जनावरको समूह प्रेम र हामी नेपाली
सडकमा एउटा काग भर्खरै मात्र मरेर अलपत्र परेको अवस्था। सडक माथिको बिजुलीको तारमा बसेर र आकाशमा उडेर अन्य कागहरू कराइरहेका। उनीहरूलाई मृत्यु के हो भन्ने थाहा पनि छ वा छैन।
तर आफ्नो समुदायको एउटा सदस्य सडकमा मरेको देखेर उनीहरू निक्कै ठूलो शोकमा परेको जस्तो भान भइरहेको थियो। यसरी नै कागको बच्चा वा घाइते काग कतै अलपत्र परेर असुरक्षित हुँदा अन्य कागहरू आफ्ना समुदायको सदस्यको मद्दतको निम्ति आइपुग्छन्।
बाँदरका पनि आफ्ना समुदाय हुन्छन् र दुख-सुखमा उनीहरू एक अर्कालाई मद्दत गर्ने गर्छन्। यदि अर्को समुदायको बाँदर आफ्नो सिमाना भित्र आएको खण्डमा त्यसलाई लखेटेर भगाउने काम पनि गर्छन्।
त्यहाँ नागरिकता वा कुनै पहिचानको दस्तावेजको जरुरत नै पर्दैन। आफ्नो समुदाय बाहिरको बाँदरलाई चिन्ने उनीहरूको आफ्नै प्राकृतिक संयन्त्र हुन्छ। अधिकांश पशु–पंक्षीहरू मानिसजस्तो शारीरिकरूपले सक्षम नहुने हुनाले आफ्नो समुदायको सदस्यलाई गाह्रो-साह्रो पर्दा यिनीहरूले खासै मद्दत गर्न भने सक्दैनन्।
तर खतरा आइपर्दा कराएर हुन्छ वा सामुहिकरुपले जाइलागेर हुन्छ उनीहरू आफूले गर्न सक्ने जति गर्छन्। जङ्गलमा फ्याउरा, बाघ आदिले भने आफ्नो समुदायको साथी घाइते भयो भने उसलाई मुखले तानेर भए पनि सुरक्षित ठाउँसम्म पुर्याउँछन् र खानपिनको वन्दोवस्ती गरिदिनुका साथै घाइतेको घाउलाई चाटेर भएपनि निको पार्ने कोसिस गर्दछन्।
त्यस्तै मृग, हात्ती, घोडा आदि सबै आफ्नै समूहको साथमा चर्न जाने गर्दछन्। आफ्ना बालबच्चा प्रति सबै पशुपंक्षी सम्वेदनशील हुन्छन्। प्रकृतिले नै सायद यस्तो किसिमको अपनत्वको भावना प्रदान गरेको होला जीव-जन्तुमा।
समूहमा बस्ने जनावरमध्ये कतिले सिकार पनि सामुहिकरुपमा बडो चतुर रणनीतिका साथ गर्दछन् भने कुकुरजस्ता घरपालुवा जनावर भने अरु बेला आफ्नो समूहमा मिलेर बसे पनि खानाको निम्ति एकापसमा धेरै झगडा गर्दछन्। कमिलाको त कुरै छोडौँ।
बुवा महेन्द्र राजा छँदा वर्मा तथा भारतकै आसाम जस्ता क्षेत्रबाट भागेर आएका हजारौँ नेपाली शरणार्थीलाई जग्गासमेत दिएर नेपाली नागरिकता बाँडेका थिए भने छोरा वीरेन्द्र राजा छँदा नेपालमा वहुदलीय प्रजातन्त्रको पुनर्वहाली भइसक्दा पनि यो काम गर्न सकिएन। बरु यो अवधिमा सम्विधान नै सम्शोधन गरेर भएपनि ४० लाखको हाराहारीमा भारतीय जनताहरूलाई नागरिकता बाँडिसकिएको छ।
उसको जस्तो समूह त बिरलै पाइन्छ। बासको निम्ति गुफा खन्नेदेखि लिएर आफूभन्दा निक्कै ठूला मृत किराहरूलाई सामुहिकरुपमा बोकेर आफ्नो बासस्थानमा पुर्याउने तथा सुख्खायाम तथा खडेरीको बेलाको निम्ति पनि खाना सञ्चय गर्ने गरेका हुन्छन् कमिलाहरूले।
