इंग्ल्यान्ड पहिलो पटक महिला युरो च्याम्पियन
काठमाडौं। जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक महिला युरोकप २०२२ को उपाधि जित्न सफल भएको छ । आइतबार राति बेम्बलीमा रंगशालामा भएको फाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले सान्त्वना गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेका थिए । यसपछी खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको ६२औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलान् । ७९ औं मिनेटमा जर्मनीकी लिनाले खेल १-१ गोलको बराबरीमा ल्याईन् । अतिरिक्त समयमा (११० मिनेट) इंग्ल्यान्डकी केलीले विजयी गोल गरिन् ।
यो संगै इंग्ल्यान्डले पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ ।
प्रतिक्रिया
Facebook Comment