व्यंग्य : दुई दिन डुलियो, सबै कुरा भुलियो
नेताहरुको बिदेश भ्रमणलाई लिएर र त्यसमा मजाले ध्यान दिएर टिका टिप्पणी हुुनुु खासै नौलो कुुरो होइन। त्यसमाथि बिभिन्न कारणले दक्षिणी छिमेकको भ्रमण भइरहने र नेताहरु केही भयो कि त्यता गइरहने चलन परापूूर्बकालदेखि नै चल्दै आएको बुुझिन्छ।
कोही तीर्थ यात्राको नाममा उताका सत्ता र प्रतिपक्षका नेताहरुलाई चार धाम मानेर आफ्नो स्वार्थ पट्याउन जाने, कोही सुुराकीको रुपमा यता भइरहेका गतिबिधि भट्याउन जाने, कोही यता टिक्न र सत्तावालासित बिक्न नसकेर अनि कोही चाहिँ यता सत्ता सञ्चालनको बिधि सिक्न उता जाने, कोही औषधि उपचारको बहानामा उही राजनैतिक उपचार र प्रभुको कृपा दृष्टिलाई नबिकरण गर्न जाने, कोही पारिवारिक भेटघाट इष्टमित्रहरुको बिहे बटुल र अन्य शुभ अशुभ कार्यहरुमा सहभागी हुुन भनेर गएपनि उताका प्रभुुहरुको पाउ छुन जाने, कोही त्यसै साउथ ब्लकको वरिपरि घुुमेको फोटो देखाएर यताकालाई तर्साउँदै छोटो समयमा निकै लामो सिँढी चढेर खोटो राजनीति गर्दै आफूभन्दा निकै बढि भोटो फटाएकाहरुलाई पछाडि पार्ने ब्यबस्थाको लागि जाने, कोही किनमेलको लागि कोही घुुमफिरको लागि वा जे कामको लागि गएपनि साना ठूला जुन स्तरका नेता भेटिन्छन् उनैलाई भेट्ने र आफ्नो फाइदाको लागि यताकालाई रेट्ने ब्यबस्थाको आश गर्ने अनि यता फर्केर ठूला गफ दिएपनि उता चाहिँ लम्पसार परेर पाउमै लेट्ने लगभग सबैको आदत छ रे भन्ने सुन्दा जनतालाई गर्ब लाग्नु स्वाभाबिक हो।
आफूले राम्रोसित जानिआएका र भोट हालेर आफ्नै प्रतिनिधि मानिआएका नेताहरुले गर्बको साथ गर्दै आएको काममा जनताले गर्ब नगरि सुखै छैन। यसभन्दा पहिलेपनि अहिलेपनि र भोलि पनि यही सिलसिला चलिरहने अनि उता गएर प्रभुलाई रिझाउन सक्नेको तालुमा आलु फलिरहने निश्चित देखिन्छ।
दक्षिणतिर धेरै आउजाउ गर्दा उत्तरको मालिक रिसाउला र उत्तरतिर धेरै आउजाउ गर्दा पत्तै नपाइ यताकाले बसिरहेको कुुर्सी बिसाउला भन्ने डर भएकोले दुुई तिर ब्यालेन्स राख्ने प्रयास गर्दागर्दै अनि दुबैतिर ठिक ठाक छ भनेर आँखा चिम्लेर चर्दाचर्दै कुन्नि कताको सरापले कुन दिन कुर्सी नै धरापमा परिसकेको समेत थाहा नभएर आफ्नो भक्तिभावको ग्राफ निकै तल झरिसकेको थाहा नहुनपनि सक्छ। बिगतमा त्यस्तो धेरैपल्ट भइसकेको र यही तरिकाले थाहै नपाइ कतिजनाको कुर्सी गइसकेको हल्लामा खासै सत्यता नहुन पनि सक्छ।