त्यस्तै माहुरीको समूह पनि ज्यादै मेहनती हुन्छ। हजारौँ माहुरीले लाखौँ फूलहरूबाट मिठो रस मुखमा राखेर आफ्नो समूहले बनाएको चाकामा लिएर भण्डारण गर्दै महको उत्पादन गर्दछन्। हामी मानिसहरू ‘बिज् एण्ड एन्ट्स्’ जस्तो मेहनती हुनु पर्दछ भन्छौँ तर व्यवहारमा मन, वचन र कर्मका साथ त्यस्तो मेहनत विरलै गर्ने गर्छौँ।
टाढा टाढासम्म उडेर यात्रा गर्ने प्रवासी चराहरू पनि समूहमा नै यात्रा गर्दछन् तथा पानी, खानाको व्यवस्था भएको सुरक्षित ठाउँमा केही महिना वास बसेर प्रजनन प्रकृया सकिए पछि बच्चाहरूलाई हुर्काएर सँगै घर फर्कन्छन्।
माछाकै कुरा गर्दा उनीहरू पनि आआफ्ना समूहमा नै पौडने गर्दछन्। यहाँ एउटा अचम्मको कुरा के छ भने, सबै जीव–जन्तुले आआफ्ना समूहका सबैजना आफूजस्तै मुहार र आकृतिका हुन्छन् वा अरु जस्तै मपनि छु भनेर कसरी थाहा पाउँछन् होला? परेवाले आफू पनि अन्य परेवाजस्तै छु भनेर कसरी थाहा पाएको होला वा घोडाले म अरु घोडाजस्तै छु भनेर कसरी थाहा पाएको होला।
हामी घडी हेरेर समय थाहा पाउँछौँ। तर चराहरूलाई घडीको जरुरत नै पर्दैन। लक्षण र वस्तुस्थितिको लेखाजोखा गरेर उनीहरू समयको भेउ पाउँछन्।
कुनै मन्दिरमा नियमितरुपमा कुनै निश्चित समयमा चराहरूको लागि धान-चामल तथा अन्य अनाज छर्ने बेलाको ठीक अघि उनीहरू त्यहाँ सँगैको बिजुलीको तार, रुख र घरहरूको छतमा समूहमा कुरेर बस्छन्। परेवा परेवाकै हुलमा बस्छ भने भँगेरा पनि आफ्नै झुण्डमा।
पृथ्वीमा जीव-जन्तुको अस्तित्वको शुरुवात भएदेखि नै सबै जीवले आआफ्नो समुदाय बनाएर बस्न थालेका हुन्। मानिसले पनि सुरक्षा र खाद्य पदार्थको सामुहिक जोहोको निम्ति नै समुदाय बनाउँदै गएको हो। प्रकृतिले समेत जीवनको निरन्तरताको निमित्त पनि आफ्ना आफ्ना समूह बनाउने गुण हरेक जीवमा राखिदिएको होला।
पशु-पंक्षीले आफूजस्ता र आफ्नो समूहभित्र पनि भाले र पोथी चिन्ने गर्दछन्। तर मानिसवाहेक अन्य जीवमा तेश्रो लिङ्गीको अस्तित्व रहेको प्रमाण सायदै छैन होला। आज यस्ता अप्राकृतिक कार्यहरू गर्ने जीव पनि मानव मात्र भएको छ।
विश्वमा विभिन्न समयमा विभिन्न खालका मानव सभ्यताहरूको निर्माण र विकास हुन गयो। खानाको जोहो, सुरक्षा र एकाङ्गीपनाको त्रासद जीवनका कारण पनि हजारौँ वर्षदेखि मानव जातिले आआफ्ना झुण्ड वा समूहमा बस्न शुरु गरेका होलान्।
अमेरिकामा माया, एज्टेक, इन्का, रेड इन्डियन आदि सभ्यताहरू निक्कै समयसम्म रहे भने पछि युरोपका ग्रीक, रोमन, स्पेनिस, बृटिस आदि सभ्यताको प्रभाव त्यहाँ पर्न थाल्यो।
आजको अमेरिका विश्वभरको सभ्यताको एक खुला संग्रहालय भएको छ। मिश्री, मेसोपोटामियाली, बेविलोनी, फारसी, मध्यपूर्वी, आर्यन् र मङ्गोलाइड आदि सभ्यताबाट समेत प्रभावित भारतवर्षमा सिन्धुघाटी, हरप्पा, द्राविड, हिन्दूकुश आदि सयौँ प्रकारका सभ्यताहरूको विकास हुनुका साथै विभिन्न इलाकाका आआफ्ना आदिवासी सभ्यता समेत कायम रहे।
