अर्थमा जनार्दनलाई नै किन ल्याइयो?

शरद रिजाल
१६ साउन २०७९ ६:४३

काठमाडौं। बजेट निर्माण गर्ने क्रममा अनाधिकृत ब्यक्ति प्रवेश गरेको विषयलाई लिएर बिबादमा आएसँगै राजीनामा दिएका जनार्दन शर्माको पुनः अर्थ मन्त्रालयमा पुनरागमन भएको छ। संसदीय छानविन समितिको निष्कर्षलार्ई विपक्षी नेकपा (एमाले) को असहमतिका बाबजुद पनि शर्मा अर्थ मन्त्रीको रुपमा आइतबार पदभार ग्रहण गरेका छन्।

संसदीय छानबिन समितिले बजेट निर्माणको पूर्व सन्ध्यामा अर्थ मन्त्रालयमा अनाधिकृत ब्यक्तिको प्रवेशको यथेष्ट प्रमाण नभेटिएको भन्दै शर्मालाई ‘निर्दोष’ साबित गर्दै प्रतिवेदन पेश गरेको थियो। यद्यपि एमालेले भने छानबिन समितिको प्रतिवेदनप्रति असहमति जाहेर गरेको छ।

समितिले ‘निर्दोष’ साबित गरेसँगै पूनर्बहाली भएका अर्थ मन्त्री शर्माले मन्त्रालयमा आइतबार बेलुका पदभार ग्रहण गरिसकेका छन् । शर्माको पदभार ग्रहणसँगै राजनीतिकरुपमा अनेकौ प्रश्न उनीमाथि तेस्रिएका छन्। कतिपयले शर्माको पुनर्बहालीलाई लिएर उनको प्रशंसा गरेका छन् भने कतिपयले निर्लज्जताको पराकाष्ठ भन्दै उनको आलोचना गरेका छन्।

शर्माले राजीनामा दिएकै दिन गत असार २२ गते बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले जर्नादन शर्माको राजीनामाको बिषयलाई लिएर ‘अर्थ मन्त्री शर्माले राजीनामा दिएको तर पुनः पदमा फर्कने गरी’ भन्दै सामाजिक संजालमा कटाक्ष गरेका थिए। शर्मा पुनः अर्थमन्त्रीकोरुपमा पदस्थापन हुने उनको आशय थियो ।

शर्माको राजीनामा र पदस्थापन अप्रत्याशित र अशोभनीय भन्दै एमालेले बिरोध जनाइरहेको छ। एमालेका नेता बिष्णु रिजालले सामाजिक संजालमा हिजो तत्कालीन सभामुख कृष्णबहादुर महरालाई निर्दोष साबित गरेजस्तै शमालाई पनि सत्ता र शक्तिको आडमा निर्दोष करार गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘अहिले जनार्दन शर्मालाई बहुमतका आधारमा सफाइ दिनु केही समयअघि रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै हो। सरकार आफ्नै, कर्मचारी सेटिङ आफ्नै, प्रहरी आफ्नै, बहुमतले निर्णय गर्ने सांसद आफ्नै! अनि आफ्नो पक्षमा प्रतिवेदन आउँदैन त?’

तर माओवादी केन्द्रका नेताहरु भने संसदीय छानबिन समितिको निर्णय सबैले स्वीकार्नुपर्ने बताउँछन्। अर्कोतिर शर्मा केही दिनका लागि मात्रै मन्त्री बनेका हुन् वा पूर्ण कार्यकाल मन्त्रालय सम्हाल्छन् भन्ने खुलेको छैन।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ अर्थमन्त्री शर्माको पदावधिको बिषयमा आफूलाई जानकारी नहुने बताउँछन् । उनले यो बिषय प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी हुने भन्दै आर्फूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘यसको कार्याअधिकार प्रधानमन्त्री र पार्टी अध्यक्षलाई जानकारी होला, त्यस बिषयमा मलाई कुनै जानकारी छैन। ’ उनले यो बिषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै अर्थ मन्त्री शर्मा निर्दोष साबित भएसँगै पूर्णकार्यकाल बहन गर्नेमा आफू बिश्वस्त भएको बताए ।

