मंगलबार माता पार्वतीको व्रत लिनुहोस्, दाम्पत्य जीवन सुखमय हुनेछ
काठमाडौं । पवित्र साउन महिना चलिरहेको छ । यसपालीको गौरी व्रत यही साउन १० गते अर्थात् आजको दिनमा परेको छ । साउन महिनाको सोमबार मात्रै होइन मंगलबार पनि शिव–पार्वतीको पूजा गर्ने दिन भएकाले विशेष मानिन्छ । मंगला गौरी व्रत हरेक मंगलबार साउनमा मनाइन्छ । महिलाहरु प्रायः यो व्रत राख्छन् तर श्रीमान श्रीमती दुबैले मिलेर यो व्रत राख्ने हो भने यसको फाइदा बढी हुन्छ । आउनुहोस् हामी तपाईलाई यस व्रतको शुभ समय र पूजा गर्ने विधिको बारेमा विस्तृत जानकारी गरौं।
दाम्पत्य जीवनमा सुख शान्ति आउँछ– दाम्पत्य जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन यस व्रतलाई लाभदायी मानिन्छ । यो व्रत बस्ने महिलालाई माता पार्वतीले सौभाग्यवती बन्ने आशिर्वाद दिने र पतिमाथि कहिल्यै कुनै समस्या आउन नदिने जनविश्वास रहेको छ । यो व्रत श्रीमान्–श्रीमती दुवैले मिलेर राखेमा दाम्पत्य जीवन सुखद हुनुका साथै घरेलु समस्याबाट पनि मुक्ति मिल्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।
व्रतको समयमा यसरी गर्नुहोस् पूजा:
मंगला गौरी व्रत राख्नु अघि स्नान अनिवार्य हुन्छ । बिहान उठेर नुहाएर सरसफाई भई व्रत लिनुहोस्। र शिव पर्वतीको मन्दिर जानुहोस् या घरमानै शिव पार्वतीको पुजाको तयार गर्नुहोस् । त्यसपछि प्रथम देवता गणेशको पूजा गरेपछि शिव–पार्वतीको पूजा गर्नुहोस्।
भगवान भोलेनाथको पूजाका लागि बेलको पात बाहेक शिवशंकरलाई दुर्वा, जनेउ, चन्दन र फूल चढाउनुपर्छ । यसका साथै जल अभिषेक पनि गर्न सकिन्छ । यसपछि माता पार्वतीको पूजा पनि पूर्ण विधिपूर्वक गर्नुपर्छ । देवी पार्वतीलाई रातो चुनरी, रातो फूल, चुरा, बिन्दी, कुमकुम जस्ता वस्तुहरू चढाउनुहोस्।
यसका साथै दूध, सुपारी, फलफूलबाट बनेको मिठाई शिव र पार्वतीलाई अर्पण गर्नु शुभ मानिन्छ। यस समयमा मन्दिरमा दीप प्रज्वलन गर्नुका साथै अगरबत्ती वा धूप पनि बाल्नु पर्छ। पूजा गर्दा शिव मन्त्रको जप र मंगला गौरी व्रतको कथा सुन्नु पनि आवश्यक मानिन्छ। आरतीपछि भगवानबाट प्राप्त प्रसाद घरका अन्य मानिसहरूलाई बाँडिनु पर्छ र आफैले पनि ग्रहण गर्नुपर्छ।
पूजाका तीन शुभ समय– यसपटक मंगला गौरी व्रतमा पनि दुईवटा शुभ योग बनेको छ । यी योगहरूद्वारा व्रतमा गरिने पूजाको फल धेरै गुणा बढ्छ। मंगला गौरी पूजाको तीन शुभ मुहूर्तको यस प्रकार रहेका छन् । जसमा पहिलो मुहूर्त बिहान ३ः ५८ बजेदेखि ४ः४६ बजेसम्म हुनेछ । अर्को शुभ समय बिहान ११: ३८ देखि १२: ४१ सम्मको छ । यसपछि बेलुकी ४:५३ देखि ६ः४१ बजेसम्मको मुहूर्तलाई पनि पूजाका लागि शुभ मानिन्छ।
Facebook Comment