पशु-पंक्षीको समुदायमा एकापसमा कुनै भेदभावको संस्कृतिको विकास नभएको भएता पनि विश्वका जुनसुकै कुनामा बस्ने मनुष्य जातीको पनि आफ्नै समुदायभित्र समेत जातपात र वर्णको हिसाबले उचनिचको वर्गीकरण, रङ्गभेद र धार्मिक असहिष्णुता बढ्ने गरेकोले एकापसमा नै कलह, अशान्ति र हिंसाको स्थिति आइरहने र यस्ता हिंसा हटाउन मानव अधिकारवादी विभिन्न संघ-संस्थाका कृयाकलाप भइरहने तथा विभेदकारी कृयाकलापको अन्त गर्न आन्दोलन गर्ने देखि कानुन बनाउने सम्मका कार्य भइरहन्छन्।
पशु-पंक्षीले आफूजस्ता र आफ्नो समूहभित्र पनि भाले र पोथी चिन्ने गर्दछन्। तर मानिसवाहेक अन्य जीवमा तेश्रो लिङ्गीको अस्तित्व रहेको प्रमाण सायदै छैन होला। आज यस्ता अप्राकृतिक कार्यहरू गर्ने जीव पनि मानव मात्र भएको छ।
तर पशु-पंक्षीमा न त धर्म नै छ, न नै रङ्गभेद वा उचनिचको भेदभाव। कालो परेवा र सेतो परेवा पनि मिलेर बसेका हुन्छन् भने मन्दिर, मस्जिद, गुरुद्वारा वा चर्च जहाँ पनि खानलाई अन्न छरिएको छ भने उनीहरू विना संकोच पुगिहाल्छन्।
अविकसित मुलुकका मानिसहरू समृद्ध जीवनको चाहनामा विकसित मुलुकमा बस्न रुचाउँछन्। मेक्सिकोबाट अवैधरुपमा अमेरिका पस्न खोज्ने वा एशिया वा अफ्रिकाबाट अवैध रुपमा अमेरिका वा युरोप पस्ने मानिसलाई रोकिन्छ, यो क्रममा कतिको त ज्यानसमेत जान्छ।
बैध तथा अबैध बसाइसराइको यस्तो क्रम विश्वभर नै छ। तर पशु-पंक्षीलाई आफूले चाहेको ठाउँमा जान न त भिसा नै चाहिन्छ, न उनीहरूको कुनै मुलुक नै हुन्छ। पशुपतिको बाँदरलाई पशुपति क्षेत्र नै प्यारो छ भने पोखराको चिप्लेढुङ्गाका सडकमा रमाउने कुकुरहरुको समूहलाई पनि आफ्नै स्थान प्यारो छ।
विकसित मुलुक वा अति कम विकसित मुलुक जहाँका पशु-पंक्षीको पनि जीवनस्तर र सोच उस्तै नै हुन्छ। खाली फरक यति हो कि विकसित मुलुकमा पशु-पंक्षीको अधिकारको लागि धेरै कामहरू भइसकेका छन् तथा घरमा होस् वा जंगलमा, तिनीहरू बढी सुरक्षित हुन्छन् तर चेतना नहुने भएकोले उनीहरूलाई जहाँ बसेपनि मानिसलाई जस्तो यी कुराले कुनै माने राख्दैनन्।
समाजको बारेमा राम्रा कुरा सिकाउन मान्छेको लागि नागरिक शास्त्र, सामाजिक शिक्षा, व्यवहार शिक्षा तथा अन्य शैक्षिक विषयहरू पढाइने गरिन्छ विद्यालयमा। तर पनि मनुष्य जातिले अक्सर असामाजिक व्यवहार नै प्रस्तुत गर्दछ।
ठूलो भनाउँदो मानिसले सानोलाई हेप्ने, ठूलो देशले सानोलाई हेप्ने र सानो समुदायमा आफ्नो वर्चश्व कायम गर्न आफ्ना समुदायका मानिस विभिन्न उपाय अपनाएर पठाउने, भ्रष्ट र गद्दार नेताहरू भएका देशमा उनीहरूलाई धम्क्याएर वा प्रलोभन दिएर आफ्नो मुलुकको स्वार्थको परिपूर्ति गर्ने दलाल बनाउने, आफ्ना मुलुकका मानिसलाई आवश्यक कागजात बनाउन लगाएर साना मुलुकभित्र बस्ने बन्दोवस्ती मिलाउनुका साथै आफ्ना समुदायको वर्चश्व बढाउने जस्ता काम हुने गर्छन्। नेपाल यस्ता कुराको उदाहरण नै बनेको छ।