यसैको एउटा नयाँ पाटोको रुपमा खुुमलटारे कामरेड भनेर समेत चिनिने अनि सत्ता शक्ति र मनग्गे नगद हात पर्छ भने बिदेशीबाट सजिलैसँग किनिने, जो सित जुुनबेलापनि साँठगाँठको कुुरा छिनिने र अप्ठ्यारो वा गाल पर्दा चाहिँ अरुको मात्रै टाउको पिनिने ब्यबस्था मिलाउन सक्ने स्वघोषित महान नेताले भर्खरै दिल्ली यात्रा सम्पन्न गरे भन्ने सुुनियो। यहाँ आफ्नो औकात भन्दा ठूलो तामझाम गरेझैं लाग्ने गरि आफ्नो भ्रमण तालिका बताउँदै, उताका सरकार प्रधानलाई भेटेपछि भ्रमण क्लाइमेक्समा पुुग्ने भनेर बिरोधीको दिमाग तताउँदै र उता गएर केके गरेर दुख दिने हो भनेर यताका समकक्षीहरुलाई सताउँदै भ्रमण गर्न गएकोमा सधैंझैं निकै प्रभावित भएर जनता दंग परे।
सरकार प्रधान र पूूर्ब सरकार प्रधानहरुलगायत सबै खाले नेताहरु बिगतमा धेरै पल्ट जाने आउने र आफूले मात्रै खाने पाउने ब्यबस्था गरेर फर्कने गरेकोले जनतालाई यस्ता भ्रमणमा खासै चासो हुुने गरेको थिएन। तर यसपाली त्यस्तो होइन उता गएर म ठोस उपलब्धिको लागि दरो भाषण गरेर चर्कन्छु र देश र जनताको हित सुनिश्चित गरेर मात्रै फर्कन्छु भन्ने आशयको भनाइ बिमानस्थलको बिदाइ भेटघाटमै सुन्न पाएको जमातले सुनाएकाले जनता निकै आशाबादि हुनु ठिकै हो।
अरुले पनि यसअघि नभनेका त होइनन्। अरुको भन्दा यिनको दिल्ली कनेक्सन अलि फरक भएको हुनाले पनि त्यताको बिषयमा जनताले यिनको अलि बढी बिश्वास गर्छन् जस्तो देखिन्छ। यिनले पहिले यताका जनतालाई एकआपसमा लडाउने र आफ्नो स्वार्थको लागि सत्र हजार जनताको बली चढाउने सम्पूर्ण ब्यबस्था उतैको आशीर्वादमा उतै बसेर सम्पन्न गरेका थिए। उतैको दानापानीमा धेरै बर्ष उतै पालिएका हुनाले उताबाट हुने कुनैपनि किसिमको मानहानीलाई यिनले प्रभुबाट पाएको ठूलो आशीर्वादकोे रुपमा ग्रहण गरेको पाइन्छ।
आफू खाँटी बामपन्थी भएकोले भगवानको अस्तित्वलाई नस्विकार्ने तर स्वार्थ सिद्ध हुुन्छ भने गिद्ध चरित्र देखाएर भैँसी पूजा गर्नपनि पछि नपर्ने चरित्र देखाएकोले शुद्ध हिन्दु धर्मको वकालत गरेर राजनीति गर्ने दक्षिणी छिमेकको सरकार हाँकिरहेको दलका अध्यक्षको मैत्रिपूर्ण निमन्त्रणामा भएको भ्रमणलाई महत्वपूर्ण मान्न पर्छ।
उताबाट फर्केपछि उनकै भनाइ अनुसार दक्षिणी छिमेकको भ्रमण अत्यन्तै सफल र उपलब्धिमूलक रह््यो र त्यो भनाइलाई सुन्नेजति सबैले चुप लागेर सह्याे। उनका नजिकका कार्यकर्ताहरुले यताबाट जाँदापनि जय जयकार गरेकै थिए उता मुख्य भेट नपाइकन फर्केर चकित खाँदापनि जय जयकार गरि हाले। त्यसो हुनाले पनि यो भ्रमण स्वघोषित रुपमै भए पनि ज्यादै सफल र उपलब्धिमूलक भएकोमा कुनै शंका गर्ने र कस्तो भ्रमणलाई सफल भनिने रहेछ भनेर अलमलमा पर्ने दुुख नगरेकै बेश।
उनी र उनका झोले चम्चे ढोके हुुक्के बैठके सुुसारे र जुठोपुरोमा रमाउने अनि यसैको आडमा मजाले कमाउने र बाहिर ठूलाठूला कुरा गर्दै उता गएर महान पाउ समाउने टोलीको लागि त यो भन्दा महान कुरा अर्को हुन सक्ने कुरै भएन। उनीहरुको महानपनि सबै स्वघोषित नै हुने रहेछ भन्ने यसबाटपनि अलिअलि बुझिन्छ।
उनी आफैं स्वघोषित महान नेता, उनको दल स्वघोषित महान दल, उनीहरुले जनयुद्ध नाम दिएर गरेको धनयुद्धपनि स्वघोषित रुपको महान कार्य हुने भइहाल्यो। त्यसो भएर यो भ्रमणलाईपनि स्वघोषित रुपमै भएपनि सबैले सफल र उपलब्धिमूलक मानिदिन पर्छ र योभन्दा सफल भ्रमण त हुनै सक्दैन भनेर पनि जानिदिन पर्छ।
यसो सर्सर्ती हेर्दा पनि यो भ्रमण सफल नै हो। निकै अघिदेखि तय भएको भनिएता पनि सरकारमा छिटो नपुगिएला भन्ने भय रहेको हुनाले अचानक गरिए जस्तो देखिए पनि स्वघोषितकै भनाइ हुनाले यसलाई पनि त्यहि रुपमा बुझिदिन उपयुक्त हुुन्छ। देश र जनताको लागि यो गठबन्धन नभइ नहुने र यही गठबन्धनलाई कायम राखेर सकिन्छ भने चुनाव अघि नै नसके चुनावपछि भएपनि सरकार प्रधानको कुर्सी हत्याउन आशीर्वादको लागि उता नगइ नहुने भनेर गइएकोमा कतातिर कुन चुकुल फुस्किएर कुर्सीको सट्टा सुकुल फेला पर्ने पो होकि भनेजस्तो स्थिति आएको मात्रै हो।
आफू खाँटी बामपन्थी भएकोले भगवानको अस्तित्वलाई नस्विकार्ने तर स्वार्थ सिद्ध हुुन्छ भने गिद्ध चरित्र देखाएर भैँसी पूजा गर्नपनि पछि नपर्ने चरित्र देखाएकोले शुद्ध हिन्दु धर्मको वकालत गरेर राजनीति गर्ने दक्षिणी छिमेकको सरकार हाँकिरहेको दलका अध्यक्षको मैत्रिपूर्ण निमन्त्रणामा भएको भ्रमणलाई महत्वपूर्ण मान्न पर्छ। पहिले सरकार प्रधान हुुनासाथ उत्तरी छिमेकको भ्रमण गरेर यो औपचारिक भ्रमण होइन औपचारिक भ्रमण चाहिँ दक्षिणमै पहिले हुन्छ भनेर कसैले कुरै नउठाउँदा आफैंले अताल्लिएर कराएको र यहि कारणले कुर्सी फुस्किन्छ कि भनेर डराएको उनि बाहेक अरुलाई थाहा छैन।
अचानक धनयुद्ध बिसाउने निर्णय गर्दा दक्षिणी दाता रिसाउने हो कि भन्ने अबस्थामा उतैको इशारामा उतैको बिरुद्धमा सुरुङ युद्धको हावादारी र बकमफुसे योजनाको गफ गरेर उत्तर दक्षिण सबैतिरकालाई मनोरन्जन दिलाएको, बाह्रबुुँदे बक्सिस पाएपछि पूरै मुख सिलाएको देखिएकोमा सत्ताबाट निक्लन परेपछि बिदेशी प्रभुलाई ठिक पारिन्छ र उसलाई नटेरेर तल झारिन्छ भनेर कुुर्लेकोपनि त्यति धेरै समय भएको छैन।
अहिले उत्तरी छिमेकको बिदेश बिभाग प्रमुखको भ्रमण सकिनासाथ उनले यहाँ गरेका सबैे कृयाकलापको रनिङ कमेन्ट्री सहितको रिपोर्ट दक्षिणमा बुझाउने र आफूलाई सरकार प्रधान बनाउन सुझाउने महान उद्देश्य सहित हतार हतार यो भ्रमण गरिएको भनेर संगिन आरोप लगाउनेहरुलाई मौका परेको बेलामा छोड्न हुँदैन भन्ने उनका चाटुुकारहरुको सल्लाह ज्यादै जायज छ।
उसैपनि मौका परेको बेलामा यिनले कसैलाई छोडेको वा आफ्नो स्वार्थभन्दा अन्यत्र कहिले ध्यान मोडेको कसैलाई पनि थाहा छैन। उत्तरी छिमेकीको बिदेश बिभाग प्रमुुखको सुराकी भएर यता भएका सबै कुरा दक्षिणतिर बुुझाएपछि पक्कापनि सरकार प्रधानको कुुर्सी खुराकी पाउने सम्भावना अलि बढि हुन्छ कि भनेर सोच्नुलाई निकै दूरदर्शी सोचाइ हो भन्न सकिन्छ।
पहिले उतै बसेर उतैको जुठोपुरोमा हुुर्केको र उतैको आडमा यतापट्टी पाखुरा सुर्केको अनि उताकै भरमा यता जे गरेपनि वा जे भनेपनि हुन्छ भनेर फुर्केको भन्ने हल्लामा जनताको चाहिँ बिश्वास छैन भन्ने सुनिन्छ।
यहाँको बिमानस्थलमा कुुम हल्लाई हल्लाई निकै फूर्ति गरेर उताका सरकार प्रधानले आफूलाई भेट्न ब्यग्र प्रतिक्षा गरिरहेको हुुनाले चाँडो उता पुुगेर बुुढानिलकण्ठे सभापतिलाई घाँडो भइरहेको कुुर्सी हत्याउने र उता जसोजसो गरेर फर्केपनि जनताले सजिलै पत्याउने खालको गफ छोडेर उता पुगेपछि उताको जनता पार्टिका अध्यक्षले राम्रो स्वागत गरेको देखियो।
भेट नहुनुको खास कारण खोतल्दा आफ्नो औकात अनुसार अझ तल झरिएला र निहुँ खोज्दा अलपत्र परिएला भन्ने डर। उताकै आशीर्वाद निर्देशन र जुठोपुरोबाट यहाँसम्म आइ पुगेको हुनाले सानोतिनो कुरामा अल्झिने प्रयास गर्दा यो मुद्दा नजानिँदो किसिमले चुुनावमा बल्झिने खतरा हुुने हुुँदा दुइदिन डुलियो सबैकुरा भुलियो भन्ने नीति अबलम्बन गरेर भबिष्य जोगाउनु नै बुद्धिमानी हुने कुरा स्वघोषित महान नेता जस्तो धुर्त मान्छेले नबुझ्ने कुरै हुँदैन।
अन्य देशका यो तहका नेताहरु बिदेश भ्रमणमा जाँदा उता राम्रो सम्बन्ध भएका र बिदेश बिभागतिर रहेका आफ्ना केहि नेता कार्यकर्ताहरुलाई लैजाने गरेको त नबुुझेर र नजानेर गल्ति भएको रहेछ भन्ने कुुरा उनको टोलीमा आफ्नै स्वकिय सचिब भएर सरकारी तलब भत्ता खाइरहेकि र त्यहि नाताले सबैतिरबाट मान सम्मान पाइरहेकी छोरी र त्यस्तै खास नजिकका मानिसहरु मात्रै देखिए ।
आफ्नो भ्रमणको समयमा छोरीलाई लगेर बिदेश डुुलाउने र अरुलाई नाताबाद कृपाबादको बिरोधमा भाषण गरेर भुुलाउने चलन सबैजसो नेताहरुमा भएको हुुनाले यसलाई जनतालेपनि सामान्य रुपमा लिएका छन्। हुनत त्यहाँ पुगेर लम्पसार पर्ने बाहेक अरु काम नभएपछि बिज्ञहरु लगेर हल्ला गर्नुभन्दा सदा झैं यसरि नै ठगेर ठूलो मान्छे पल्टिनुुलाई सबैले सँधैभरि स्वाभाबिक मानेकै छन्।
भ्रमणको लागि औपचारिक निमन्त्रणा गरेको होकि रोइ कराइ गरेर मागिएको हो भन्ने थाहा नभएपनि निमन्त्रणा आयो,यताबाट गए,उपस्थित हुुने ठाउँहरुमा उपस्थित भए,उतापनि आफ्नै दुुताबासमा भाषण ठोके,ठूलो होटलमा बसे,मिठो मसिनो खाए अनि मुुख्य मान्छेले अन्तिम बेलामा भेट नदिएपछि लुरुक्क परेर आए। त्यति हुुँदापनि यता उत्रेपछि कुुम हल्लाई हल्लाई साबिक अनुुसार ठूला गफ दिन चाहिँ पछि परेनन् र आफ्नो औकात बुझियो भनेर भन्ने आँट चाहिँ गरेनन्। छोटकरिमा भ्रमण यत्तिमै सकियो तैपनि ज्यादै सफल र उपलब्धिमूूलक भनेर बकियो । त्यो अर्कै कुरा भयो ।
