सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज
काठमाडौं। एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन्। ग्वार्काेस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन्।
‘अहिले अवस्था ठिक छ। आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खड्गीले भने। गत वर्ष सहिद स्मारक ए डिभिजन लिग अघि अभ्यासमा खड्गीले चोट बोकेका थिए। जसका कारण उनले २०७८ को लिगका कुनै पनि खेल खेलाउन पाएनन्।
पाँच दिन अस्पतालमा बिताएका खड्गीले शल्यक्रियामा धेरै रकम खर्च भएको र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई सहयोग गर्नेमा विश्वास रहेको बताए ।
प्रतिक्रिया
Facebook Comment