तेस्रो टी-२० मा भारत विजयी

डिसी नेपाल
१८ साउन २०७९ ७:०७

काठमाडौं। भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै भारत शृंखलामा २-१ ले अघि छ।

१६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए। यस्तै, ऋषभ पन्त ३३ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए। पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले जित्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *