यस दिन भुलेर पनि बेलपत्र नटिप्नुहोस्, जान्नुहोस् शिवलिंगमा बेलपत्र चढाउने नियम

डिसी नेपाल
६ साउन २०७९ १०:०६

काठमाडौं । अहिले पवित्र साउन महिना चलिरहेको छ । यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्ने विधि छ । जलाभिषेक, रुद्राभिषेकसँगै भगवानलाई केही वस्तु अर्पण गर्नु शुभ मानिने जनविश्वास छ । यी मध्ये एक हो बेलपत्र।

धार्मिकविश्वास अनुसार यो महादेवका लागि निकै नै प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलपत्र अनिवार्य चाहिने गर्छ । बेलको पात चढाउँदा सबै प्रकारका संकटबाट मुक्ति मिल्ने जनविश्वास छ । यससँगै सुख समृद्धि पनि प्राप्त हुन्छ भनिन्छ ।

शिव पुराणमा शिवलिङ्गमा बेलपत्र चढाउने केही नियमहरू बताइएको छ । यिनको पालना गर्नाले पूजाको पूर्ण फल मिल्छ। बेलको पात चढाउँदा ध्यान दिनु पर्ने महत्त्वपूर्ण यस प्रकार रहेका छन् ।

यस दिन बेलको पात नतोड्नुहोस्: शिव पुराणका अनुसार भगवान शिवको पूजा गर्ने दिन बेलको पात तोड्नु हुँदैन। त्यसैले साउन सोमबार बेलको पात टिप्नुको सट्टा एक दिन अगाडि अर्थात आइतवार नै बेलको पात तोड्नु राम्रो हुन्छ । यसबाहेक महाशिवरात्रि, चतुर्दशीका दिन पनि बेलपत्र तोड्नु हुँदैन ।

शिवलिंगमा यस्ता बेलको पात चढाउनुपर्छ: भगवान शिवलाई प्रसन्न पार्न ५ वटा बेलको पात चढाउनु शुभ मानिन्छ । तर, यस्तो बेलपत्र पाउन अलि गाह्रो छ । त्यसैले ३ वटा पात भएको बेलपत्र पनि चढाउन सकिन्छ। यसले शुभ फल पनि दिनेछ।

शिवलिंगमा यस्तो बेलपत्र नचढाउनुहोस्: बेलपत्र छनोट गर्दा ध्यान दिनुहोस् कि यसमा कुनै प्रकारको दाग वा प्वाल भएको बेल पत्र भगवानलाई नचढाउनुहोस्। यस्तो बेलपत्रलाई दोषपूर्ण मानिन्छ। वज्र र चक्र बेलपत्र खण्डित भएको मानिन्छ ।

शिवलिङ्गमा कतिवटा बेल पात चढाउने: शिव पुराणका अनुसार तपाईसंग जति बेलका पातहरू छन् त्यती नै चढाउनु राम्रो मानिन्छ । शिवलाई ३ देखि ११ बेलको पात अर्पण गर्नु शुभ मानिन्छ । तर धेरै पातहरू भए अझ राम्रो हुने मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *