नेपाली कांग्रेस र गठबन्धनको चुनाव
नेपालको प्रजातान्तिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको नेतृत्वमा बिपी.कोइराला, कृष्णप्रसाद भट्टराई गणेशमान शिंह र सुबर्ण शमशेर जस्ता नेताहरुले गरेका थिए। त्यही कारण कांग्रेसप्रति जनताको भरोसा थियो भने पार्टी सफल पनि भएको थियो।
निकै दुख कष्ट र संघर्षबाट खारिएको कांग्रेसका संस्थापक नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान शिंह जस्ता लौह पुरुषको संरक्षणमा यो पार्टीलाई कसैले पनि हल्लाउन सक्दैन थिए।
यो पार्टीको मूल उद्देश्य देशमा सबैले आफ्नो योग्यता, क्षमता अनुसार रोजगारीको सुअवसर पाएर कोही पनि नेपाली भोक र रोगले मर्नु नपरोस भन्ने थियो। बास्तबमा बिपीको यो राजनैतिक चिन्तन र दर्शनले देशमा समाजवादको पूरा परिकल्पना गरिएको थियो।
यसैगरी नेपालको इतिहासमा नेपाल कम्युनिस्ट पार्टी पनि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र साहाना प्रधानको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको थियो। तर यी दुवै पार्टीहरुमा भारतीय राजनीतिको अत्यन्त प्रभाब परेको थियो। फलस्वरूप २००७ सालमा यी दुवै पार्टीहरु मिली नेपालमा प्रजातन्त्र स्थापना भयो।
विशेष गरी नेपाली कांग्रेसमाथि भारत परस्तको आरोप लगाउँदै विपी कोइराला नेतृत्वमा गठन भएको दुई तिहाइ बहुमतको सरकारलाई राजा महेन्द्रले अपदस्थ गरी २०१७ पञ्चायती व्यवस्थाका सुरुवात गरे।
आज कांग्रेस सम्पूर्ण रुपमा स्खलित भैसकेको छ। उसमा कुनै दम छैन। आफ्नो अस्तित्व जोगाउनका लागि ५/५ दलको गठबन्धन्को कोक्रो बोकेर विभिन्न भुरे दलहरुलाई अघि पछि लगाई सत्ताको लामो आश गरिरहेको छ। थाहा छैन उसलाई आज उसको धरातल कहाँ छ भन्ने कुरा?
२०२७ सालसम्म राजा महेन्द्रको नेतृत्वमा पञ्चायती व्यवस्था सञ्चालन गरियो यो ब्यबस्थामा राजा महेन्द्रले भारत र चीनलाई समभाब राखी असंलग्न परराष्ट्र नीति र पंचशिलको मूल मन्त्रानुसार सफल परराष्ट्र नीति कायम राखी निक्कै दूरगामी काम गरेर विश्वमा नेपाललाई चिनाउने काम गरेको पञ्चायती पक्षधरको दाबी छ।
महेन्द्रको कार्यकाल पछि उदारवादी राजाको छवि बनाएका राजा वीरेन्द्रको शासनकालमा नेपालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भयो। कांग्रेसका संस्थापन नेता बिपीले सधैं राजतन्त्र विनाको प्रजातन्त्र नेपालमा सफल हुन नसक्ने बताउने गरेका थिए।
नेपालको भूराजनीति वनोटले गर्दा पनि नेपालमा राजतन्त्र आवश्यक रहेको विपीको तर्क थियो। २०४६ सालमा त कांग्रेस नेता प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सर्बदलीय सहमतिको सहभागितामा २०४७ को उत्कृष्ट संबिधान पनि निर्माण भएकै हो। त्यो बेलामा बिपी कोइराला नभएपनि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता कांग्रेसका प्रखर नेताहरुको नेतृत्वमा कांग्रेस पार्टीको छवि स्तरीय थियो।
तर नयाँ संविधानको निर्माण पछि शाह बंशको शासन कायमै रहने र दलहरुमाथि फेरि पनि प्रतिवन्ध लाग्ने जस्ता अफवाह फैलाएर राजनीतिक दलका नेतामाथि लगानी गर्दै राजतन्त्रको अन्त्य गर्ने आधार तयार पारेको आरोप दलहरुमाथि लाग्ने गरेको छ। राजनीतिमा विकृति भित्र्याउँदै आफ्नै दलको बहुमतको सरकार रहेकै बेला संसद विघटन गर्ने काम भयो। ०५१ देखि ०५६ सालसम्मको संसदीय राजनीतिका विषयमा धेरै भन्नै पर्दैन।