माओवादीका अर्का नेता राम कार्की पनि अर्थ मन्त्री निर्दोंष साबित भएसँगै पूर्णकार्यकाल पदावधी हुनुपर्ने बताउँछन् । यद्यपि अर्थ मन्त्री शर्माले स्वबिबेकले निर्णय गर्न पाउने अधिकार भने यथावत् रहेको उनको भनाइ छ ।

पार्टीको आन्तरिक ब्यबस्थापन गर्न शर्माको पुनर्बहाली

माओवादीका एक नेताका अनुसार पार्टीकोे चाहना भन्दा बढी प्रधानमन्त्रीको इच्छा अनुरुप शर्मा अर्थ मन्त्रीमा पुनर्बहाली भएको बताउँछन्। उनका अनुसार पार्टीलाई ब्यालेन्स गर्न पनि शर्मालाई पुनर्बहालि गर्न अध्यक्षलाई दबाव रहकोे थियो।

ती नेताले भने, ‘शर्मालाई बचाउन जे गर्न सकिन्छ त्योसम्म गर्नुपर्छ भन्ने पार्टी अध्यक्षको निर्देशन बमोजिम सबैको जोडबलमा पुनर्बहाली भएको हो।’ माओवादी केन्द्रमा पछिल्लो समय पदाधिकारी चयन गर्न अध्यक्ष प्रचण्डलाई चुनौतीपूर्ण भएसँगै त्यसलाई सहज गराउन अर्थ मन्त्री शर्माको पुनर्बहाली अत्याबश्यक भएको ती नेताको भनाइ छ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्मा दुबैको महासचिवमा दाबेदारी रहेसँगै अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयन गर्नु सकसपूर्ण रहेको थियो। अब अध्यक्ष प्रचण्डलाई महासचिव चयन गर्न सहज हुने ती नेताको भनाइ छ।

महासचिवका दाबेदार रहेका वर्षमान पुनले शर्माले राजनिामा दिएसँगै निदोष भए पुनः अर्थ मन्त्रालयको जिममेवारी शर्माले नै सम्हाल्ने र संसदीय समितिको छानबिन नहोउञ्जेलसम्म पार्टीले नयाँ अर्थ मन्त्री चयन नगर्ने बताएका थिए।

पछिल्लो समय माओवादीमा पदाधिकारी चयन गर्न पार्टी अधयक्ष प्रचण्डलाई निकै हम्मे हम्मे परेको थियो। महासचिवका दोबदार दुबै नेता पाटीृमा प्रभावशाली रहेको हुँदा उनी दुबैलाई चिढाउन चाहँदैन थिए। तर, अर्थ मन्त्रीमा शर्मा पुनर्बहाली भएपछि प्रचण्डलाई केही सहज हुने ती नेताको भनाइ छ।

आइतबार तीन बजे प्रचण्डले पदाधिकारी चयनको गृहकार्य गर्न स्थायी समितिको बैठक समेत बोलाएका थिए। तर अर्थ मन्त्री शर्माको पदबहालीलाई लिएर बैठक रोकिएको ती नेताको दाबी छ ।

पूर्ण कार्यकाल अर्थ मन्त्रालयको जिम्मेवारीमा रहने दाबी

शर्माले पूर्णकार्यकाल मन्त्रालयको जिम्मेवारी बहन गर्ने उनको सचिवालयले बताउँछ। शर्माका सचिवालयका अनुसार संसदीय समितिले नै निर्दोष साबित गरेपछि शर्माले नै वर्तमान सरकारको र्काकाल बमोजिम अर्थ मन्त्रालयको पूर्ण जिम्मेवारी बहन गर्ने बताएको छ।

शर्माले आयातमुखी अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर बनाउने गरी सार्वजनिक भएको आर्थिक बर्ष ०७९/८० को बजेट कार्यान्वयन गर्न उद्धत रहने र पूर्णकार्यकाल बहन गर्ने सचिवालयले दाबी गरेको छ।

शर्माको सचिवालयले भन्यो, ‘अर्थ मन्त्री शमाृले वर्तमान सरकारको पूर्णकार्य बमोजिम अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुन्छ, आयातमुखी अर्थतन्त्रलाई सुदृढ गर्ने बजेटको उद्देश्य अनुरुप छड र सिमेन्टको निर्यातलाई अझै बढाउन उहाँले पहल गर्नुहुन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *