प्लाष्टिकको प्रयोगले बालबालिकाको स्मरणशक्ति बनाउँछ कमजोर, यस्ता छन् बच्ने उपायहरु
काठमाडौं । कार्बनयुक्त मनोमरहरूको पोलिमराइजेसन प्रक्रियाद्वारा निर्माण गरिएको कृत्रिम पदार्थहरूलाई प्लास्टिक भनिन्छ । जब ११५ वर्ष पहिले प्लास्टिकको आविष्कार भयो, यसलाई दुर्लभ चीज मानिन्थ्यो। यस्तो सिंथेटिक पोलिमर जुन यसको गुणस्तरको कारण वर्षौंसम्म रहन्छ।
सस्तो, सुन्दर, टिकाउ भएकाले घर, अफिस र बजार सबै ठाउँमा प्लाष्टिक पुगेको छ । आज, प्लास्टिक मुद्रादेखि दैनिक प्रयोग सबै चीजमा प्रयोग गर्ने गरिन्छ। वर्ल्ड इकोनोमिक फोरमका अनुसार विगत ५० वर्षमा प्लास्टिकको प्रयोग २० गुणा बढेको छ ।
पहिला पहिला बिहे भोजमा पनि मानिसहरु प्राकृतिक रुखका पातहरुबाट बनेको दुना टपरीको प्रयोग गर्दथे । तर आजकाल यी समारोहमा पानी पिउनेदेखि खाना खाने सम्ममा प्लास्टिकका सामान प्रयोग गरिन्छ । यसले बालबालिकाको स्मरणशक्ति पनि कमजोर बनाउँदै लगेको छ । बिस्फेनोल–ए ले शरीरमा हर्मोन बनाउने प्रक्रिया र तिनको स्तरलाई असर गर्छ।
यो विषाक्त रसायनले पनि गर्भवती महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । एक अनुसन्धानका अनुसार हावामा तैरिरहेका माइक्रोप्लास्टिकका कण नाक र मुखबाट सिधै शरीरमा पुगेर हृदयाघात र मृगौला फेल हुने फोक्सोको समस्या पनि बढिरहेको छ ।
यति धेरै समस्या भए पनि यो घातक चिजको प्रयोग रोकिएको छैन । तथ्याङ्कअनुसार अमेरिकापछि भारतमा सबैभन्दा बढी यसको प्रयोग भइरहेको छ । घातक प्लास्टिक प्रदूषणको साइड इफेक्ट देखेर विश्वका ८० देशले एकल प्रयोगको प्लाष्टिकमा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि प्लाष्टिकका पोलेथिनको प्रयोगमा रोक लगाएको छ ।
सरकारले प्लास्टिक झोलालाई प्रतिबन्ध लगाउन प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका–२०६८ जारी गरेको छ । आर्थिक वर्ष २०७३र७४ को बजेटमा पनि प्लास्टिक झोला प्रतिबन्ध गर्ने घोषणा पनि जारी गरेको छ । तर नेपालमा यी नियमहरु पालन गरेको भने खासै भेटिदैंन।
प्लास्टिकले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ साथै उनीहरुको हर्मोनको स्तरमा समेत असन्तुलन ल्याउँछ। यस्तै गर्भवती महिलाको स्वास्थ्यमा पनि प्लास्टिकले प्रभाव पार्ने गर्दछ ।
प्लास्टिकबाट बच्नको लागि आफ्नो भान्सामा भएका यी सामानहरु परिवर्तन गर्नुहोस् । प्लाष्टिका भाडाका सट्टा स्टीलका भाँडा, फलामका भाँडाहरू राख्नुहोस् । प्लास्टिकका बोतलमा पानी पिउनुका सट्टा तामाको बोतल राखेको पानी पिउनुहोस् । साथै माइक्रोवेभमा काँचका सामानहरू प्रयोग गर्नुहोस्
यी सामानहरु भान्साबाट बाहिर निकाल्नुहोस्:
कम गुणस्तर ननस्टिक भाँडा
एल्युमिनियम भाँडो
प्लास्टिक कन्टेनरहरू
एल्युमिनियम बट्टा
प्लाष्टिकजन्य पदार्थहरू पेट्रोलियम वा प्राकृतिक ग्याँस जस्ता अनवीकरणीय उर्जाका स्रोतबाट निर्माण हुन्छन्। जसको प्रत्यक्ष प्रभाव हाल विश्वमा व्याप्त जलवायु परिवर्तनलगायतका समस्यामा पर्छ।
उत्पादन भएका प्लाष्टिक मध्ये पचास प्रतिशतभन्दा धेरै प्लाष्टिक एक पटकमात्र प्रयोग गरिएरपछि फ्याक्ने गरेको तथ्याङ्क छ। एक अनुसन्धानका अनुसार विश्वभर हरेक मिनेट करिब १० लाख प्लास्टिकका बोतलहरू प्रयोग गरिन्छ, जसमध्ये ९ प्रतिशत मात्रै रिसाइकल गर्न सकिन्छ । यी प्लास्टिक र फोइलले हावा र पानीलाई दूषित बनाउँछ । यी प्लाष्टिकले हाम्रो स्वास्थ्यलाई हानि पुर्याइरहेका छन्, तर साथसाथै जनावर र वातावरणलाई पनि हानि पुर्याइरहेका छन् ।
Facebook Comment