युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध
![युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध](https://www.dcnepal.com/wp-content/uploads/2022/07/Zinchenko.webp)
काठमाडौं। युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ।
म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । २५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए।
सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन्। युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन्।
प्रतिक्रिया
Facebook Comment