टिभीमा हेर्दा निमन्त्रणा कर्तासँगको भेट निकै राम्रो सौहार्दपूुर्ण र आत्मिय रहेको पाइयो । आपैmले निमन्त्रणा गरेर बोलाएको पाहुुनालाई यसरि भेट्नु सामान्य औपचारिकता नै हो। यतिको महत्व दिनुु र यसलाई उपलब्धिको रुपमा लिनुपनि स्वाभाबिक हो। आफ्नो दुुताबासमा हुुने रात्रीभोज भेटघाट सम्बोधन आदिपनि सामान्य कुरा नै हुुन्।
त्यसपछि उताका बिदेश मन्त्रिसित भएको भेटघाटमा के कुुरा भए त्यो त थाहा हुुने कुरापनि भएन। सामान्यतया बिदेश मन्त्रिसँग के कस्ता कुरा हुन्छन् भन्नेपनि अनुमान गर्न सकिन्छ। तर यो भेटको सबैभन्दा रोचक र घोचक पक्ष भने दुुबै भेटकर्ताहरुको पहिरन ज्यादै रमाइलो खालको देखिन्छ। यताका स्वघोषित महान नेता थ्रिपिस सुटमा डटेर गएका छन् भने उताका बिदेश मन्त्रि स्लिपिङ सुटमा उपस्थित भएका छन्।
स्वघोषित महान बुद्धि लगाएर हेर्दा सुुट त दुुबै सुुट नै हुुन्। कुुन सुुट कुुन बेला र कहाँ प्रयोग गरिन्छ, कुटनीतिमा भेटघाटको समयको पहिरनबाट कुन तहमा झरिन्छ र कति महत्वको ब्यक्तिमा परिन्छ भन्ने राम्ररी बुझेपछि मात्रै सबैलाई ठिक पारेर चरिन्छ भनेर उताका बिदेश मन्त्रीले नबुुझेका होलान् भनेर हामीले स्वघोषित रुपमा बुझिदिनु नै यसको सरल समाधान हो।
बिदेश मन्त्रिको पहिरनबाट स्वघोषित महान नेता उनको निवाशमै भेट्न पुगेको भन्ने बुझिन्छ। यसरी जाँदा कस्को प्रोटोकल कुन तहमा सोचिएको रहेछ भन्ने पनि बुझिन्छ। बिदेश मन्त्रीको बेडरुम सँगै रहेको निजि बैठकमा यसरी भेट्नुलाई उनिसित नजिकको पारिबारिक सम्बन्ध र आत्मीयता भएको रुपमा जनताले बुझ्न पर्छ।
नत्र स्लिपिङ सुटमा कुुनबेला कहाँ कोसित किन भेटिन्छ र त्यो सुट लगाएर के गरिन्छ भन्ने भेट्ने र भेट्न जाने दुबैलाई थाहा नभएको त पक्कैपनि होइन होला। भेटघाटमा बिदेश मन्त्रीले लगाएको पहिरनबाट पनि स्वघोषित महान नेतालाई उनले कुन स्तरमा सोचेका र यहाँको स्तर यहि हो भनेर मुखले भन्न नमिल्ने हुनाले पहिरनबाट घोचेका रहेछन् भनेर बुझ्न अलि मिल्दैन होला।
स्वघोषित अघोषित अन्यत्रबाट पालित पोषित जे भएपनि नेता भएपछि जहाँ गएपनि वा पुुगेपनि भाषण दिने र यो बोलेँ उ बोलेँ भनेर आनन्द लिने बाहेक अरु केही काम हुुँदैन। उनलेपनि पेशेबर भाषणकर्ताको हैसियतमा सम्बोधन गर्दा आफूले कहिल्यै सुल्झाउन नसकेपनि राजनैतिक ब्यापारको लागि जनतालाई उल्झाउन सधैं प्रयोग भएको उन्नाइस सय पचासको असमान सन्धि र दुबै देशका प्रबुद्ध बर्गले तयार पारेको प्रतिबेदन उताका सरकार प्रधानले बुझ्न पर्छ भनेर बोलेछन्।
