कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।
पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comment