमन्त्रणा अनुसार सोल्टी होटलमै तत्कालीन प्रधानमन्त्रीको ३ दिने वास र पूर्व प्रधानमन्त्रीको जुँगाको ताउ पनि नेपाली जनताले देखेकै छन्।
भूगोलको बनोटले हामी छिमेकीबाट अलग हुनै सक्तैनौं। आर्थिक समाजिक, साँस्कृतिक सम्बन्ध एक अर्कोमा गाँसिको छ। राजा वीरेन्द्रको हत्यारा मदन भण्डारीको हत्याको सत्य तथ्य वाहिर नआए पनि राष्ट्रिय स्वार्थ उनीहरुमा प्रवल भएकै कारणबाट हत्या भएको भन्ने बहुमत जनमतको मनमा घर गरेको छ।
मित्रता भित्र छलकपट स्वार्थ लुकेको छैन भने त्यो असल मित्रता हो। छलकपट र आ-आफ्ना राष्ट्रिय स्वार्थसँग प्राप्तिको लागि हुने षडयन्त्रलाई असल मित्र भन्न सकिँदैन। भूगोलको बनोटले हामी छिमेकी बाट अलग हुनै सक्तैनौं। आर्थिक समाजिक, साँस्कृतिक सम्बन्ध एक अर्कोमा गाँसिको छ।
राजा वीरेन्द्रको हत्यारा मदन भण्डारीको हत्याको सत्य तथ्य वाहिर नआए पनि राष्ट्रिय स्वार्थ उनीहरुमा प्रवल भएकै कारणबाट हत्या भएको भन्ने बहुमत जनमतको मनमा घर गरेको छ। जेसुकै जुनसुकै विचारका हुन् नेपालका पूर्व प्रधानमन्त्रीहरु नेपाली हनु। नेपालीको अपमान हुदा नेपालकै अपमान सम्झिनु पर्छ।
काम चलुञ्जेल भाँडो नभए ठाँडो भन्ने उखान परम्परादेखि आजसम्मको कुटनीतिको मापदण्ड बनेको छ। वोरिसयाल्सिन अमेरीका सोभियत रुस टुक्रा भएपछि महामानव भए तर पुटिन राक्षस भएका छन् उनीहरुका नजरमा। राष्ट्रिय स्वार्थको टकराव नै यो चिन्तनको कारण हो।
बुद्धिष्टहरुका लागि नेपालको लुम्विनी जति प्रिय छ त्यति नै कुशिनगर, सारनाथ, बौद्धगया प्रिय छन्। भगवान पशुपतिनाथ, मुक्तिनाथ वैद्धिक सनातनी हिन्दुको लागि प्रिय छन् भने त्यतिकै भारतका बद्रीकेदार, जगन्नाथपुरी, द्वारिका, रामेश्वरम प्रिय छन्।
यो सम्बन्ध भनेको जनस्तरको साँस्कृतिक सम्बध हो। यो सम्बन्धमा राजनीतिको लागि खेतीपाती गरेपछी जस्ले धेरै दिन सक्छ उसले राजनीति मार्फत् नै नाफा घाटाको हिसावा गर्छन्। शेरबहादुर फलानो देशका नजिक, केपी नजिक, माधव नजिक, प्रचण्ड नजिक भनेर जे भनिन्छ ती राष्ट्रका आवश्यकता पर्दा तासको ट्रम कार्ड मात्र हुन् नत्र दुक्का मात्र हुन्। को कसबाट परिचालित थिए र छन् भन्ने विगतको इतिहास हेर्दा काफी नै हुन्छ।
शेरबहादुर फलानो देशका नजिक, केपी नजिक, माधव नजिक, प्रचण्ड नजिक भनेर जे भनिन्छ ती राष्ट्रका आवश्यकता पर्दा तासको ट्रम कार्ड मात्र हुन् नत्र दुक्का मात्र हुन्। को कसबाट परिचालित थिए र छन् भन्ने विगतको इतिहास हेर्दा काफी नै हुन्छ।
पत्रपत्रिकामा आए अनुसार मोदिले प्रचण्ड भेट्ने कार्यक्रम लगभग औपचारिक घोषणा नै थियो। तर अकस्मात भेट भएन। चिनियाँ कार्ड कहिले भारत कार्ड खेल्ने भएकोले या चूनावमा केपी ओली नचिडाउनको लागि मा तेस्रो दलको हैसियतको मापन होकी त्यो प्रचण्ड र प्रचण्डको दलले विश्लेषण गर्ने कुरा हो भेट नदिएको सन्दर्भमा।
मुखले नेपाली एयरपोर्टमा प्रचण्ड आएपछि पत्रकार सम्मेलनमा भ्रमण सफल रहेको भनि भनिसकेपछि खोतल्नु पर्ने विषय भएन। तर हल्ला मोदी भेट्न जाने कुरा भएकाले मोदी भेट्न गएका प्रचण्ड भेट्न नपाउने को त्यो वेग्लै पीडा होला।
हुन त नेपाली राजदूतले ३ महिनासम्म भेट्न नपाउने र बाह्रखम्वामा ओग्रपर वस्तुको पीडा हाम्रो परराष्ट्र नीति र व्यक्तिगत मगन्ते याचक स्वभावले काम गरेको हुनुपर्छ। हाम्रा चीनसँग राष्ट्रिय स्वार्थ के के हुन्, भारतसँग के के हुन, अन्य मुलुकसँग के के हुन्, उनिहरुको स्वार्थहरु के के हुन, स्पष्ट पहिचान गरी सर्वभौम क्षेत्रीय अखण्डता मा कुनै पनि खण्डित नहुने किसिमले खाका तयार नभएसम्म र राष्ट्रिय सहमतिमा परराष्ट्र नीति नवनेसम्म हुने घटना यस्तै हुन्।
चीन, अमेरीका, भारतको बारेमा तनदेखि मनसम्मले बोल्ने कुरामा नेताहरुको एकवोली हुँदैन तबसम्म नेताहरु विदेशीको वेलावेलमा ट्रम्पकार्ड नत्र तासको दुक्का नै हुने हुन्। प्रचण्डको अपमान भो गजव भो भन्नु पनि पर्दैन प्रचण्डको रिसले। सफल भएको भ्रमण भनि प्रचण्डले भनेकाले अब हाम्रो के हुन्छ भनेर कुनै गोयलहरुको पछाडी लाग्न पनि जरुरी छैनन्।
Facebook Comment