यो बिषय सरकारमा हुँदा कसैले नबोल्ने र सरकार बाहिर हुँदा सबैले भित्रि मनबाटै खोल्ने बिषय भएको सबैलाई थाहा छ। उन्नाइस सय पचासको असमान सन्धि अनिवार्य रुपमा खारेज हुुनपर्छ भन्ने बुँदा एक नम्बरमा राखेर उहिलेपनि सरकार प्रधान रहेका अहिलेका सरकार प्रधान बुढानिलकण्ठे सभापतिलाई सरकार प्रधानकै रुपमा चालिस बुुँदे ज्ञापन पत्र बुुझाएर स्वघोषित धनयुद्ध सुरु गरेका र आफू दुइ दुुइ चोटि सरकार प्रधानको साथै सधैं सत्ताको वरिपरि नाचिरहेका भएपनि यी बिषयहरु समाधान गर्न सक्ने आफ्नो क्षमता छैन भन्ने राम्ररी बुुझेपनि जनतालाई भुलाउन र यही बहानामा परिवारका सदस्यहरुलाई डुलाउन बिदेश गएर भाषण गरेको सुन्नको लागि राम्रो हो।
यो भाषण सुुनेर सुन्नेहरुले मन नलागेपनि औपचारिकताको लागि निकै तालि पड्काए र यिनले सबैकुरो जान्दाजान्दै पनि यि बिषयहरु बोलेर जनतामा बल्छी अड्काए तर उताका सरकार प्रधानलाई चाहिँ नराम्रोसित भड्काए। यिनकै भाषामा भ्रमणको क्लाईमेक्सको रुपमा उताका सरकार प्रधानसित गरिने भनेको भेट चाहिँ अन्तिम अबस्थामा रद्द भएर चेट हुन पुगेछ।
कारणपनि थाहा छैन,कसैले पहिले भनेकोपनि छैन,उही बाढिको कारणले समय मिलेन भन्ने जानकारी पाएपछि जतासुकै कुम हल्लाएर गड्किएका र यो-यो काम तत्काल हुनपर्छ भनेर असमान सन्धि र प्रबुुद्ध बर्गको रिपोर्टको बारेमा पड्किएका यिनी भेट्न नपाएर बाहिरै अड्किएका रहेछन्।
बाढीको कारणले भेट नहुुने खबर पाएपछि साँच्चिकै ठूलो बाढी आएछ कि क्या हो भनेर आफू बसेको ठाउँबाट टाढाटाढासम्म हेर्दापनि कतै बाढि आएको नदेखेपछि चाहिँ कुुरा बुुझेर यिनि स्वदेश फर्कन बिमानस्थलतिर लागेछन् र आफूपनि बाढीको चपेटामा परिएला भन्ने डरले चुुपचाप लागेर बहादूरीकासाथ भागेछन् अनि यताको बिमानस्थलमा आएपछि भेट नहुनुको कारण नबुझे जस्तो गरेर भेटेकै भएपनि फोटो खिचाउने बाहेक अरु त के नै हुन्थ्यो र भन्दै मुटुमाथि ढुंगा राखि ठूलो स्वरमा जागेछन्।
आफ्नै पार्टिको अध्यक्षले निमन्त्रणा गरेर बोलाएको पाहुुनालाई पहिल्यै निश्चित गरिएको भेट नदिइ फर्काएको र एकैछिन भेट्न पनि नसकिने गरि बाढिले समस्या चर्काएको खबर अनुसार बाढीले देश नै डुबेर ध्वस्त हुुने अबस्था पो परेछ कि भनेर सबैले समाचार हेर्दा त्यस्तो केहि नदेखेपछि यो बाढी अदृश्य वा स्वघोषित परेछ भन्ने सबैले बुझेको हो कि जस्तो देखियो।
भेट नहुनुको खास कारण खोतल्दा आफ्नो औकात अनुसार अझ तल झरिएला र निहुँ खोज्दा अलपत्र परिएला भन्ने डर। उताकै आशीर्वाद निर्देशन र जुठोपुरोबाट यहाँसम्म आइ पुगेको हुनाले सानोतिनो कुरामा अल्झिने प्रयास गर्दा यो मुद्दा नजानिँदो किसिमले चुुनावमा बल्झिने खतरा हुुने हुुँदा दुइदिन डुलियो सबैकुरा भुलियो भन्ने नीति अबलम्बन गरेर भबिष्य जोगाउनु नै बुद्धिमानी हुने कुरा स्वघोषित महान नेता जस्तो धुर्त मान्छेले नबुझ्ने कुरै हुँदैन ।
Facebook Comment