महिला साफः नेपालको समूहमा भुटान र श्रीलंका
काठमाडौं।घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।यस्तै समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।
२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।
प्रतिक्रिया
Facebook Comment