यी घटनाले कांग्रेस पार्टीमा बिचलन आएको आयै भयो। कांग्रेस भित्रै गिरिजाप्रसाद कोइराला र शेरबहादुरको देउवा दुई गुटको अवस्था सृजना भयो। कमजोर बनिरहेको कांग्रेस पार्टीका सम्पूर्ण नेताहरुको अदूरदर्शिताले सबै नेताहरुलाई बिदेशीहरुले आफ्नो पक्षमा पार्न थालिसकेका थिए।
फलतः कांग्रेस पार्टीका नेताहरुको दिमागमा विकृति र विसंगतिका जीवाणु र किटाणु घुसाई आफ्नो अधिनमा लिने काम भयो। बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेश मान सिंह जस्ता नेताले नेतृत्व गरेको कांग्रेस पार्टीको उत्तम र उत्कृष्ट विचारधारा र दर्शन बजारमा सस्तो मोलमा बिक्री गरियो।
पार्टी भित्र शेरबहादुर गुट, गिरिजा गुट र अन्य नेताहरुले पनि छोटो मोटो गुट खोली पार्टीलाई गुटको गोटीमा प्रयोग गरी हाली मुहालीको राजनीतिक खेल रच्ने काम भयो। दर्शन बेचियो, लोभ र प्रलोभनमा फसेर रातारात अरबपति बन्ने होडबाजीमा र सत्तालिप्त सोच तथा बिचारमा भास्सिन पुग्यो।
हिजोको त्यो कांग्रेसको एकमत र एक अनुहार आज बिफर आएर पुरिएको मानिसको अनुहार जस्तै भएको छ। आज पार्टी कुनैपनि ठाँउंमा उभिनै नसक्ने भएको छ। जनताको सामुन्ने आउने नसक्ने भएको छ। हिजो माओवादीको टाउकाको मूल्य तोक्ने कांग्रेस आज काँधमा काँध मिलाई गठबन्धन गरि देशको शासनसत्ता चलाइरहेको छ।
आज कांग्रेस सम्पूर्ण रुपमा स्खलित भैसकेको छ। उसमा कुनै दम छैन। आफ्नो अस्तित्व जोगाउनका लागि ५/५ दलको गठबन्धन्को कोक्रो बोकेर विभिन्न भुरे दलहरुलाई अघि पछि लगाई सत्ताको लामो आश गरिरहेको छ। थाहा छैन उसलाई आज उसको धरातल कहाँ छ भन्ने कुरा?
एउटा देशको प्रजातान्त्रिक पार्टीको पहिचान बनाएको दलले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गरेर सरकार चलाउनु र सर्वोच्च अदालतको परमादेशमामा प्रधानमन्त्रीको पद सहर्ष स्वीकार गरि गठबन्धनको सरकारको नेतृत्व गर्नुु के प्रजातन्त्रको खिल्ली उडाएको होइन र?
कांग्रेस आफ्नो सिद्धान्तमा अडिक रहने होकि सत्ता प्राप्तिमा मात्र लिप्त भइरहने? यो आजको मुख्य प्रश्न हो। आज कांग्रेसल कम्युनिष्ट अत्यन्त उल्टो धारणा राख्ने दलहरुसँग गठबन्धन गरि सरकार चलाएको देख्दा नेपाली प्रजातन्त्रवादी बुद्धिजीविहरु चकित परेका छन्।
प्रजातान्त्रिक दलको नामले चिनिएको नेपालको पुरानो दल आज आफ्नै बुद्धि र अबिबेकले संकटको दलदलमा भासिएको छ र चुनाबदेखि डराउँदै फरक विचारधारा भएका दलहरुलाई समेटी केवल सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको छ।
यस्तो कुविचारले कांग्रेस अब आफ्नै ठाउँमा कहिले उत्रिने हो र यसको उत्थान फेरि कहिले हुने हो? यो आश्चर्य र गोलमालको राजनीतिको पाशा कांगेसले कहिलेसम्म खेल्ने हो, यो रहस्यकै कुरा छ।
तसर्थ अब यो कांग्रेस पार्टी नभई कांग्रेसी झुण्डमा परिणत भएको छ, जहाँ कांग्रेसका सारा दर्शन च्यातिएको छ। भारतमा इन्दिरा गान्धी र राजिब गान्धीको बिरासत पछि काँग्रेस आइमा आएको बिचलन र यसको न्युनिकरणले नेपालको कांग्रेस पार्टी पनि झन्डै त्यही मार्गमा गएर अत्यन्त अपारदर्शी र अजवाफदेही बन्दै आफ्नो साख मेटाउँदै छ।
गुटको राजनीतिमा कांग्रेस दल बा पार्टीको अस्तित्व रहन सक्दैन। कांग्रेस पार्टी चुनाबमा एक्लै लड्ने हो। भुरे पार्टीहरुको सहयोग लिई चुनाबमा भिड्ने हो। जितहार आफ्नो ठाउँमा छ। आज कांग्रेसका नेताहरुले अँध्यारो कोठामा बसी गरेको यो गठबन्धनीय तालमेलसहितको चुनाब लड्ने निर्णय आफैंमा एउटा हास्यास्पद देखिन्छ।
Facebook Comment