आफूलाई मन नपरेका वा आफ्नो समूह वा विचारधारालाई खतरा पुग्ने अर्का ठूलै समूहलाई पनि अन्य ठूला मुलुकको सहयोगमा मुलुकबाटै लखेटेर निकाल्ने पनि गरिन्छ। भुटानबाट नेपाली मूलका नागरिक यानी ल्होत्साम्पा भनेर चिनिने समुदाय यस्तै प्रकारले निकालिएका थिए।
भारतबाट अन्य समुदायका मानिसहरूको नेपालमा वर्षेनी भेल आइरहेको बेलामा समेत हामीले ती निरीह १०५,००० नेपाली मूलका भुटानी शरणार्थीलाई नेपालको नागरिकता दिएर राख्न सकेनौँ।
बुवा महेन्द्र राजा छँदा वर्मा तथा भारतकै आसाम जस्ता क्षेत्रबाट भागेर आएका हजारौँ नेपाली शरणार्थीलाई जग्गासमेत दिएर नेपाली नागरिकता बाँडेका थिए भने छोरा वीरेन्द्र राजा छँदा नेपालमा वहुदलीय प्रजातन्त्रको पुनर्वहाली भइसक्दा पनि यो काम गर्न सकिएन। बरु यो अवधिमा सम्विधान नै सम्शोधन गरेर भएपनि ४० लाखको हाराहारीमा भारतीय जनताहरूलाई नागरिकता बाँडिसकिएको छ।
सरकार चलाउन र नेपालीको समृद्धिको निम्ति विभिन्न आयोजना सञ्चालन गरेर मुलुकको उन्नतिको काम गर्ने जिम्मा पाएका नेपालका सरकार, राजनैतिक पार्टी र नेताहरूले आआफ्नै स्वार्थको निम्ति गर्दन जोडेर यति धेरै अधिकारको दुरुपयोग गर्ने गरेका छन् कि विदेशीलाई नेपाली बनाउने, विकासको सपना देखाउँदै हरियाली मासेर मुलुकलाई मरुभूमिकरण गर्ने तथा सेतो हिमाललाई नै कालो पथ्थरमा परिणत गर्ने जस्ता अनेकन् राष्ट्रघाती कदम चाल्ने अधिकार पनि यिनमा निहित छ।
राजा, धर्म, नागरिकता, वन फडानी, कूटनीति आदि जस्ता अनेकन अहम् विषयमा समेत एकापसको मिलोमतो र स्वार्थ जोडेर निर्णय गरेझैं कुनै दिन संसदबाट नै नेपालको सार्वभौमिकता आफैंले खतम गरेर विदेशको एक राज्यको रुपमा विलय गराउन समेत बेर छैन।
हाम्रा अग्रजहरू नेपाली भएर जन्मे अनि नेपाली नै भएरै मरे तर हामी नेपाली भएर जन्मे पनि नेपाली भएर मर्ने भाग्य हामीमा रहँदैन कि भन्ने भयले धेरै नेपाली त्रसित हुन थालिसके। यतिसम्म निर्णय गर्ने अधिकार र शक्ति विश्वको अन्य कुनै मुलुकका शासकमा पनि हुँदैन।
मुलुकमा यस्तो विशाल र आमुल परिवर्तनकारी कदम चाल्नु भन्दा पहिले हामी कहाँ जनमत संग्रह गर्ने समेत चलन छैन। राष्ट्र विखण्डन वा राष्ट्रको अस्तित्व समाप्त गर्ने धारा त कुनै मुलुकको सम्विधानमा पनि राखिएको हुँदैन र त्यस्तो व्यवस्था गर्न पाउने अधिकार कुनै पनि सरकार वा संसदलाई दिइएको हुँदैन अरु मुलुकमा।
एउटा कुरा चाहिँ के पनि सत्य छ भने, जो मानिस जहाँ बस्न थाल्यो, उ त्यहीँको बफादार नागरिक बन्दै जाँदो रहेछ। नेपालमा विभिन्न समयमा खासगरी भारत र चीनतिरबाट आएर बसेका सबैजसो मानिसहरूका सन्ततीले आज नेपाललाई आफ्नै मातृभूमि भनेर माया गर्ने गर्दछन्।
यस्तो कार्यले गर्दा एकापसमा एकता नहुनाले नेपालीले विदेशमा पनि कष्टकर जीवनयापन गर्न पर्ला भन्ने भय पैदा भएर आउँछ।
विभिन्न समयमा इराक, सिरिया, इरानजस्तो टाढाको मुलुक तथा भारतका विभिन्न स्थानबाट आएर बसोवास गरेका इस्लाम धर्मावलम्वीहरूमा पनि आफ्नो मुलुक नेपालप्रति निक्कै धेरै गर्व, माया र स्नेह रहेको देखिन्छ तथा यहाँ आजसम्म धर्मको कुराले गर्दा दङ्गा–फसाद भएको पनि थाहा छैन।
