कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीमाथि प्रहरीको यौन दुर्व्यवहार
नेपालगञ्ज। बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई प्रहरीले नै यौन दुर्व्यवहार गरेको खुलासा भएको छ ।
हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असइ प्रविण चौलागाइँले बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई आफ्नो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको बाँके प्रहरीले गरेको अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थुनुवा युवतीले रातको २ बजे हिरासतबाट बाहिर बोलाएर कोठमा लगि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सहायक निरीक्षक (असइ) चौलागाइँलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक(एसपी) श्यामकृष्ण अधिकारीले चौलागाइँलाई विभागीय कारबाहीको प्रक्रिया सुरु गरेको तथा कानुनबमोजिम थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।
Facebook Comment