हामीमध्ये पनि धेरै मानिसका पुर्खा पाँच-सात सय वर्ष वा सोभन्दा पनि धेरै पहिलेदेखि भारतका विभिन्न स्थानबाट नै आएर नेपालमा बसोवास गरेका हुन् र आज नेपाली हुनुमा हामी सबैजना गर्व गर्छौँ भने २०६३ सालमा नेपाली नागरिकता पाएका भारतीयका बालबच्चा पनि आज १०-१५ वर्षका भइसकेका होलान्, तिनीहरूमा समेत आफ्नो मातृभूमि नेपाल हो भन्ने नै गर्व हुन्छ।
सन् १९४७ मा भारतको विभाजन भएपछि एउटै भारतबाट धर्मको हिसाबले मात्र फरक तर अन्य सबै हिसाबले उस्तै भारतीयहरू आज आआफ्ना मुलुक भारत, पाकिस्तान र वङ्गलादेशका नागरिक भएकामा गर्व गर्दछन्।
विगतमा र आज पनि कैयन् नेपालीहरू विश्वका विभिन्न मुलुकहरूमा गएर आफ्नो कर्म गरेर बसेका छन् तथा धेरैले उतैको नागरिकता समेत प्राप्त गरिसकेका छन्। तर ती नेपाली आफ्नो कर्मभूमिको विरोधमा कहिल्यै पनि लागेका छैनन् तथा उनलाई आफ्नो जन्मभूमि नेपालको पनि उत्तिकै माया लाग्दछ।
हो, उतै जन्मेका नेपालीलाई भने नेपाल आफ्नो पुर्खौली थलो भएको नाताले एक प्रकारको स्नेह जागेर आउँछ र नेपाल बारेका विभिन्न समाचारहरू खुबै चाखका साथ पढ्न, हेर्न र सुन्न मन लाग्दछ, तर आफू जन्मेको मुलुकको भने उनीहरूलाई औधी माया लाग्छ । यस्तै प्रकारको भावना अन्य देशबाट विदेशमा गएर बसेका र जन्मेका मानिसहरूको पनि हुन्छ।
एउटा समस्या विदेशमा स्थायी रुपमा बस्ने वा कामदारका रुपमा जाने नेपालीहरूमा के देखियो भने, आफ्नो सुरक्षा र कामको ग्यारेन्टी र संस्कृतिको सम्वद्र्धनको निम्ति खुल्ने नेपाली संस्था पनि एउटा मात्र नभएर ७७ वटा जिल्लाकै आआफ्नै तथा प्रत्येक जात र समुदायका पनि आआफ्नै र अझ हुँदा हुँदा नेपालका राजनैतिक पार्टीको समर्थन गर्ने हिसाबले पार्टीगत रुपले पनि अलग अलग नेपाली समुदायमा नेपालीहरू विभाजित भएर बसेका हुँदा रहेछन्। यस्तो कार्यले गर्दा एकापसमा एकता नहुनाले नेपालीले विदेशमा पनि कष्टकर जीवनयापन गर्न पर्ला भन्ने भय पैदा भएर आउँछ।
नेपाली नेपालमा वा विश्वका कुनै पनि स्थानमा जहाँ बसेका भएपनि यिनलाई ‘नेपाली समुदाय’ कै रुपमा सबैले चिनुन्। नेपालका शासक र नेताहरूमा मातृभूमि प्रतिको माया र स्नेह बढ्दै जाओस्, हामी नेपाली जहाँ भएपनि हामीलाई कहिल्यै दुख नपरोस्।
समृद्धि र सुखी जीवनयापन नेपालीको भाग्यमा पनि परोस् तथा हामी जहाँ भएपनि हामीमा मेहनत र लगनशीलताको कमी कहिल्यै नआओस्। यी भन्दा पनि ठूलो कुरा हाम्रा वरिपरि रहेका विभिन्न पशु-पंक्षीका निर्दोष, छल-कपट रहित र आफ्नो समूहमा मिलेर बस्न सक्ने तथा सहयोगी भावनारुपी आनीबानीको कदर गर्दै हामीले पनि त्यस्ता प्राकृतिक उपहारहरूको अनुकरण गर्न सकौँ
लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
Facebook Comment